कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट अन्तिम चार (सेमिफाइनल) चरणका खेल सुरु हुँदैछन् । आज पहिलो दिन दक्षिण अमेरिकी महादेशको अर्जेन्टिना र युरोपियन राष्ट्र क्रोएसिया आमनेसामने हुँदैछन् । सेमिफाइनलका खेल दिनमा एउटा हुनेछ । दोस्रो खेल भोलि मात्रै हुनेछ ।
आजको यो खेलबाट एक टिम फाइनल प्रवेश गर्नेछ भने अर्को टिमको उपाधि सपना आजै सकिनेछ । पराजित हुने टिमले तेस्रो स्थानका लागि अर्को सेमिफाइनल खेलमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ । आज पहिलो सेमिफाइनल खेल हुने भएकाले धेरैको नजर यो खेलमाथि रहने पक्का छ ।
फिफा वरीयतामा अहिले अर्जेन्टिना तेस्रो स्थानमा छ भने क्रोएसिया १२औं स्थानमा रहेको छ ।लियोनल मेस्सीको टिम अर्जेन्टिनाले क्वार्टफाइनलमा नेदरल्यान्ड्समाथि पेनाल्टी सुआटउमा ४–३ को जित निकालेर आएको टिमम हो भने लुका मोड्रिचको टिम क्रोएसियाले प्रतियोगिताको नम्बर १ दाबेदार मानिएको ब्राजिललाई पेनाल्टी सुटआउटमै ४–२ ले पराजित गरेर आएको टिम हो ।
दुवै टिमले अन्ति आठमा पेनाल्टी सुटआउटमा जित निकालेर अन्तिम चारमा एकअर्काको भेट पक्का गरेका हुन् । क्वार्टरफाइनल खेलमा दुवैले धेरै ठूलो संघर्ष गरेर सेमिको यात्रा तय गरेका थिए । अर्जेन्टिनाले नेदरल्यान्ड्सँगको तनावपूर्ण खेलमा कम्ता मात्रै दुःख गर्नु परेको थिएन । सो खेलमा अर्जेन्टिननाका ८ जनाले पहेंलो कार्ड पाएका थिए ।
आजको खेल लुजाइल रंगशालामा नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ । आज यो रंगशालामा ८९ हजार दर्शक भरिभराउ हुने अपेक्षा गरिएको छ । आजको खेल हुँदा दुई टिमका कप्तान मेस्सी र मोड्रिचमाथि धेरैको नजर रहनेछ ।३५ वर्षका मेस्सी र ३७ वर्षका मोड्रिच देस्रोपटक विश्वकपको मञ्चमा प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई देश अन्तिमपटक २०१८ को रसिया विश्वकपको समूह चरणमा भिडेका थिए, जहाँ क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले धुलाइ गरेको थियो । आजको खेलमा अर्जेन्टिना क्रोएसियासँग ४ वर्षअघि भोगेको त्यो नमिठो हारको बदला लिन पनि चाहन्छ ।जारी प्रतियोगितामा क्रोएसियाले निकै बलियो डिफेन्सिभ खेल खेलिरहेको छ ।
उसका गोलकरिले अन्तिम खाठमा ब्राजिलविरुद्ध गरेको प्रदर्शनले खुबै प्रशंसा पाएको थियो । आज अर्जेन्टिनाविरुद्ध खेल्दा पनि क्रोएसियन गोलकिपर टिमका लागि मुख्य आधार हुनेछन् । त्यत्ति मात्रै हैन, ब्राजिलजस्तो धारिलो टिमलाई १ भन्दा बढी गोल गर्न नदिई खेल १–१ को बराबरी गरेर पेनाल्टीसम्म पुराएर खेल जित्ने क्रोएसियाको डिफेन्स तोड्न आज अर्जेन्टिनालाई पक्कै पनि सजिलो हुनेछैन ।
तुलानात्मक रूपमा अन्तिम आठमा अर्जेन्टिनाभन्दा क्रोएसियाले बलियो टिमलाई पराजित गरेर आएकाले आजको खेलमा क्रोएसियन टिम उच्च मनोबलमा हुने पक्का छ ।जारी विश्वकपमा उच्च लयमा रहेका अर्जेन्टिनाका कप्तान मेस्सी आजको खेलमा टिमका लागि महत्त्वपूर्ण हुनेछन् ।
उनले हालसम्म ५ खेलबाट टिमका लागि ४ गोल गर्दै २ गोलमा असिस्ट प्रदान गरिसकेका छन् । आज क्रोएसियन टिमलाई मेस्सीको गति र लयलाई रोक्नुपर्ने तथा तोड्नुपर्ने ठूलो चुनौती हुनेछ । मेस्सीलाई उनको आफ्नो शैलीमा छाडे त्यो क्रोएसियन टिमका लागि सबैभन्दा ठूलो समस्या बन्न सक्छ ।
खेलअघि क्रोएसियन प्रशिक्षकले आफूहरूले मेस्सी नभएर अर्जेन्टिनालाई टिमका रूपमा रोक्नका लागि खेल्ने बताएका छन् । उता, अर्जेन्टिनाका प्रशिक्षकले बलियो दाबी गर्दै आफूहरूले क्रोएसियाविरुद्ध कम्तीमा ४–० को जितको लक्ष्य लिएको बताएका छन् ।
तर, अर्जेन्टिनी प्रशिक्षकले दाबी गरे अनुसार क्रोएसियाविरुद्ध ४–० को निकाल्न अर्जेन्टिनालाई पक्कै सजिलो हुनेछैन । उनीहरूले क्वार्टरफाइनलमा ब्राजिलजस्तो धारिलो टिमविरुद्ध जसरी खेलेका थिए, त्यो खेल अर्जेन्टिनाले सायदै ख्याल गरेको छैन होला । विश्व फुटबलको नम्बर १ अट्याकिङ टिम ब्राजिललाई स्तब्ध पार्दै आएको क्रोएसिया आज अर्जेन्टिनाले
सोचेजति सजिलो हुनेछैन । क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको फाइनल खेल्नका लागि आज अर्जेन्टिनाविरुद्ध दीलोज्यान लगाएर खेल्नेमा दुईमत छैन । क्रोएसियालाई अर्जेन्टिनाले ४–० वा ५–० ले जित्छौं भनेर हेपाइको सोच राख्नुभन्दा चनासो भएर खेल्नु बुद्धिमानी हुनेछ ।
Leave A Comment