कतारमा जारी फिफा विश्वकप फुटबलमा आज पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाको एक खेल हुँदैछ । मध्यराति हुने यो खेलमा अर्जेन्टिनालाई खेलाडीको प्रतिबन्धले केही तनाव हुने देखिएको छ । उसका २ जना मुख्य खेलाडीले सेमिफाइनल खेल गुमाउने पक्का भएको छ ।
अन्तिम आठमा नेदरल्यान्ड्सविरुद्ध खेल दौरान पाएको पहेंलो कार्डका कारण उपाधि दाबेदार टिमका २ जना मुख्य खेलाडी आज क्रोएसियाविरुद्ध खेल्दा उपलब्ध हुनेछैनन् ।टोलीका राइट ब्याक गोन्जालो मोन्टिएल र अर्का डिफेन्डर मार्कुस अकुनाले आज हुने खेल गुमाउने पक्का भइसकेको छ ।
यी दुवै खेलाडीले क्वार्टरफाइनलसम्ममा २–२ वटा पहेंलो कार्ड पाइसकेका छन् । जसका कारण अबको खेलमा उनीहरूमाथि स्वतः प्रतिबन्ध लाग्ने भएको हो । फिफाको नियम अनुसार क्वार्टरफाइनलका खेलसम्म कुनै खेलाडीले दुई पहेंलो कार्ड पाए एक खेलमा प्रतिबन्ध लाग्ने नियम छ ।
यही नियमका कारण अकुना र मोन्टिएलले आजको खेल गुमाउनेछन् ।दुई पहेंलो कार्डबाट लाग्ने प्रतिबन्धको नियम सेमिफाइनल र फाइनल खेलमा भने लागू हुनेछैन । अर्थात् क्वार्टरफाइनलपछिका खेल खेल्ने क्रममा दुई पहेंलो कार्डका कारण प्रतिबन्ध लाग्ने नियम छैन ।
एकै खेलमा दुईटा पहेंलो कार्ड वा सोझै रातो कार्डको नियम मात्रै सेमिफाइनल र फाइनलमा लागू हेनछ । अर्जेन्टिनाले अन्तिम आठमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआटउमा ४–३ को जित निकाल्दा सब्सिच्यूट खेलाडी मोन्टिएलले पनि पहेंलो कार्ड पाएका थिए भने सुरुआतबाटै खेलेका अकुनाले पनि पहेंलो कार्ड पाएका थिए ।
सो खेलमा मोन्टिएललाई १०९औं र अकुनालाई ४३औं मिनेटमा पहेंलो कार्ड देखाइएको थियो । सो खेलमा जम्मा १६ वटा पहेंलो कार्ड देखाइएको थियो । जसमा नेदरल्यान्ड्सका खेलाडीले ६ वटा पहेंलोका साथमा एक रातो कार्ड पाउँदा अर्जेन्टिनाका ८ जना खेलाडीले पनि पहेंलो कार्ड पाएका थिए ।
यी २ जना बाहेक अर्जेन्टिनाका सबै खेलाडी आज रातिको खेलमा उपलब्ध हुनेछन् । अन्तिम आठमा नेदरल्यान्ड्सवरद्ध खेल्दा मेस्सीसहित ८ जनाले पहेंलो कार्ड पाएका थिए । तर, ६ जनाले पहिलोपटक कार्ड पाएकाले उनीहरूमाथि प्रतिबन्ध लाग्नेछैन ।
Leave A Comment