Latest
img

विवाहमा न बस, न कार : आफन्त पूरै विमानमा, मानिसहरूले सोधे–के फूपा खुशी हुनुहुन्छ ?

काठमाडौं । सामाजिक सञ्जाल यतिबेला विवाहका तस्विर र भिडियोले भरिएको छ । आफ्नो विवाहलाई यादगार बनाउन मानिसहरु सक्दो प्रयास गर्छन् ।नेपालमा बिहेलाई यादगार बनाउन मान्छेहरू सक्दो प्रयास गर्छन् । नेपालमा पनि कतिपयले हेलिकोप्टर प्रयोग गरेका हुन्छन् ।

भारतमा कोही बेहुला-बेहुली लिन जेसीबी लिएर जान्छन भने कोही बुलेट चलाउँदै मण्डपमा आउँछन् । हालै एउटा यस्तो विवाह पनि भाइरल भएको थियो, जहाँ एक दुलहा विवाहमा पनि कार्यालयको काममा व्यस्त देखिन्थे ।उनी पण्डितको नजिकै बसेर ल्यापटपमा काम गरिरहेका थिए ।

त्यो तस्विर निकै भाइरल भयो । तस्विर श्रीमोयी दास नामका प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेका थिए ।श्रीमोयीका अनुसार उनका भाइको विवाह हुँदैथियो । त्यस क्रममा उनले विवाहको कामसँगै ल्यापटपमा पनि काम गरेका हुन् । यो तस्विरलाई लिएर सामाजिक सञ्जालमा मानिसहरुबीच बहस भयो ।

कोही यसको समर्थनमा छन् भने कोही विरोध गर्दैछन् । कतिपयले अत्यावश्यक काम आएमा घरबाटै पनि गर्नुपर्ने विचार व्यक्त गरेका छन् । अर्काथरीले यस्ता व्यक्तिले आफ्नो व्यक्तिगत जीवन र कार्यालयलाई पूर्णरूपमा मिसाएर पछि गुनासो गर्ने बताए ।भन्छन्, केटीलाई विवाहको लागि फकाउन भन्दा आफन्तलाई फकाउन गाह्रो हुन्छ ।

अहिले आफन्तसँगै भएको विवाहको एक भिडियो निकै भाइरल हुँदैछ । वास्तवमा नवविवाहित एक जोडीले आफ्ना आफन्तका लागि पूरै विमान भाडामा लिएको छ ।भिडियोलाई श्रेया शाह नामकी एक इन्स्टाग्राम प्रयोगकर्ताले शेयर गरेकी छिन् । पोस्टका अनुसार यो श्रेयाकी बहिनीको बिहे थियो ।

विवाह जैसलमेर (राजस्थान) मा भयो ।दम्पतीले आफन्तलाई विवाहमा लैजान पूरै विमान भाडामा लिएको हो । भिडियो धेरै पटक हेरिएको छ, करोडौं पटक हेरिएको छ भन्दा फरक पर्दैन् । ११ लाख भन्दा धेरै मानिसहरूले भिडियोलाई मन पराएका छन् ।

मान्छेहरु भन्छन् बिहे गर्ने हो भने यस्तो गर्नुपर्छ । कतिपयले प्रतिकृया जनाउँदै आफन्तका बारेमा ठट्टा पनि गरेका छन् । एक जनाले भने, ‘फूपाजु पक्कै पाइलट (विमान चालक) नजिकै बसिरहेका छन् ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘मेरा आफन्त यस्तो सम्मानयोग्य छैनन् ।’

कतिपयले भिडियो हेरेपछि आफूलाई अनौठो लागेको भन्दैछन् । यसबारे मानिसहरुले विभिन्न टिप्पणी गरेका छन्, तपाईं पनि आफ्नो कुरा राख्न सक्नुहुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment