Latest
img

क्रोएसियालाई रोक्न अर्जेन्टिनाको यस्तो छ रणनीति, खेलको मुखमा प्रशिक्षकले यसो भने !

फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइलन खेलमा उपाधिको बलियो दाबेदारको रुपमा रहेको अर्जेन्टिजा र साविक उपविजेता क्रोएसिया बिच आज कडा भिडन्त हुँदैछ ।आज हुने उक्त खेल नेपाली समय अनुसार १२ः४५ बजेबाट खेल सुरु हुनेछ ।

विशेष चाँसो रहेको आजको सेमिफाइलन खेलमा कसले जित निकाल्ने हो ? त्यो यहि हो भन्ने अवस्था छैन ।फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलको खेलको विषयमा अर्जेन्टिनाका प्रशिक्षकले पत्रकार सम्मेलन मार्फत तयारी बारे जनाकारी दिएका छन् ।

उनको ध्यान क्रोएसियालाई कसरी हराउनेमा नै रहेको प्रशिक्षक लिओनेल स्कालोनीले बताए ।‘हामी निकै कठिन खेल हुने अपेक्षा गरिरहेका छौं । क्रोएसिया निकै राम्रो टोली हो । उनीहरु एकतावद्ध भएर विपक्षीलाई चुनौती दिन सक्छन्,’ उनले भने ।गत संस्करणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो ।

यसपटक भने दुई टोलीलाई दाँज्न नमिल्ने प्रशिक्षक स्कालोनीले बताए ।उनले भने, ‘हामीले पछिल्लो संस्करणको टोलीसँग दाँज्नु राम्रो हुँदैन । तर उनीहरुको स्तर निकै राम्रो छ र खेल प्रतिस्पर्धात्मक हुनेछ ।’प्रशिक्षक लिओनेल स्कालोनीले अगाडी थपे, ‘पछिल्लो खेलमा हामीले त्यसरी नै प्रस्तुत हुनुपर्यो ।

दुवै टोलीको एउटै रुप देख्यौं । कहिलेकाहीँ यस्तो हुन्छ । रेफ्री त्यसैले पनि राखिएको हो । हामीले अर्जेन्टिना राम्रोसँग जित्न सक्दैन भन्न मिल्दैन, उदाहरणका लागि गत वर्षको कोपा अमेरिका नै हेर्नुहोस् ।’सेमिफाइनलमा टोलीको आशाबारे स्कालोनीले खुलेर आफ्नो धारणा राखे ।

‘सबै अर्जेन्टिनी समर्थक आशावादी छन् । हामी आफ्नो समर्थकका लागि खेल्छौं । यो स्थानमा आइपुग्न कति कठिन छ भने हामीले बुझेका छौं । हामीबाट के आशा गरिएको छ भन्ने पनि थाहा छ,’ उनले थपे ।‘हामी आफ्नो खेल्ने योजना बदल्ने छैनौं । भाग्य तपाईंको साथमा नरहन पनि सक्छ ।

सधैं राम्रो टोलीले नै जित्छ भन्ने पनि हुँदैन ।’‘पुरै देशले हाम्रो बाटो हेरिरहेको छ र यात्रा अझै बाँकी छ । हाम्रो ध्यान भोलिको खेलमा छ र त्यो सहज हुने छैन ।’एजेन्सी ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment