Latest
img

१७ मिनेटमै गोल गरेर फ्रान्सलाई अग्रता दिलाए

काठमाडौँ- साविक विजेता फ्रान्सले इंग्ल्यान्डसंगको क्वाटरफाइनलमा खेलमा १७ मिनेटमा १ -० को अग्रता लिएको छ ।डिबक्स नजिकैबाट फ्रान्सका लागि ओरेलियन चाैउमेनीले गाेल गरेका छन्। उनले ग्रेजमनकाे पासमा गाेल गरेका हुन्।

यो खेल अल बायट स्टेडियममा राति १२ः४५ बजेदेखि जारि छ ।फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

एमबाप्पेले यस विश्वकपमा ५ गोल गरिसकेका छन् । ओलिभर जिरुड ५२ गोलसहित फ्रान्सको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । एमबाप्पेकै सहयोगमा ३६ वर्षीय जिरुडले गोल गर्दै थिएरी हेनरीलाई उछिनेका छन् । उनले यो संख्या अझै पनि बढाउन सक्छन् । डिडियर डेसच्याम्प्सको टोलीले आफ्नो अन्तिम १० नकआउटका १० मध्ये ८ खेलमा विजयी भएको छ ।

इंग्ल्याण्डले अन्तिम आठमा पुग्दा सेनेगललाई ३–० ले पराजित गरेको थियो । युवा प्रतिभा जुड बेलिङघमले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । यसबाहेक टोलीसँग ह्यारी केन, बुकायो साका र मार्कस रासफर्ड पनि टोलीमा छन् ।सन् १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा क्वाटरफाइनलबाट बाहिरिएको इङ्ल्यान्डका लागि यो चरणबाट बाहिरिनु सामान्य जस्तै बन्दा

यसपटक त्यो चरण पार गर्ने लक्ष्यमा हुनेछ इंग्ल्यान्ड पछिल्ला आठमध्ये ६ पटक क्वाटरफाइनलबाटै बाहिरिएको छ ।इंग्ल्यान्ड पछिल्लो तीन खेलमा एक गोल पनि नखाएको स्थितिमा छ । प्रशिक्षक ग्यारेथ साउथगेट टोलीलाई सेमिफाइनलमा पु¥याउने प्रशिक्षक बन्न सक्छन् ।

तर यसका लागि इंग्ल्यान्डको फ्रान्सको बलियो चुनौती पन्छाउनु पर्नेछ । कप्तान ह्यारी केनले ५२औं अन्तर्राष्ट्रिय गोल गर्दै इङ्ल्यान्डको कीर्तिमान नजिक पुगेको छ ।फ्रान्स २०१८ रसिया विश्वकपको च्याम्पियन टिम हो भने इंग्ल्यान्ड गत वर्ष युरो कपको फाइनल खेलेको तर इटालीसँग पराजित भएको टिम हो ।

त्यत्ति मात्रै हैन, इंग्ल्यान्ड २०१८ को विश्वकपको सेमिफाइनलमा पराजित भएर तेस्रो स्थानको खेलमा पनि बेल्जियमसँग पराजित भएको टिम हो ।धेरै प्रतिभाशाली युवा खेलाडी र सुपरस्टार खेलाडीहरूले भरिएका दुवै टिमले आज एकअर्काको सामना गर्दा यस खेललाई ‘हेभिवेट भिडन्त’का रूपमा हेरिएको छ ।

यो खेलबाट एक प्रमुख उपाधि दाबेदार टिमको विश्वकप यात्रा आजै राति सकिनेछ । गत राति एक मुख्य दाबेदार ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा हारेर आउट भइसकेको छ । प्रतीक्षित खेलमा फ्रान्स र इंल्यान्डको खेलअघि यी दुई देशको विगत कस्तो छ ? कसको रेकर्ड राम्रो छ ? यसबारे सारांशमा चर्चा गरौं ।

फ्रान्स र इंग्ल्यान्डले एकअर्काविरुद्ध हालसम्म जम्मा ३३ पटक खेलेका छन् । आज राति हुन लागेको खेल कूल ३४औं खेल हो । यी ३३ खेल आपसमा भिड्दा समग्रमा फ्रान्समाथि इंग्ल्यान्ड हाबी भएको छ । ३३ खेलमा इंग्ल्यान्डले फ्रान्सलाई १९ पटक जितेको छ भने फ्रान्सले इंग्ल्यान्डलाई मात्रै ९ पटक जितेको छ भने बाँकी ५ खेल मात्रै बराबरीमा सकिएका छन् ।

इंग्ल्यान्डले फ्रान्सलाई १० पटक बढी हराएको छ । यो तथ्यांकले पनि आज रातिको खेलमा फ्रान्समाथि इंग्ल्यान्ड जितको हकदार रहने अनुमान लगाउन सकिन्छ ।तर, पछिल्ला खेलहरूको नतिजा हेर्दा चाहिँ फ्रान्स बलियो देखिएको छ । समग्रमा इंग्ल्यान्डको राम्रो नतिजा राम्रो भए पनि पछिल्ला ६ खेलको नतिजा नियाल्दा फ्रान्स बलियो देखिन्छ ।

यी ६ खेलमा फ्रान्सले इंग्ल्यान्डलाई ३ पटक हराउँदा एक पटक मात्रै हारेको छ । इंग्ल्यानडले यी ६ खेलमा मात्रै एक पटक हराउन सकेको छ । यी पछिल्ला ६ खेलको नतिजा हेर्दा इंग्ल्यान्डसँग फ्रान्सविरुद्ध राम्रो अनभुव छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment