एजेन्सी । फिफा विश्वकप कतार २०२२ को दोश्रो सेमिफाइलन खेल आज हुँदैछ । नेपाली समय अनुसार आज राति १२ः४५ बजेबाट खेल सुरु हुनेछ । पोर्चुगललाई स्तब्ध बनाउदै सेमिफाइलन प्रवेश गरेको मोरक्को र साविक विजेता फ्रान्सविच कडा टक्कर हुनेछ ।
उच्च लयमा रहेका फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे मोरक्कोका लागि चुनौति बन्ने आकलन गरिएको छ । उसो फ्रान्सका अर्का फरवार्ड ओलिभर जिरुड विश्वकपमा ब्याक टुक ब्याक कमालको रेकर्ड बनाइरहेका छन् ।यस्तै, लोभ लाग्दो डिफेन्सिफ खेलेको मोरक्को अर्को इतिहास रच्दै फाइनल प्रवेश गर्ने दाउमा छ ।
निकै नै चाँसोको रुपमा हेरिएको आजको खेललाई हेरिएको छ । जुन टिमले जित निकाल्छ त्यो टिमले उपाधिका लागि अर्जेन्टिनासंग भिड्नेछ ।फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ । त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनेको इतिहास छ ।
यसअघिको तीन संस्करणको च्याम्पियन २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएको सन्दर्भमा आफ्नो टोली त्यसलाई पार गरेर सेमिफाइनलमा पुग्दा प्रशिक्षक डेसच्याम्प्स खुसी देखिएका छन् ।उनी भन्छन्, ‘हामी सेमिफाइनलमा पुगेका छौं, फाइनलको नजिक छ, र यो एक महत्वपूर्ण उपलब्धि थियो,
त्यसैले हामी आफैंमा विश्वास गर्न सक्छौं, तर हामीसँग बुधबार ठूलो खेल छ ।’ प्रशिक्षक डेसच्याम्प्सले, ‘हामी अझै अगाडि बढ्न चाहन्छौं भने पनि हामीले अहिलेसम्म गरेका काममा सन्तुष्ट हुन सक्छौं । विगतमा, विश्व च्याम्पियनहरूले सधैं विश्वकपमा राम्रो प्रदर्शन गरेका छैनन् र हामीले त्यो चुनौतीलाई पार ग¥यौं, तर बुधबार हामीसँग महत्वपूर्ण खेल छ ।’
अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको मोरक्कोले स्पेन र पोर्चुगललाई हराएर सनसनी पूर्ण प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको छ ।फ्रान्सका टोलीसँग स्टार फरवार्ड केलियन एमबाप्पेसँगै भेट्रान फरवार्ड ओलिभर जिरुडको साथ रहेको छ ।यि दुईको यस विश्वकपमा गज्जवको समन्वय मिलेको छ ।
ओलिभर जिरुडले मोरक्कोविरुद्ध गोल गर्न सके उनी एकै विश्वकपमा पाँच गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बन्नेछन् ।मोरक्को त्यही टोली हो, जसलाई यस विश्वकपमा कुनै पनि टोलीले गोल गर्न सकेको छैन । मोरक्कोले यस विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको छ ।
त्यो एक गोल पनि क्यानडासँग आत्मघाती गोल हो । तर, त्यही सनसनी मोरक्कोलाई चोट र प्रतिबन्धले पिरोल्न सक्नेछ । सेन्टर फरवार्ड वालिद चेडिरा प्रतिबन्धका कारण फ्रान्सविरुद्धको महत्वपूर्ण सेमिफाइनलमा आज हुने छैनन् । चोटका कारण डिफेन्डर नाएफ अगुएर्ड र रोमन सेइसले खेल्ने सम्भावना निकै नै न्युन बनेको छ ।
फ्रान्स र मोरक्को यि दुई टोली हालसम्म ११ पटक भिडेका छन् । ठुलो प्रतियोगितामा भने यो पहिलो भेट हो । ११ भेटमा फ्रान्सले ७ खेल जितेको छ । एक खेल मोरक्कोले जित्दा तीन खेल बराबरीमा सकिएको छ ।
Leave A Comment