फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् । यस खेलको विजेताले आइतबार हुने फाइनलमा विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ ।प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ ।
यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ ।
गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ ।
असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ ।त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ ।
हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् । मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३-३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यो पनि – जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा दोस्रो सेमिफाइनल खेलमा आज राति अफ्रिकी देश मोरक्को र युरोपियन देश फ्रान्सको खेल हुँदैछ । यो खेलपछि फाइनल टाई तय हुनेछ । जहाँ आज राति हुने खेलको विजेता टोलीले कतार विश्वकपको उपाधिका लागि लियोनल मेस्सीको टिम अर्जेन्टिनाको सामना गर्नेछ ।
फ्रान्स त्यो टिम हो, जसले यसअघि सन् २०१८ मा रसियामा भएको विश्वकपको उपाधि जितेको थियो । यसपटक ऊ ब्याक टु ब्याक विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । र, आज रातिको खेल जित्दै फ्रान्स लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
उपाधिका लागि फाइनल खेलमा अर्जेन्टिनासँगको भेट पक्का गर्नुअघि फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले सम्भावित फाइनल खेलका विषयमा रोचक जवाफ दिएका छन् । यदि आज फ्रान्सले मोरक्कोलाई हरायो भने फाइनल खेलमा एमबाप्पे र मेस्सी एकअर्काविरुद्ध भिड्नेछन्, यो पक्ष बडा रोचक हुनेवाला छ ।
स्मरण रहोस्, क्लब पिएसजीमा मेस्सी र एमबाप्पे सहकर्मी हुन् । क्लब फुटबलका खास सहकर्मी मेस्सी र एमबाप्पेले कतार विश्वकपको फाइनल एकअर्काविरुद्ध खेल्ने सम्भावना धेरै छ । अर्जेन्टिना गत राति क्रोएसियामाथि ३–० को जित निकाल्दै फाइनल प्रवेश गरिसकेको छ ।
उसलाई अब फ्रान्स र मोरक्कोमध्ये एक टिमको प्रतीक्षा छ ।अर्जेन्टिना फाइनल पुगिसकेको र फ्रान्सले आज राति मोरक्कोसँग सेमिफाइनल खेल खेल्नुअघि एमबाप्पेले सम्भावित फाइनल खेलबारे सोध्दा रोचक जवाफ दिएका छन् । एमबाप्पेले अहिले आफूहरूको ध्यान पहिला सेमिफाइनल खेल जित्नेमा रहेको बताए ।
‘फाइनल अर्जेन्टिनासँग ? अहिले हामीले त्यसबारे सोच्न थालेका छैनौं । हामी मोरक्कोलाई कसरी हराउने भनेर चाहिँ सोचिरहेका छौं । पहिला हामी यो खेल जित्न चाहन्छौं । त्यसपछि फाइनल खेलबारे सोच्न थाल्नेछौं । हामीलाई खेल जित्न दिनुहोस्,’ एमबाप्पेले भने ।
अर्जेन्टिनासँग फाइनल खेल हुन सक्ने विषयमा सोधिको प्रश्नमा एमबाप्पेले भने, ‘हामी फाइनल पुग्न चाहन्छौं । त्यहाँ अर्जेन्टिना गइसकेको छ । मेरो विचारमा यो एक ऐतिहासिक फाइनल हुनेछ । अहिले हामी दुवैसँग दुई–दुई विश्वकप उपाधि छन् । हामी यसमा अर्को उपाधि थप गर्न चाहन्छौं ।
म कल्पना गरिरहेको छु, ब्याक टु ब्याक विश्वपक जित्नु कति सुन्दर कुरा हो ! म यो सोच्दा मात्रै पनि निकै रोमान्चित भइरहेको छु ।’‘मेस्सीविरुद्ध विश्वकपको फाइनल ? यो साँच्चै फरक हुनेछ । हामी पिएसजीमा सँगै खेल्छौं । तर, विश्वकपको फाइनल आजसम्म कुरा गरेका छैनौं । यदि हामी फाइनल पुग्यौं म मेस्सीलाई म्यासेज गर्नेछु ।
र, ‘कस्तो लागिरहेको छ लियो’ भनेर सोध्नेछु । तर, हामीले आजसम्म २०१८ को विश्वकपको अन्तिम १६ को खेलबारे पनि कहिल्यै कुरा गरेका छैनौं । मलाई लाग्छ, मेस्सी यसपटक हामीसँग त्यसको बदला लिन चाहन्छन् । उनका लागि यो विश्वकप कति महत्त्वपूर्ण छ भनेर मलाई थाहा छ ।
तर, यो मेरा लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । हामी हेर्छौं, के हुन्छ । पहिला हामीलाई फाइनल पुग्न दिनुहोस् ।’जारी विश्वकपमा एमबाप्पे र मेस्सी दुवै उत्कृष्ट लयमा छन् । दुर्वजना गोल्डेन बुटको दौडमा पनि छन् । हालसम्म मेस्सीले ६ खेलबाट ५ गोल र ३ गोलमाा असिस्ट गरिसकेका छन् । उनले ४ खेलमा म्यान अफ् द म्याच अवार्ड पनि जितेका छन् ।
उता, एमबाप्पेले आज राति सेमिफाइनल खेल खेल्नुअघि ५ खेलबाट ५ गोल र २ गोलमा असिस्ट गरेका छन् भने ३ खेलमा म्यान अफ् द म्याच अवार्ड पनि जितेका छन् । आज राितको खेलमा गोल गरे एमबाप्पेले मेस्सीलाई सर्वाधिक गोल संख्यामा पछि पार्नेवाला छन् । अहिले मेस्सीको भन्दा १ खेल कम खेलेर उनले मेस्सीकै बराबर ५ गोल गरेका छन् ।
Leave A Comment