Latest
img

रोनाल्डो जस्तो बालेन, दोश्रो हाफमा मैदान छिरे तर टिमलाई जिताउन सकेनन

कतारमा विश्वकप फुटबल चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सोमबार विहान दशरथ रंगशालामा खेलाडीको रुपमा देखिए ।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन्।

सोमबार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताउनु भएको हो।

उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन्।

उनले जनप्रतिनिधिहरु खेल हारे पनि फुटबल आयोजनाको उद्देश्य अनरुप पूरा भएको उल्लेख गरिन्। उपप्रमुख डंगोलले महानगर पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध राम्रो बनाउनको लागि फुटबल आयोजना गरिएकाले त्यो सफल भएको बताइन्।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनपतिनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ। यो वर्ष पनि महानगरले सोमबार काठमाडौंको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो।

प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए। जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो।

प्रमुख शाह खेल मैदानमा प्रवेश गरे पनि गोल गर्न भने सकेनन् । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जितेको छ। प्रमुख प्रशासकीय अधिकृततर्फ नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टिम पनि समावेश थियो । उपमेयर डंगोल रंगशालामा उपस्थित भएपनि फुटबल खेलिनन्। उनी बालेन समर्थक थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment