विश्वकप फुटबलमा अबको केहीबेरमा अफ्रिकी राष्ट्र मोरक्को र युरोपियन राष्ट्रय पोर्चुगलको खेल हुँदैछ । खेल अथुमामा रंगशालामा नेपाली समय अनुसार ठीक ८ः४५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि पोर्चुगल र मोरक्को दुवै टिमका प्रशिक्षकले आ–आफ्नो प्लेइङ–११ सार्वजनिक गरेका छन् ।
क्रिस्टियानो रोनाल्डोको टिम खेल्ने भएकाले यो खेलमाथि धेरैको नजर रहेको छ ।तर, आजको खेलमा पनि टोलीका कप्तान समेत रहेका रोनाल्डोलाई भने बेन्चमा राखिएको छ । सार्वजनिक सुरुआती ११ मा रोनाल्डो परेका छैनन् । यसअघि अन्तिम १६ को खेलमा पनि रोनाल्डोलाई बेन्चमा राखिएको थियो ।
उनलाई लगाता र दोस्रो खेलमा पनि बेन्चमा राखिएको छ । व्यक्तिगत रूपमा रोनाल्डोका लागि यो अवश्य पनि राम्रो कुरा होइन ।पोर्चुगलको सुरुवाती ११ मा डिअोगो कोस्टा, पेपे, रुवेन डियास, डिअोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअो फेलिक्स, गोन्कालो रामोस रहेका छन् ।
त्यस्तै मोरक्को सुरुवाती ११ मा यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत-अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन अोनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी रहेका छन् ।उता जारी फिफा विश्वकप फुटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
पहिलो खेलमा राति ८ः४५ बजेबाट पोर्चुगल र मोरक्को प्रतिस्पर्धा गर्दैछन् भने मध्यराति युरोपका दुई हेभिवेट टोली फ्रान्स र इंग्ल्यान्डको घम्साघम्सीपूर्ण खेल पनि हुँदैछ ।आजका यी दुई खेलपछि सेमिफाइनल प्रवेश गर्ने ४ वटै देशको टुंगो लाग्नेछ । गत रातिका दुई खेलबाट अर्जेन्टिना र क्रोएसिया सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
फाइनल प्रवेशका लागि क्रोएसिया र अर्जेन्टिना भिड्दा दोस्रो सेमिमा आज राति हुने दुई खेलका विजेता टिमले प्रतिस्पर्धा गर्नेछन् ।फ्रान्स र इंग्ल्यान्डको खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट अल बेत रंगशालामा सुरु हुनेछ । अन्तिम १६ मा फ्रान्सले पोल्यान्डलाई ३–१ ले पराजित गरेर अघि बढेको थियो भने इंग्ल्यान्डले सेनेगललाई ३–० ले पराजित गरेको थियो ।
सेमिफाइनलको दौडमा रहेका टिम मध्ये हालसम्म अपराजित रहेको टिम अब इंग्ल्यान्ड मात्रै हो ।नेदरल्यान्ड्स गत राति अर्जेन्टिनासँग पराजित भएपछि अपराजित टिम केवल इंग्ल्यान्ड बाँकी रहेको छ । बाँकी सबै टिम पराजित भइसकेका छन् ।आज फ्रान्स र इंग्ल्यान्डको खेलमा हेभिवेट भिडन्त हेर्न पाइनेछ । फ्रान्सका तर्फबाट केलियन एमबाप्पे, एन्टोनी ग्रीजम्यान,
ओलिभर जिरुउड लगायत चर्चित खेलाडीको टिमविरुद्ध इंग्ल्यान्डका ह्यारी केन,मार्कुस रासफोर्ड, बुकायो शाना, बेलिङ्घम लगायत खेलाडीको धारिलो फ्रन्ट लाइन उत्रिनेछ । अहिलेको इंग्ल्यान्डलाई ‘गोल्डेन जेनेरेसन’ भएको टिम मानिन्छ । यो टिमले आज साबिक च्याम्पियन फ्रान्सलाई हराएर सेमिफाइनल प्रवेश गर्ने दौडमा छ । इंग्ल्यान्ड गत वर्ष युरो कपको फाइनलमा इटालीसँग पराजित भएको थियो ।
आजको खेल हुँदा इंग्ल्यान्ड ब्याक टु ब्याक ठूलो प्रतियोगिताको फाइनल प्रवेश गर्ने दाउमा हुनेछ ।एमबाप्पेको टिम फ्रान्स आजको खेल हुँदा ज्यादा दबाबमा हुनेछ । साबिक च्याम्पियन भएकाले ऊ कुनै पनि हालतमा यसपटक उपाधि रक्षा गर्न चाहन्छ । एमबाप्पे आफैं यो विश्वकपमा गजब लयमा छन् ।
उनले ४ खेलबाट ५ गोल र २ गोलमा असिस्ट गरिसकेका छन् । फ्रान्स र इंग्ल्यान्ड दुवै यस विश्वकपका दुई बलिया उपाधि दाबेदार टिम रहेका छन् । गत राति ब्राजिल अप्रत्यासित हार बेहोर्दै आउट भइसकेको छ । आज फ्रान्स र इंग्ल्यान्ड दुवै चनाखो हुने नै छन् । फिफा वरीयतामा अहिले फ्रान्स चौथो स्थानमा छ भने इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ ।
Leave A Comment