Latest
img

विश्वकपको सेमिफाइनलमा दुई साथी फरवार्ड एम्बाप्पे र डिफेन्डर हकिमी आमने सामने

काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ ।

एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए ।तर मंगलबार मध्यराति यी दुई साथी एक अर्काको विपरीत खेल्नेछन् । एम्बाप्पेलाई हकिमीले गोल गर्न रोक्नेछन् ।

हकिमी क्लब र राष्ट्रको लागि डिफेन्डरको रुपमा खेल्छन् ।यी दुवै टिमका लागि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई खेलाडीको सेमिफाइनलमा एक अर्काको टिमलाई हराउँदै फाइनल पुग्ने लक्ष्य हुनेछ ।हकिमी विश्वकप फाइनल खेल्ने पहिलो अफ्रिकी टिमको हिस्सा बन्न चाहन्छन् भने एम्बापे डिफेन्डिङ च्याम्पियन भएका कारण इतिहास दोहोर्‍याउन चाहन्छन् ।

यो सेमिफाइनल जित्ने टिमले फाइनलमा क्रोयसिया वा अर्जेन्टिनासँग फाइनल खेल्नेछ ।एम्बाप्पेले जनवरीमा हकिमीको बारेमा एउटा ट्वीट गर्दै भनेका थिए, ‘असरफ हकिमी विश्वका उत्कृष्ट अरबी खेलाडी हुन् ।’एम्बाप्पे यस विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् ।

उनले प्रतियोगितामा पाँच गोल गरेका छन् । अर्का डिफेन्डर हकिमीको टिमले एक गोल मात्र खाएको छ ।२०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पेको दोस्ती त्यसपछि बनेको हो । हकिमी ६० मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् ।

दुवै खेलाडीको जन्म १९९८ मा भएको हो, जुन वर्ष फ्रान्सले पहिलो पटक विश्वकप जितेको थियो । हकिमी र एम्बाप्पेको गीत र भिडियो गेमको रुचि पनि एकै रहेको छ । एम्बाप्पे हकिमीलाई फ्रेन्च भाषा सिकाउँछन् ।हकिमी मुस्लिम परिवारका व्याक्ति हुन् । उनले पीएसजी टिमसँग इदको बेलाको भिडियोहरु सार्वजनिक गरेका थिए ।

हकिमीले एम्बाप्पेलाई इदको बेला अरबी खाना चखाएका पनि थिए ।हकिमीले एम्बाप्पेको बारेमा भने, ‘उनी जस्ता खेलाडीसँग खेल्न निकै सहज हुन्छ । उनले बलमा केही न केही फरकपन गर्छन् ।’एम्बाप्पेले समूह चरणको खेलमा डेनमार्कसँगको खेलमा र अन्तिम १६ को खेलमा पोल्याण्डसँग दुई दुई गोल गरेका थिए ।

शनिबार भएको क्वाटरफाइनलमा भने उनले गोल गर्ने मौका पाएनन् । उनलाई इंग्ल्यान्ड्का डिफेन्डर काइलले सक्दो नियन्त्रणमा राखे । उनलाई एक पटक मात्र गोल गर्ने मौका मिलेको थियो त्यो पनि रोकियो । उनको टिमले त्यो खेलमा इंग्ल्यान्ड विरुद्ध २–१ को जित हात पार्‍यो ।

मोरक्कोको टिमको डिफेन्स हेर्ने हो भने हालसम्मकै उत्कृष्ट डिफेन्स टिम हो । जसले क्रोयशिया, बेल्जियम, स्पेन र पोर्चुगललाई गोल गर्ने मौका दिएन ।हकिमीको टिमले विश्वकपमा १० पटकमात्र विरोधीलाई गोल पोष्टमा प्रहार गर्ने मौका दिएको छ ।एम्बाप्पेले हालसम्म १० पटक गोलपोष्टमा प्रहार गरेका छन् । जसमा ५ गोल भए भने ५ रोकिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment