Latest
img

यसपालिको कतारमा जारी फिफा विश्वकप यो टिमले जित्त्दै, बाहिरियो सर्भेको नतिजा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले सेमिफाइनलको समीकरण पूरा भएको छ । आजबाट सेमिफाइनल खेल हुँदैछन् । जहाँ एक सेमिफाइनल खेलमा युरोपियन राष्ट्र क्रोसिया र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।

अर्को सेमिफाइनलमा साबिक च्याम्पियन टिम फ्रान्स र अन्तिम आठमा पोर्चुगललाई पराजित गरेको अफ्रिकी टिम मोरक्कोबीच प्रतिस्पर्धा हुनेवाला छ । ३२ टिमबाट २८ टिम आउट भएर ४ टिम मात्रै प्रतियोगितामा बाँकी रहेका बेला उपाधि कसले जित्ला भन्ने चासो छ । फाइनलमा कुन–कुन टिम पुग्लान् भन्नेमा झन् ठूलो चासो छ ।

यसैबीच, सेमिफाइनल चरणका खेल सुरु हुनुअघि एक सर्वे नतिजा सार्वजनिक भएको छ, जसमा विश्वकपको उपाधि जित्न सक्ने सम्भावना कति प्रतिशत छ भनेर देखाइएको छ । ९० हजार ६ सय जना सहभागी यस सर्वे नतिजा अनुसार कतार विश्वकपको उपाधि जित्ने सबैभन्दा धेरै सम्भावना लियोनल मेस्सीको टिम अर्थेन्टिनाको रहेको छ ।

अर्जेन्टिना च्याम्पियन बन्न सक्छ भन्नेमा ३७ प्रतिशतले मत दिएका छन् । सर्वेमा सहभागी मध्ये धेरैले मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउने विश्वास गरेका छन् ।अर्जेन्टिनापछि दोस्रो नम्बरमा साबिक च्याम्पियन फ्रान्सको पक्षमा धेरै मत छ । सर्वेमा सामेल मध्ये ३५ प्रतिशत मानिसले फ्रान्स विश्वकप च्याम्पियन बन्न सक्छ भन्नेमा देखिएका छन् ।

यो अर्जेन्टिनाको भन्दा मात्रै २ प्रतिशत बढी हो । फ्रान्सले पछिल्लो पटक रसिया विश्वकपमा क्रोएसियालाई पराजित गरेर उपाधि जितेको थियो । त्यसैगरी, लुका मोड्रिचको टिम च्याम्पियन बन्न सक्छ भन्नेमा १८ प्रतिशतले मत दिएका छन् भने अफ्रिकी देश मोरक्कोको पक्षमा १० प्रतिशतले मत दिएका छन् ।

हालसम्म अर्जेन्टिना र फ्रान्स दुवैले दुई–दुईपटक विश्वकप जितेका छन् । क्रोएसिया र मोरक्को भने नयाँ टिम हुन् । यदि यी दुई मध्ये कुनै पनि देशले यसपटक उपाधि जिते विश्वकपमा नयाँ राष्ट्र च्याम्पियनका रूपमा थपिनेछ । क्रोएसिया त्यो टिम हो, जसले रसिया विश्वकपको फाइनल खेलेको थियो ।

ऊ फाइलनमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक पनि फ्रान्सले मोरक्कोलाई हरायो भने क्रोएसियाले अर्जेन्टिनालाई पराजित गरे फाइनलमा फेरि पनि फ्रान्स र क्रोएसियाकै भेट हुने सम्भावना छ ।फाइनलमा फ्रान्स र अर्जेन्टिनाको पनि भेट हुने सम्भावना छ ।

अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोलाई हरायो भने फाइनलमा हेभिवेट भिडन्त हेर्न पाइनेछ । २०१८ को रसिया विश्वकपको अन्तिम १६ मा फ्रान्स र अर्जेन्टिना नै भिडेका थिए, जहाँ फ्रान्सले रोमाञ्चक खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेर अघि बढेको थियो । यी दुवै टिम यसपटक पनि सेमिफाइनल पुगेका छन् । र, यसपटक यी दुईको भेट फाइनलम हुने सम्भावना प्रबल छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment