पोर्चुगल कतारमा जारी विश्वकपको अन्तिम आठ बाटै भएपछि अधिकांश खेलाडी आफ्नो देश फर्किए । तर, कप्तान क्रिस्टियानो रोनाल्डो भने देश फर्किएनन् । उनी त्यहाँबाट सिधै स्पेन पुगेका छन् । र, पूर्वक्लब रियल मड्रिडको ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरिरहेका छन् ।
स्पेनिस मिडियाले यो खबर छापेका छन् कि, रोनाल्डोले आजबाट रियलको मुख्य प्रशिक्षण मैदानमा एक्लै प्रशिक्षण गरिरहेका छन् ।कतार विश्वकपमा सामेल हुन पुगेका रोनाल्डोसँग त्यसैबेला क्लब म्यानचेस्टर युनाइटेडले सम्झौता खारेज गरेपछि उनी अहिले फ्री एन्जेट बनेका छन् ।
जनवरी विन्डोमा रोनाल्डो नयाँ क्लबको खोजीमा छन् । उनलाई अनुबन्ध गर्न चाहनेले निःशुल्क अनुबन्ध गर्न पाउनेछ । विश्वकप जारी रहेका बेला र जनवरी विन्डो खुला नभएको अवस्थामा रोनाल्डो स्पेनको मड्रिडस्थित आफ्नो घरमा गएर बस्ने गरी त्यहाँ पुगेका हुन् ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार नयाँ क्लबको टुंगो नलाग्दासम्म रोनाल्डो दैनिक व्यायाम तथा फिटनेसका लागि रियलको प्रशिक्षण सेन्टरमा अभ्यास गरिरहेका छन् । रोनाल्डो रियलको ट्रेनिङ सेन्टर भाल्डेबेबासमा एक्लै ट्रेनिङ गरिरहेको खबरमा उल्लेख छ ।रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग रोनाल्डोको सम्बन्ध राम्रो रहेकाले अध्यक्षसँग छलफल गरेर नै उनले रियलको प्रशिक्षण क्याम्ममा प्रशिक्षण गर्न थालेका हुन् ।
हाल उमेरले ३८ वर्ष पुगेका रोनाल्डोलाई रियल मड्रिडले जनवरी विन्डोमा अनुबन्ध गर्ने सम्भावना भने छैन । रियलले यसअघि नै रोनाल्डो भित्र्याउने आफूहरूको योजना नरहेको बताएका छन् । रोनाल्डोले सन् २०१८ मा इटालियन क्लब युभेन्टस जानका लागि रियल छाडेका थिए ।
सन् २००९ देखि २०२१८ सम्म रियलका लागि खेलेका रोनाल्डोले ४३८ खेलबाट ४५० गोल गरेका थिए भने विभिन्न १६ उपाधि जितेका थिए । रोनाल्डो अहिले नयाँ क्लबको खोजीमा रहेका छन् ।रोनाल्डो कतार विश्वकपमा व्यस्त रहेका बेला उनलाई अनुबन्ध गर्न साउदी अरबको क्लब अल नासरले अनुबन्ध गर्न प्रस्ताव गरेको ।
रिपोर्ट आएको थियो । रोनाल्डोलाई प्रतिवर्ष २०० मिलियन युरो तलब दिने गरी अफर गरेको खबर आएको थियो । तर अझै पनि युरोपियन फुटबलमै खेल्न चाहेका रोनाल्डोले साउदी क्लबको प्रस्ताव नकारेको खबर छ ।
Leave A Comment