काठमाडौं:
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् निःशुल्क वितरण सकिने बताएका छन् ।
ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत् बाल्न सक्ने वातावरण हुने बताए ।
उनले प्राधिकरणको नाफाबाट ग्राहकलाई अहिले २० देखि २५ अर्ब रूपैयाँको महशुल सहुलियत दिएको पनि बताए ।
घिसिङले अहिले ग्रहकदरलाई विभिन्न क्याटगोरीमा छुट्याएर सहुलियत दिएको बताए ।
भने, “अबको केही वर्षमै नेपालको विद्युत् निःशुल्क बाँढ्न सकिन्छ ।”
मेगा बैंक नेपालले ल्यायो ६ गुणा रकम बढ्ने योजना: मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना ल्याएको छ ।
यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
यस्तै, संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
त्यसैगरी, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता
खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ ।
Leave A Comment