विश्वकप फुटबलको अन्तिम चारसम्म आइपुग्दा स्टार खेलाडीहरुको बहिर्गमन रोकिएको छैन। पछिल्लो पटक क्रष्टियानो रोनाल्डो अर्को स्टार खेलाडी बने, जसले आँशु झार्दै विश्वकपको मैदानबाट बिदा लिए। त्यसो त यो नियती भोग्ने उनी एक्ला स्टार खेलाडी भने होइनन्।
समूह चरणबाटै विश्वकपमा एकपछि अर्को अप्रत्यासित नतिजा आइरहेको छ। समूह चरणमा जर्मनी स्तब्ध हुँदै बाहिरिँदा अर्को टिम बनेको थियो, उरुग्वे। उरुग्वेको अप्रत्यासित बहिर्गमनमा स्टार स्ट्राइकर लुइस स्वारेज आँशु झार्दै बाहिरिँदा विश्व फुटबल उनको नाममा चुकचुकाएको थियो।
त्यस्तै, क्वाटरफाइनलमा ब्राजिल बाहिरिँदा नेयमारको आँशुमा उनका समर्थक स्तब्ध देखिएका थिए। अन्तिम समय गोलका बाबजुत जित्न नसकेको ब्राजिलका लागि नेयमारको अन्तिम समयको क्षण निकै भावनात्मक रह्यो। उनी रुँदै विश्वकपबाट बाहिरिँदा उनका समर्थकले पनि आँशु थाम्न सकेका थिएनन्।
क्वाटरफाइनलकै अर्को खेलमा पोर्चुगल बाहिरिँदा विश्वचर्चित स्टार रोनाल्डो पनि भावनात्मक बने। उनी रुँदै बाहिरिँदा उनका समर्थकहरु पनि स्तब्ध बनेका छन्। त्यसो त पछिल्लो समय एकपछि अर्को विवादका कारण पटक–पटक स्पष्टीकरण दिनुपर्ने अवस्थाबाट गुज्रिएका
रोनाल्डो नकआउट चरणका खेलमा टिममा स्थान बनाउन असफल हुँदा उनी निरन्तर समाचारको शीर्षक बनिरहे। तर, शनिबार उनको टिम पोर्चुगल विश्वकपबाट बाहिरिँदा रोनाल्डोले दोस्रो हाफमा गरेका गोलका केही राम्रा अवसर सदुपयोग नहुनु र पहिलो हाफमा अवसर नपाउँदा गोलका मौका चुक्नुलाई पनि कारण मानिएको छ।
रोनाल्डोको लागि यो अन्तिम विश्वकप भएकाले पनि उनी आफ्नो बहिर्गमनलाई सहज मान्दैनन्। नकआउट चरणमा उनले आफूलाई अपमानित महसुस गरेका छन्। विश्वकपबाट बाहिरिएको पीडा एकातिर रहँदा लेजेन्ड स्टारले व्यहोरेको आलोचना र अपमानको श्रृंखलाले आगामी दिन झनै उनी चर्चामा रहने पक्का छ।
यो पनि – क्याटरफाइलन अन्तर्गतको खेलमा मोरक्कोसंगको नमिठो हारपछि बिछिप्त बनेको पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड बनेको छ । मोरक्कोसंग पोर्चुगल १–० गोलले हार ब्यहोर्यो । जस पश्चात रोनाल्डोको आँखामा आँशु रोकिएको थिएन ।
खेलको हारको बाबजुत क्रिस्टियानो रोनाल्डोको नाममा भने विश्व फुटबलमा नयाँ रेकर्ड बनेको छ । उनले अर्को कीर्तिमान बनाउन सफल भएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।
अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो ।उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन् ।रोनाल्डोले सन् २००३ मा कजाकिस्तानविरुद्ध पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए ।
त्यतिबेला उनी १९ वर्षका मात्र थिए ।१९६ खेलमा रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गरिसकेका छन् । यो विश्वकपमा उनले घानाविरुद्ध गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् ।यता पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि खनिएकी छिन्।
रोनाल्डोलाई फेरी सुरुआती-११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख गरेकी छिन् ।खेलपछि भक्कानिएर बाहिरिएका रोनाल्डोलाई सान्त्वना दिँदै जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरेका छन् ।’
प्रशिक्षक सान्तोसले क्वाटर फाइनलमा रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराएका थिए ।मोरक्कोले पहिलो हाफमै अग्रता लिएको थियो। यसअघि प्रिक्वाटरफाइनलमा पनि सान्तोसले रोनाल्डोलाई सुरुवाती- ११ मा समावेश गरेका थिएनन्। सान्तोषले आफूलाई रोनाल्डोको साथीका रूपमा उल्लेख गर्दै आएका छन्।
रोनाल्डोले सान्तोषको निकै प्रशंसा गर्ने गरेको भए पनि सान्तोषले पछिल्लो समय उनीप्रति गलत निर्णय गर्दै आएको जर्जिनाको भनाई छ। जर्जिना शनिवारको पोर्चुगल-मोरक्को खेल हेर्न मैदानमै पुगेकी थिइन्। तर आफूलाई सुरुवाती-११ मा नराखेपछि रोनाल्डो बेन्चमा निकै निराश देखिन्थे। ‘त्यही मान्छेले तिमीलाई मैदानमा राख्दा धेरै कुरा परिवर्तन भएको थियो
तर यो ढिलो भइसकेको थियो’, रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराइएपछि आएको परिवर्तन संकेत गर्दै जर्जिना लेख्छिन्, ‘सर्वोत्कृष्ट खेलाडीलाई अन्डरएस्टीमेट गर्न हुँदैन, किनभन्दा सबैभन्दा शक्तिशाली हतियार उनै हुन्छन्। जीवनलाई हामीले पाठ दिन्छ। आज हामीले हारेनौँ, सिक्यौँ। हामी तिम्रो प्रशंसा गर्छौँ ।
Leave A Comment