Latest
img

पहिलो हाफमा अग्रता लिएपनि इंग्ल्यान्डको उच्च दबाबमा फ्रान्स

अउरेलिन टुआमेनीको गोलमा साविक विजेता फ्रान्सले कतारमा जारि फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत इङल्यान्डविरुद्धको खेलमा पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ ।अल बायट रंगशालामा जारी खेलको १७औं मिनेटमा टुआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाएका हुन् । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरेका छन् । मिडफिल्डमै बढी खेल चलिरहेको खेलमा इंग्ल्यान्डले किलियन एमबाप्पेलाई खासै चल्न दिएको छैन ।

खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए ।

फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे ।

२९ औं मिनेटमा लोरिस पुन: बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन ।यस खेलको विजेताले सेमिफाइनलमा

मोरक्कोको सामना गर्नेछ । यसबाहेक अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्ने पक्का भइसकेको छ ।यो खेल अल बायट स्टेडियममा राति १२ः४५ बजेदेखि जारि छ ।फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ ।

गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।एमबाप्पेले यस विश्वकपमा ५ गोल गरिसकेका छन् ।

ओलिभर जिरुड ५२ गोलसहित फ्रान्सको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । एमबाप्पेकै सहयोगमा ३६ वर्षीय जिरुडले गोल गर्दै थिएरी हेनरीलाई उछिनेका छन् । उनले यो संख्या अझै पनि बढाउन सक्छन् । डिडियर डेसच्याम्प्सको टोलीले आफ्नो अन्तिम १० नकआउटका १० मध्ये ८ खेलमा विजयी भएको छ ।

इंग्ल्याण्डले अन्तिम आठमा पुग्दा सेनेगललाई ३–० ले पराजित गरेको थियो । युवा प्रतिभा जुड बेलिङघमले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । यसबाहेक टोलीसँग ह्यारी केन, बुकायो साका र मार्कस रासफर्ड पनि टोलीमा छन् ।सन् १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा क्वाटरफाइनलबाट बाहिरिएको इङ्ल्यान्डका लागि यो चरणबाट बाहिरिनु सामान्य जस्तै बन्दा

यसपटक त्यो चरण पार गर्ने लक्ष्यमा हुनेछ इंग्ल्यान्ड पछिल्ला आठमध्ये ६ पटक क्वाटरफाइनलबाटै बाहिरिएको छ ।इंग्ल्यान्ड पछिल्लो तीन खेलमा एक गोल पनि नखाएको स्थितिमा छ । प्रशिक्षक ग्यारेथ साउथगेट टोलीलाई सेमिफाइनलमा पु¥याउने प्रशिक्षक बन्न सक्छन् ।

तर यसका लागि इंग्ल्यान्डको फ्रान्सको बलियो चुनौती पन्छाउनु पर्नेछ । कप्तान ह्यारी केनले ५२औं अन्तर्राष्ट्रिय गोल गर्दै इङ्ल्यान्डको कीर्तिमान नजिक पुगेको छ ।फ्रान्स २०१८ रसिया विश्वकपको च्याम्पियन टिम हो भने इंग्ल्यान्ड गत वर्ष युरो कपको फाइनल खेलेको तर इटालीसँग पराजित भएको टिम हो ।

त्यत्ति मात्रै हैन, इंग्ल्यान्ड २०१८ को विश्वकपको सेमिफाइनलमा पराजित भएर तेस्रो स्थानको खेलमा पनि बेल्जियमसँग पराजित भएको टिम हो ।धेरै प्रतिभाशाली युवा खेलाडी र सुपरस्टार खेलाडीहरूले भरिएका दुवै टिमले आज एकअर्काको सामना गर्दा यस खेललाई ‘हेभिवेट भिडन्त’का रूपमा हेरिएको छ ।

यो खेलबाट एक प्रमुख उपाधि दाबेदार टिमको विश्वकप यात्रा आजै राति सकिनेछ । गत राति एक मुख्य दाबेदार ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा हारेर आउट भइसकेको छ । प्रतीक्षित खेलमा फ्रान्स र इंल्यान्डको खेलअघि यी दुई देशको विगत कस्तो छ ? कसको रेकर्ड राम्रो छ ? यसबारे सारांशमा चर्चा गरौं ।

फ्रान्स र इंग्ल्यान्डले एकअर्काविरुद्ध हालसम्म जम्मा ३३ पटक खेलेका छन् । आज राति हुन लागेको खेल कूल ३४औं खेल हो । यी ३३ खेल आपसमा भिड्दा समग्रमा फ्रान्समाथि इंग्ल्यान्ड हाबी भएको छ । ३३ खेलमा इंग्ल्यान्डले फ्रान्सलाई १९ पटक जितेको छ भने फ्रान्सले इंग्ल्यान्डलाई मात्रै ९ पटक जितेको छ भने बाँकी ५ खेल मात्रै बराबरीमा सकिएका छन् ।

इंग्ल्यान्डले फ्रान्सलाई १० पटक बढी हराएको छ । यो तथ्यांकले पनि आज रातिको खेलमा फ्रान्समाथि इंग्ल्यान्ड जितको हकदार रहने अनुमान लगाउन सकिन्छ ।तर, पछिल्ला खेलहरूको नतिजा हेर्दा चाहिँ फ्रान्स बलियो देखिएको छ । समग्रमा इंग्ल्यान्डको राम्रो नतिजा राम्रो भए पनि पछिल्ला ६ खेलको नतिजा नियाल्दा फ्रान्स बलियो देखिन्छ ।

यी ६ खेलमा फ्रान्सले इंग्ल्यान्डलाई ३ पटक हराउँदा एक पटक मात्रै हारेको छ । इंग्ल्यानडले यी ६ खेलमा मात्रै एक पटक हराउन सकेको छ । यी पछिल्ला ६ खेलको नतिजा हेर्दा इंग्ल्यान्डसँग फ्रान्सविरुद्ध राम्रो अनभुव छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment