Latest
img

क्रिस्टियानो रोनाल्डोको पोस्टमा कमेन्ट गर्दै एमबाप्पेले राखे बाख्राको इमोजी, जसको अर्थ हुन्छ….

दोहा । फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डो सर्वकालीन महान खेलाडी भएको औंल्याएका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले राखेको स्टाटसमा कमेन्ट गर्दै एमबाप्पेले तीनवटा इमोजी प्रयोग गरेका छन् ।

जसमा एउटामा बाख्राको इमोजी राखिएको छ ।ग्रेटेस्ट अफ अल टाइमको छोटकरी गट हुने भएकाले त्यसलाई बुझाउन बाख्राको इमोजी राख्ने गरिन्छ । विश्व फुटबलमा सर्वकालीन महान खेलाडी को भन्ने विवाद चलिरहेका वेला एमबाप्पेले रोनाल्डोप्रति संकेत गरेका हुन् ।

विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको भोलिपल्ट रोनाल्डोले आफ्नो पोर्चुगलप्रतिको समर्पण निरन्तर रहने उल्लेख गरेका थिए । एमबाप्पेले रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गरेका छन् । तर, सर्वकालीन महान खेलाडीको प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीसँग एमबाप्पेले दुई वर्षयता खेलिरहेका छन् ।

विभिन्न सन्दर्भमा एमबाप्पेले मेस्सीलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्बोधन गर्ने गरेका थिए । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यवसायिक फुटबल खेलिरहेका एमबाप्पे र मेस्सीको ‘कम्बिनेसन’ पछिल्लो समय थप प्रभावशाली बन्दै गएको छ ।उता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् ।

मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार हुने सेमिफाइनलमा लोथर मथाउसको कीर्तिमान बराबरी गर्ने संघारमा छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हुनेछ । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान रहेको छ ।

मेस्सीलाई सेमिफाइनलपछि फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाम गर्ने अवसर छ ।मेस्सीपछि हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डो २२ खेलसहित सुचिमा छन् । सन्न्यास लिइसकेका खेलाडीमा भने जर्मनीका मिरोस्लाभ क्लोजले २४ र इटालीका पाओलो माल्डिनीले २३ खेल खेलेका छन् ।

जर्मनीकै थोमस मुलर र म्यानुएल नोएरले पनि १९-१९ खेल खेलेका छन् ।यस्तै फ्रान्सका ह्युगो लोरिसले १८ खेल खेलेका छन् । उनले यस विश्वकपमा थप दुई खेल खेल्न सक्नेछन् । फ्रान्सका एन्टोइन ग्रिजमन, अर्जेन्टिनाका एन्जल डी मारिया र क्रोएसियाका लुका मोड्रीचले पनि १७-१७ खेल खेलेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment