भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट (सिजिआर)ले खाद्य स्वच्छतामा लापर्बाही गरेपछि बिहे भोज खाएकाहरु बिरामी भएका छन् ।मंसिर २३ गते बिहे भोज खाएकाहरु बिरामी भएर अस्पताल भर्ना भएपछि जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा मंगलबार सिजिआरमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सिजिआरको किचनमा म्याद गुज्रिएको खाद्यान्न फेला परेको छ । सिजिआरले खाद्यान्न राखिएको फ्रिजमा आवश्यक तापक्रम कायम नगरेको र किचनमा सरसफाइ पनि सन्तोषजनक नरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले जानकारी दिए ।
‘केही खाद्य सामग्रीको म्याद गुज्रिसकेको पायौँ, सरसफाइ पनि सन्तोषजनक पाएनौँ’, उनले भने, ‘सलाद सफा गर्ने तरिका पनि ठीक रहेनछ । फ्रुट एण्ड भेजिटेबल वास गर्ने एक किसिमको केमिकल हुन्छ, त्यस्तो दुईवटा बोतल म्याद गुज्रिएको फेला परेको छ ।’
पिनट बटर एक प्याकेट, रसबरी दुई किलो र टोमाटो सस पाँच प्याकेट म्याद गुज्रिएको फेला परेको उनले जानकारी दिए ।‘खानाको पनि ल्याब टेस्ट गर्न पाएको भए त्यसमा भएको ब्या’ क्टेरिया भेटिन्थ्यो होला, तर हामीले ढिलो गरी थाहा पायौँ’, उनले भने, ‘अस्पतालले दिने रिपोर्टबाट धेरै कुरा खुल्न सक्छ, त्यसको रिपोर्ट आउन बाँकी छ ।’
होटल सञ्चालकलाई बयानका लागि आज बुधबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ । बयान लिएपछि सहायक प्रजिअ शर्माले अनुगमन प्रतिवेदन प्रजिअ अस्मान तामाङलाई बुझाउनेछन् ।स्वास्थ्य कार्यालय चितवनकी स्वास्थ्य अधिकृत गीताञ्जली ढकालले फुड पोइजनकै कारण बिहे भोज खाएकाहरु बिरामी भएको प्रारम्भिक जानकारी आएको बताइन् ।
‘रिपोर्ट आएपछि वास्तविक कुरा खुल्ला, तर चिकित्सकले बताएअनुसार फुड पो’ इजनकै कारण बिरामी भएको भन्ने छ ।’ उनका अनुसार बिहे भोज खाएर बिरामी भएका ६५ जना नेसनल सिटी हस्पिटलको ओपिडी पुगेका थिए । त्यसमध्ये ३५ जना भर्ना भएको उनले बताइन् ।
कतिपयले घरमै बसेर उपचार गरिरहेको पनि पाइएको छ ।नेसनल सिटीमा अहिले १७ जना बिरामी उपचाररत छन् भने सिएमसीमा एक जना बिरामी उपचाररत रहेको उनले बताइन् । प्रदूषित खाना वा पानी खाएमा त्यसमा भएको ब्याक्टेरिया, परजीवी, भा’ इरस तथा वि’ षादीहरुले खाना वि’ षाक्त हुन्छ ।
प्रदूषित खाना र पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बा’ न्ता हुने, पेट दुख्ने र प’ खाला लाग्नेजस्ता समस्याहरु देखिन सक्छ ।गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गते सिजिआरमा बिहे भएको थियो । बिहे भोज खाएका दुलाहा र दुलहीसहित करिब ६५ जना बिरामी भएर उपचारका लागि अस्पताल पुगेका हुन् ।
उनीहरुमा ज्वरो आउने, बा’ न्ता हुने, रिं’ गटा लाग्ने, प’ खाला लाग्नेजस्ता समस्या देखिएपछि मंसिर २४ गतेदेखि नेसनल सिटी हस्पिटल भर्ना भएका हुन् । बिहे भोज खाएर बिरामी भएकाले आफूहरुको उपचार खर्च सिजिआरले व्यहोर्नुपर्ने बिरामीले बताएका छन् ।
सिजिआरमा बिहे भोज खाएकाहरु बिरामी भएको खबर पाएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले पनि मंगलबार होटलको अनुगमन गरेका छन् । उनीहरुले होटलको किचनलगायतका स्थानको निरीक्षण गरेका थिए । सिजिआरकै कारण बिहे भोज खाएकाहरु बिरामी भएको पुष्टि भए सिजिआरलाई कारबाही गर्ने दाहालले बताएकी छन् ।
मंगलबार साँझ चितवन–२ बाट निर्वाचित सांसद् रवि लामिछाने पनि होटलको अनुगमनमा पुगेका थिए । अस्पतालमा उपचाररत बिरामीलाई भेटेपछि रवि होटल निरीक्षणका लागि पुगेका हुन् । होटल पुगेर उनले होटलले खुवाएको खानेकुरा र सरसफाइको विषयमा जानकारी लिएका लिए ।
सांसद् रवि लामिछाने, सहायक सिडियो चिरञ्जीवी शर्मा, खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीलगायतको अनगमनपश्चात सिजिआरका दुई किचन शिल गरिएको छ ।बिहे भोज खाएर बिरामी भएका माधवप्रसाद पौडेलले मानवजीवनमा खेलबाड गर्ने सिजिआरलाई कारबाही गर्नुपर्ने बताए ।
‘मानवजीवनमा सिजिआरबाट भएको लापर्बाहीको घोर निन्दा र भ’ त्र्सना छ । सिजिआरलाई आवश्यक कारबाहीको माग गर्दछु’, उनले भने । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले बिरामीलाई सिजिआरले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
Leave A Comment