Latest
img

मोरक्कोविरुद्द गोलको बर्षा गर्ने तयारीमा छन् एम्बाप्पे

काठमाडौं । यसपालिको विश्वकप फुटबललाई निक्कै रोचक रुपमा हेरिएको छ । कतारमा जारी विश्वकप फुटबल–२०२२ मा मोरक्कोले इतिहास बनाइसकेको छ ।फुटबल विश्वकपमा सेमिफाइनलसम्म पुग्ने यो पहिलो अफ्रिकी टोली हो ।

मोरक्कोका हाकिम जियेश प्रख्यात क्लब चेल्सीबाट र अश्रफ हाकिमी पीएसजीबाट खेल्दै आएका छन् । तर, मोरक्को सेमिफाइनल चरणमा प्रवेश गर्ने कुराको अपेक्षा धेरैले गरेका थिएनन् ।क्रोएशिया र बेल्जिमलाई हराउँदै मोरक्को समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको थियो ।

उक्त अफ्रिकी टोलीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न स्पेन र सेमिफाइनलमा पुग्नका लागि पोर्चुगललाई हराएको थियो ।मोरक्को विश्वकपमा सफल हुनुको एउटा मुख्य कारण हो, बलियो रक्षापंक्ति । अर्को रोचक केछ भने कतारमा जारी विश्वकपमा कुनै विपक्षी खेलाडीले मोरक्कोलाई गोल हान्न सकेका छैनन् ।

क्यानडासँगको खेलमा भने मोरक्कोले एउटा आत्मघाती गोल गरेको थियो ।प्रभावशाली खेल प्रदर्शन गरेकाले मोरक्को यो विश्वकपमा व्यापक समर्थन पाइरहेको टोलीमध्ये एक बन्न सफल भएको छ ।तर, सेमिफाइलनसम्म पुगेको मोरक्कोको बाटोमा युरोपकै उत्कृष्ट टोलीमध्ये एक फ्रान्स उभिएको छ ।

जो साविक विजेता पनि हो । तर, सन् १९६२ मा ब्रजिलले उपाधि रक्षा गरेयता कुनैपनि मुलुकले लगातार दोस्रोपटक यो उपाधि जित्न सकेको छैन । फ्रान्स अहिले त्यस्तो प्रयासमा छ, तर उसलाई उपाधि रक्षा गर्न कठिन भएको देखिन्छ ।अर्को अर्थमा फ्रान्स बलियो देखिन्छ ।

विगत १२ वर्षमा विजेता बनेका इटली, स्पेन र जर्मनी अघि बढ्न सकेका छैनन् । तर, फ्रान्सले भने त्यो अवस्था पार गरेको छ ।फ्रान्सले शनिबार इंग्ल्यान्डलाई जित्नुको अर्थ सन् १९९८ मा पूर्वविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको ब्रजिलपछि उक्त इतिहास दोहो¥याउने पहिलो मुलुक हो ।

तर, फ्रान्सका प्रबन्धक डिडिए डेशाँले भने अहिले आफ्नो पूरा ध्यान मोरक्कोतर्फ केन्द्रित गरिरहेका छन् ।यो विश्वकपमा पनि फाइनलसम्म पुग्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हामी आफूभन्दा अगाडि बढिरहेका छौँ ।’ मोरोक्को र फ्रान्सबीच

सेमिफाइनल खेल बुधबार राति पौने १ बजे हुँदैछ । जसलाई विश्वले नजिकबाट नियालीरहेका छन् । आज राति हुने खेलमा विजेता हुनेले अजेन्टिनासँग विश्वकप उपाधिका लागि भिड्नेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment