Latest
img

Breaking: कालीकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृ’ त्यु ३ जना बेपत्ता

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटना हुँदा तीन जनाको मृ’ त्यु भएको छ। दुर्घनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृ’ त्यु भएको हो। दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्।

अन्य दुई जना घाइतेको भने उपचार भइराखेको छ। फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको निरीक्षण गर्न गएको जेसीबी फर्किने क्रममा दुर्घटना भएको हो। दुघर्टना सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय चरित्र सार्की, वडा नम्बर २ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृ’ त्यु भएको हो।

दुर्घटनामा घाइते भएपछि उपचारका लागि कालीकोट जिल्ला अस्पताल पुर्याइएका रास्कोट नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा मृ’ त्यु भएको छ। जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको छ।

जेसीबी चालकसहित तीन जना बेपत्ता भएको कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिनुभयो। दुर्घटनामा मृ’ त्यु हुनेदेखि बेपत्ता सबै स्थानीय रहेको प्रहरीले जनाएको छ। चालक भने कर्णाली हाइड्रोपावरका कर्मचारी भएको बताइएको छ।

यो पनि -जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक नि’धन भएको छ । अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा नि’ धन भएको हो ।

नागोयामा रहेको आईचि इन्टरनेशनल एकेडेमीमा ६ महिना अघि विद्यार्थी भिषामा आएका वाग्ले आफ्नै भाइसँगै एउटै कोठामा बस्दै आएका थिए । शुक्रबार साँझको काम गरेर फर्किएपछि साथी र भाइ जयराम वाग्लेसँगै खाना खाएर फुटबल हेरेर नवराज सुतेका थिए ।

शनिवार दिउँसो काममा जाने बेला अघिसम्म नउठेपछि उनको भाइ र साथीले उठाउन खोज्दा अ’ चेत पाइएपछि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।अस्पताल पुर्याउँदा उनको नि’ धन भइसकेको चिकित्सकहरुले बताएका थिए । पो’ ष्ट मा’ र्टम रिपोर्टमा नवराजको नि’ धन ब्लड प्रेसर अत्यधिक बढेर मुटुमा प्र’ हार हुँदा आकस्मिक रुपमा नि’ धन हुन पुगेको उल्लेख छ ।

एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार प्रहरीले कोठा चेकजाँच सहित पो’ ष्ट मा’ र्टम र प्रहरी रिपोर्ट समेत दिइसकेको छ । जापान उच्च शिक्षा अध्ययनका लागि आएको ६ महिना पनि नबित्दै अल्पायुमै असामयिक रुपमा नि’ धन हुन पुगेका नवराज वाग्लेको जापानमा नै दा’ ह संस्कार गरिने भएको छ ।

दा’ ह संस्कार सोमबार नागोया स्थित मिनातो कुमा गर्ने तयारी गरिएको छ ।अध्ययनका लागि आएका नवराजको श’ दगत जापानमै गर्नको लागि आवश्यक खर्च सहयोगको पनि अपिल गरिएको छ । हाल मृ’ तकका भाइले प्रयोग गर्ने तस्विरमा उल्लेखित बैंक खातामा जापानभरबाट सबै नेपालीहरुले सक्दो रकम सहयोग गरेर दा’ हसंस्कारको रकम जुटाउन सहयोग गरिदिन समेत

सामाजिक अभियन्ता दिपक कार्कीले सबैमा अनुरोध गर्नुभयो ।परिवारको सहमतीमा श’ व जापानमा नै ज’ लाउने तयारी गरिएको सँगै रहनुभएका नुवाकोटका जनक रिजालले जानकारी दिनुभयो । अन्तिम दा’ हसंस्कार सोमबार दिनको करिव ३ बजेको समयमा गर्न लागिएको बताइएको छ ।

उता खानानागामा पनि अर्का नेपाली मृ’ त भेटिएका छन् । शनिबार उनी पार्कमा मृ’ त पाइएका हुन् । मृ’ तक युवक भएको अनि उनी बागलुङका बस्नेत थरका व्यक्ति भएको बताइएको छ । उनको थप विवरण सार्वजनिक भएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment