Latest
img

विश्वकपबाट बाहिरिएपछि रोनाल्डोलाई गर्लफ्रेन्डको सान्त्वना- तिम्रो प्रशिक्षकले…

पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि खनिएकी छिन्। रोनाल्डोलाई फेरी सुरुआती-११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख गरेकी छिन् ।

खेलपछि भक्कानिएर बाहिरिएका रोनाल्डोलाई सान्त्वना दिँदै जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरेका छन् ।’ प्रशिक्षक सान्तोसले क्वाटर फाइनलमा रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराएका थिए ।मोरक्कोले पहिलो हाफमै अग्रता लिएको थियो।

यसअघि प्रिक्वाटरफाइनलमा पनि सान्तोसले रोनाल्डोलाई सुरुवाती- ११ मा समावेश गरेका थिएनन्। सान्तोषले आफूलाई रोनाल्डोको साथीका रूपमा उल्लेख गर्दै आएका छन्। रोनाल्डोले सान्तोषको निकै प्रशंसा गर्ने गरेको भए पनि सान्तोषले पछिल्लो समय उनीप्रति गलत निर्णय गर्दै आएको जर्जिनाको भनाई छ।

जर्जिना शनिवारको पोर्चुगल-मोरक्को खेल हेर्न मैदानमै पुगेकी थिइन्। तर आफूलाई सुरुवाती-११ मा नराखेपछि रोनाल्डो बेन्चमा निकै निराश देखिन्थे। ‘त्यही मान्छेले तिमीलाई मैदानमा राख्दा धेरै कुरा परिवर्तन भएको थियो तर यो ढिलो भइसकेको थियो’, रोनाल्डोलाई

दोस्रो हाफमा मैदान छिराइएपछि आएको परिवर्तन संकेत गर्दै जर्जिना लेख्छिन्, ‘सर्वोत्कृष्ट खेलाडीलाई अन्डरएस्टीमेट गर्न हुँदैन, किनभन्दा सबैभन्दा शक्तिशाली हतियार उनै हुन्छन्। जीवनलाई हामीले पाठ दिन्छ। आज हामीले हारेनौँ, सिक्यौँ। हामी तिम्रो प्रशंसा गर्छौँ ।

यो पनि – मोरोक्कोसँग पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका रक्षक पेपेले खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद् भएको बताएका छन् ।फर्नान्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगल शनिबार विश्वकपको तेस्रो क्वार्टरफाइनल खेलमा मोरोक्कोसँग १–० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो ।

कतारको अल थुमामा रंगशालामा युसेफ एन–नेस्रीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो मैदान प्रवेश गर्नुअघि पोर्चुगलको कप्तानी सम्हालेका पेपे मुख्य रेफ्रीको भूमिकामा रहेका अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोप्रति चरम असन्तुष्ट देखिए ।

“यो खेलका लागि अर्जेन्टिनी रेफ्री राख्नु अस्वीकार्य छ । यसबाट म निकै दुःखी छु । मोरोक्को स–साना फाउल गरेर ९० मिनेट नै हामीलाई रोक्ने लक्ष्यमा थियो । तर, यसमा रेफ्रीले कसैलाई पहेँलो कार्ड देखाएनन् । उनले त्यसमा ध्यान समेत दिएनन्,” पेपेले आक्रोश पोखे ।हारपछि रेफ्रीमाथि आक्रोश पोख्ने पेपे पोर्चुगलका एक्लो खेलाडी होइनन् ।

मोरोक्कोसँगको हारपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले पनि रेफ्री आफ्नो टिमप्रति पूर्वाग्रही रहेको प्रतिक्रिया दिएका थिए ।पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोसले भने आफ्नो टोलीले हार व्यहोर्नुमा रेफ्री टेलोको प्रभाव नरहेको बताए । “खेलका दौरान केही घटनामा उनले फाउलको दिन सक्थे । तर पनि खेलमा टेलोको प्रभाव परेको जस्तो मलाई लाग्दैन,” सान्तोषले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment