पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले कतारमा जारी विश्वकपको उपाधि अर्जेन्टिनालाई जिम्मा लगाउने प्रयास भएको आरोप लगाएका छन्। विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग पराजित भएपछि फर्नान्डेसले विश्वकप अर्जेन्टिनालाई जिम्मा लगाउने षड्यन्त्र भएको आरोप लगाएका हुन्।
खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले खेलका लागि छनौट भएका रेफ्री माथि प्रश्न उठाए। अर्जेन्टिना यति बेला विश्वकप उपाधिका लागि प्रतिष्पर्धा गरिरहेको छ। अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। शनिबार राति पोर्चुगल र मोरोक्को बीचको खेलमा एक अर्जेन्टिनी रेफ्री थिए।
यति बेला पोर्चुगलका खेलाडीहरुले तीनै रेफ्री माथि प्रश्न उठाइरहेका छन्। फर्नान्डेसले पनि रेफ्रीका गलत निर्णयहरुका कारण पोर्चुगल विश्वकपबाट बाहिरिएको बताए। “अहिले अर्जेन्टिनालाई विश्वकप जिम्मा लगाउने प्रयास हुँदैछ। जे सुकै होस् मलाई लागेको कुरा बोल्छु।
यो धेरै अनौठो छ कि विश्वकपका लागि प्रतिष्पर्धा गरिरहेका देशका रेफ्रीहरु यहाँ छन्। उनीहरुका कारण हामीले हार्न पुग्यौं।”,फर्नान्डेसले भने। खेलभर मोरोक्को माथि दबाव बनाएर पनि रेफ्रीका गलत निर्णयहरुका कारण आफूहरुले जित्न नसकेको फर्नान्डेसले बताए।
रेफ्रीले पटक-पटक खेल रोकेका कारण पोर्चुगलले दोस्रो हाफमा खेल्न नसकेको उनको आरोप छ। उनले भने,”हामी खेलभर शतप्रतिशत हावी थियौं। आज मैदानमा एक अर्जेन्टिनाका रेफ्री थिए। हामीले दोस्रो हाफमा खेल्न सकेनौं किनभने रेफ्रीले धेरै पटक खेल रोके।”
यो पनि -फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म सम्झिरहने बताएका छन् ।सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, “यो हारपछि म मानसिक रूपमा भाँचिएको छु।
यो हारले मलाई सबैभन्दा बढी चोट पुर्याएको छ। यो दुखको कुरा हो तर म यो हारलाई लामो समयसम्म सम्झिरहनेछु।”“मैले खेल सकिएपछि १० मिनेटसम्म सोच्न सकिन, मलाई पक्षाघात भयो र त्यसपछि म रुन थालेँ।”उनले थप लेखेका छन्, “हामी अन्तिमसम्म लड्यौं।
मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन। हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन।”नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् ।
नेमार अन्तर्राष्ट्रिय खेलमा विश्वकै सबैभन्दा धेरै गोलकर्ताको सूचीमा परेका छन् ।१२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । यद्यपि पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
क्रोएसियाको यो प्रदर्शन विश्वभरका खेलप्रेमीका लागि स्तब्ध पार्ने खालको थियो । हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।खेलमा दुवै टोलीले १–१ गोल गरेका थिए । यो खेलको पहिलो गोल नेयमारले गर्दा ब्राजिल सेमिफाइनलमा जान तयार भएको देखिन थालेको थियो तर क्रोएसियाका पेटकोभिकको गोलले खेलको बाटो नै बदल्यो र खेल ब्राजिलको हातबाट बाहिर गयो ।
नतिजाको लागि जरिवाना लिइयो। दुवै टोलीले ४–४ पेनाल्टी सुट पाएका थिए । क्रोएसियाले चारवटै पेनाल्टी गोल गरे भने ब्राजिलले दुई पेनाल्टी गोल गुमाएपछि विश्वकपबाट बाहिरियो ।खेल सकिएपछि नेयमार मैदानमा बसेर रुन थाले । उसले हातले अनुहार लुकायो। मैदारबाट निस्कँदा पनि उनी रोइरहेका थिए ।
Leave A Comment