Latest
img

मेस्सीले फाइनल खेलेर सन्यास लिने

अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका छन् । अर्जेन्टिनाको डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै मेस्सीले कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्। मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन्।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन्। अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन्।

‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन्। अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन। दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ। बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्। भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले एम्बाप्पेलाई उछिनेका हुन्।

जारी विश्वकपमा मेसी र एम्बाप्पले समान पाँच गोल गरेका छन्। तर असिस्टमा मेसी अगाडि लागेका छन्। मेसीको तीन असिस्ट छ भने एम्बाप्पेकोको दुईमात्र छ।विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन्। यदि गोल संख्या बराबरी भएका असिस्ट बढी गर्नेले पाउँछ।

जारी विश्वकपमा एम्बाप्पेले अझै दुई खेल खेल्न बाँकी छ। यसैले उनले मेसीलाई जित्न सक्छन्। अब मेसीले भने फाइनलमात्र खेल्न बाँकी छ। अर्जेन्टिनाका लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप फुटबलमा चौथोपटक म्यान अफ् द म्याच अवार्ड जितेका छन् । मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को शानदार जित निकाल्दा मेस्सी पुनः एकपटक खेलको उत्कृष्ट खेलाडी चुनिए ।

लुजाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाको शानदार जितमा टिमका कप्तान मेस्सीले १ पेनाल्टी गोल गर्दै १ गोलमा शानदार असिस्ट पनि गरेका थिए ।मेस्सीले खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सोही गोल अर्जेन्टिनाको शानदार जितको टर्निङ प्वाइन्ट पनि थियो ।

त्यसपछि खेलको ६९औं मिनेटमा जुलियन अल्भारेजको गोलमा मेस्सीले बडा शानदार र जादुयी असिस्ट मिलाएका थिए । सो खेलका उनको दोस्रो गोलमा सहभागिता थियो । मेस्सीले सो गोलमा अविश्सनीय असिस्ट प्रदान गरेर टिमको जितमा थप योगदान दिएका थिए ।

क्रोएसियाविरुद्ध मेस्सीले जितेको म्यान अफ् द म्याच कतार विश्वकपको चौथो म्यान अफ् द म्याच अवार्ड हो । अर्जेन्टिनाले खेलेका ६ खेल मध्ये मेस्सी एक्लै ४ खेलमा म्यान अफ् द म्याच घोषित भइसकेका छन् । यसले पनि मेस्सी कति तगडा लयमा छन् भन्ने कुरा देखाउँछ । मेस्सीले अब विश्वकपको फाइनल खेल खेल्नेछन् । सो खेलबाट पनि उनले अर्को म्यान अफ् द म्याच अवार्ड जितन सक्ने सम्भावना छँदैछ ।

यो पनि – दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे ।

पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जित पक्का गरेको थियो ।पहिलो हाफमा क्रोएसियाले लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो ।

पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गर्यो ।दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । अर्जेन्टिनाले पटक पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखिरह्यो ।

मेस्सीले एकल प्रयासमा तेस्रो गोलको अवसर सिर्जना गर्दै अर्जेन्टिनालाई फाइनलनजिक पुर्याए ।खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो ।

अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।४२ औं मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । पहिलो हाफमा अर्जेन्टिनाले २-० को अग्रता जोगाउन सफल भयो ।

५८ औं मिनेटमा लिभाकोभिचले अर्जेन्टिनालाई अग्रता थप्न दिएनन् । लिओनेल मेस्सीले जुलियन अल्भारेजसँग वन टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर ६९ औं मिनेटमा अर्जेन्टिनाले ३-० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई

छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।अर्जेन्टिनाले यस जितसँगै फाइनलमा स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment