Latest
img

पहिलो हाफमै अर्जेन्टिनाको अग्रता दोब्बर

काठमाडौँ- अर्जेन्टिना र क्रोएसियाबिचको सेमिफाइनलमाको पहिलो हाफमा दोहोरो अग्रता लिएको छ । अर्जेन्टिनालाई अग्रता दिलाउन पहिलो गोल लियोनल मेस्सीले पेनल्टीमार्फत गोल गरेका थिए ।भने दोश्रो गोल आल्भारेजले गरेका हुन् ।

खेलको ३२औ मिनटमा क्रोएशियाका गोलकिपर लिवाकोविचले बक्सभित्र आल्भारेजमाथि फाउल गर्दा अर्जेन्टिनाले पेनल्टीको अवसर प्राप्त गरेको थियो ।खेल नेपाली समयअनुसार मंगलबार मध्यरात १२:४५ बजेदेखि लुसेल रंगशालामा शुरु भएको हो ।खेलको ३४औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्न सफल भए ।

बल लिएर अघि बढेका अर्जेन्टिनाका युवा खेलाडी जुलियन अल्भारेजलाई क्रोएसियाका गोलकिपरले बल क्लियर गर्ने क्रममा बक्स भित्र लडाएपछि रेफ्रीले सोझै अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए, जसमा कप्तान मेस्सीले कुनै गल्ती नगरी गोल गर्न सफल भए ।पहिलो गोल गरेको ५ मिनेटमै क्रोएसियाले दोस्रो गोल खायो ।

यसपटक जुलियन अल्भारेज आफैंले गोल गर्न सफल भए । विपक्षीका खुट्टाबाट खोसेको बल उनले एक्लै अघि लडेर गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए । । सो क्रममा क्रोएसियन डिफेन्डरले चाँडै बल क्लियर गर्न नसक्दा गोल भएको थियो ।खेलको २४ मिनेटसम्म अर्जेन्टिनाले एकपटक पनि क्रोएसियाको पोस्टतर्फ सट प्रहार गर्न सकेको थिएन ।

अर्जेन्टिनाको पहिलो सट खेलको २५औं मिनेटमा आएको थियो । युवा खेलाडी इन्जोले हानेको सटलाई क्रोएसियन गोलकिपरले हातले बाहिर फालेका थिए । अर्जेन्टिनाको पहिलो सट नै अन टार्गेट रहेको थियो थियो । त्यसबेलासम्म अर्जेन्टिनासँग मात्रै ३५ प्रतिशत बल पोजिसन थियो ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा विपक्षी टोलीलाई पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् ।आजको यो खेलबाट एक टिम फाइनल प्रवेश गर्नेछ भने अर्को टिमको उपाधि सपना आजै सकिनेछ । पराजित हुने टिमले तेस्रो स्थानका लागि अर्को सेमिफाइनल खेलमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

आज पहिलो सेमिफाइनल खेल हुने भएकाले धेरैको नजर यो खेलमाथि रहने पक्का छ । फिफा वरीयतामा अहिले अर्जेन्टिना तेस्रो स्थानमा छ भने क्रोएसिया १२औं स्थानमा रहेको छ ।लियोनल मेस्सीको टिम अर्जेन्टिनाले क्वार्टफाइनलमा नेदरल्यान्ड्समाथि पेनाल्टी सुआटउमा ४–३ को जित निकालेर आएको टिमम हो भने

लुका मोड्रिचको टिम क्रोएसियाले प्रतियोगिताको नम्बर १ दाबेदार मानिएको ब्राजिललाई पेनाल्टी सुटआउटमै ४–२ ले पराजित गरेर आएको टिम हो ।दुवै टिमले अन्ति आठमा पेनाल्टी सुटआउटमा जित निकालेर अन्तिम चारमा एकअर्काको भेट पक्का गरेका हुन् । क्वार्टरफाइनल खेलमा दुवैले धेरै ठूलो संघर्ष गरेर सेमिको यात्रा तय गरेका थिए ।

अर्जेन्टिनाले नेदरल्यान्ड्सँगको तनावपूर्ण खेलमा कम्ता मात्रै दुःख गर्नु परेको थिएन ।सो खेलमा अर्जेन्टिननाका ८ जनाले पहेंलो कार्ड पाएका थिए ।आजको खेल लुजाइल रंगशालामा नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ । आज यो रंगशालामा ८९ हजार दर्शक भरिभराउ हुने अपेक्षा गरिएको छ । आजको खेल हुँदा दुई टिमका कप्तान मेस्सी र मोड्रिचमाथि धेरैको नजर रहनेछ ।

३५ वर्षका मेस्सी र ३७ वर्षका मोड्रिच देस्रोपटक विश्वकपको मञ्चमा प्रतिस्पर्धा गर्दैछन् । यी दुई देश अन्तिमपटक २०१८ को रसिया विश्वकपको समूह चरणमा भिडेका थिए, जहाँ क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले धुलाइ गरेको थियो । आजको खेलमा अर्जेन्टिना क्रोएसियासँग ४ वर्षअघि भोगेको त्यो नमिठो हारको बदला लिन पनि चाहन्छ ।

जारी प्रतियोगितामा क्रोएसियाले निकै बलियो डिफेन्सिभ खेल खेलिरहेको छ । उसका गोलकरिले अन्तिम खाठमा ब्राजिलविरुद्ध गरेको प्रदर्शनले खुबै प्रशंसा पाएको थियो । आज अर्जेन्टिनाविरुद्ध खेल्दा पनि क्रोएसियन गोलकिपर टिमका लागि मुख्य आधार हुनेछन् ।

त्यत्ति मात्रै हैन, ब्राजिलजस्तो धारिलो टिमलाई १ भन्दा बढी गोल गर्न नदिई खेल १–१ को बराबरी गरेर पेनाल्टीसम्म पुराएर खेल जित्ने क्रोएसियाको डिफेन्स तोड्न आज अर्जेन्टिनालाई पक्कै पनि सजिलो हुनेछैन । तुलानात्मक रूपमा अन्तिम आठमा अर्जेन्टिनाभन्दा क्रोएसियाले बलियो टिमलाई पराजित गरेर आएकाले आजको खेलमा क्रोएसियन टिम उच्च मनोबलमा हुने पक्का छ ।

जारी विश्वकपमा उच्च लयमा रहेका अर्जेन्टिनाका कप्तान मेस्सी आजको खेलमा टिमका लागि महत्त्वपूर्ण हुनेछन् । उनले हालसम्म ५ खेलबाट टिमका लागि ४ गोल गर्दै २ गोलमा असिस्ट प्रदान गरिसकेका छन् । आज क्रोएसियन टिमलाई मेस्सीको गति र लयलाई रोक्नुपर्ने तथा तोड्नुपर्ने ठूलो चुनौती हुनेछ ।

मेस्सीलाई उनको आफ्नो शैलीमा छाडे त्यो क्रोएसियन टिमका लागि सबैभन्दा ठूलो समस्या बन्न सक्छ । खेलअघि क्रोएसियन प्रशिक्षकले आफूहरूले मेस्सी नभएर अर्जेन्टिनालाई टिमका रूपमा रोक्नका लागि खेल्ने बताएका छन् । उता, अर्जेन्टिनाका प्रशिक्षकले बलियो दाबी गर्दै आफूहरूले क्रोएसियाविरुद्ध कम्तीमा ४–० को जितको लक्ष्य लिएको बताएका छन् ।

तर, अर्जेन्टिनी प्रशिक्षकले दाबी गरे अनुसार क्रोएसियाविरुद्ध ४–० को निकाल्न अर्जेन्टिनालाई पक्कै सजिलो हुनेछैन । उनीहरूले क्वार्टरफाइनलमा ब्राजिलजस्तो धारिलो टिमविरुद्ध जसरी खेलेका थिए, त्यो खेल अर्जेन्टिनाले सायदै ख्याल गरेको छैन होला ।विश्व फुटबलको नम्बर १ अट्याकिङ टिम ब्राजिललाई स्तब्ध पार्दै आएको क्रोएसिया आज अर्जेन्टिनाले सोचेजति सजिलो हुनेछैन ।

क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको फाइनल खेल्नका लागि आज अर्जेन्टिनाविरुद्ध दीलोज्यान लगाएर खेल्नेमा दुईमत छैन । क्रोएसियालाई अर्जेन्टिनाले ४–० वा ५–० ले जित्छौं भनेर हेपाइको सोच राख्नुभन्दा चनासो भएर खेल्नु बुद्धिमानी हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment