Latest
img

पोर्चुगलका रक्षक पेपेले खोलिदिए आफ्नो टिमले हार्नुको कारण-

मोरोक्कोसँग पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका रक्षक पेपेले खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद् भएको बताएका छन् ।फर्नान्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगल शनिबार विश्वकपको तेस्रो क्वार्टरफाइनल खेलमा मोरोक्कोसँग १–० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो ।

कतारको अल थुमामा रंगशालामा युसेफ एन–नेस्रीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो मैदान प्रवेश गर्नुअघि पोर्चुगलको कप्तानी सम्हालेका पेपे मुख्य रेफ्रीको भूमिकामा रहेका अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोप्रति चरम असन्तुष्ट देखिए ।

“यो खेलका लागि अर्जेन्टिनी रेफ्री राख्नु अस्वीकार्य छ । यसबाट म निकै दुःखी छु । मोरोक्को स–साना फाउल गरेर ९० मिनेट नै हामीलाई रोक्ने लक्ष्यमा थियो । तर, यसमा रेफ्रीले कसैलाई पहेँलो कार्ड देखाएनन् । उनले त्यसमा ध्यान समेत दिएनन्,” पेपेले आक्रोश पोखे ।

हारपछि रेफ्रीमाथि आक्रोश पोख्ने पेपे पोर्चुगलका एक्लो खेलाडी होइनन् । मोरोक्कोसँगको हारपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले पनि रेफ्री आफ्नो टिमप्रति पूर्वाग्रही रहेको प्रतिक्रिया दिएका थिए ।पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोसले भने आफ्नो टोलीले हार व्यहोर्नुमा रेफ्री टेलोको प्रभाव नरहेको बताए ।

“खेलका दौरान केही घटनामा उनले फाउलको दिन सक्थे । तर पनि खेलमा टेलोको प्रभाव परेको जस्तो मलाई लाग्दैन,” सान्तोषले भने ।पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले कतारमा जारी विश्वकपको उपाधि अर्जेन्टिनालाई जिम्मा लगाउने प्रयास भएको आरोप लगाएका छन्। विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग पराजित भएपछि फर्नान्डेसले विश्वकप अर्जेन्टिनालाई जिम्मा लगाउने षड्यन्त्र भएको आरोप लगाएका हुन्।

खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले खेलका लागि छनौट भएका रेफ्री माथि प्रश्न उठाए। अर्जेन्टिना यति बेला विश्वकप उपाधिका लागि प्रतिष्पर्धा गरिरहेको छ। अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। शनिबार राति पोर्चुगल र मोरोक्को बीचको खेलमा एक अर्जेन्टिनी रेफ्री थिए।

यति बेला पोर्चुगलका खेलाडीहरुले तीनै रेफ्री माथि प्रश्न उठाइरहेका छन्। फर्नान्डेसले पनि रेफ्रीका गलत निर्णयहरुका कारण पोर्चुगल विश्वकपबाट बाहिरिएको बताए। “अहिले अर्जेन्टिनालाई विश्वकप जिम्मा लगाउने प्रयास हुँदैछ। जे सुकै होस् मलाई लागेको कुरा बोल्छु।

यो धेरै अनौठो छ कि विश्वकपका लागि प्रतिष्पर्धा गरिरहेका देशका रेफ्रीहरु यहाँ छन्। उनीहरुका कारण हामीले हार्न पुग्यौं।”,फर्नान्डेसले भने। खेलभर मोरोक्को माथि दबाव बनाएर पनि रेफ्रीका गलत निर्णयहरुका कारण आफूहरुले जित्न नसकेको फर्नान्डेसले बताए।

रेफ्रीले पटक-पटक खेल रोकेका कारण पोर्चुगलले दोस्रो हाफमा खेल्न नसकेको उनको आरोप छ। उनले भने,”हामी खेलभर शतप्रतिशत हावी थियौं। आज मैदानमा एक अर्जेन्टिनाका रेफ्री थिए। हामीले दोस्रो हाफमा खेल्न सकेनौं किनभने रेफ्रीले धेरै पटक खेल रोके।”

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment