Latest
img

पहिलो हाफमा फ्रान्सको अग्रता कायमै

फिफा विश्वकप कतार २०२२२ अन्तर्गत दोस्रो फ्रान्स र मोरक्कोबिचको सेमिफाइनलमा फ्रान्सले पहिलो हाफमा १ – ० को अग्रता लिएको छ ।फ्रान्सको लागी थिओ हर्नान्डेजले गरेर अग्रता दिलाएका हुन् ।खेल सरु भएको ५ मिनेटमै फ्रान्सले खेलमा लिड बनाउन सफल भएको थियो ।

फाइनलमा अर्जेन्टिनासँग भेट पक्का गर्न जितका साथ उत्रेको फ्रान्सका लागि डिफेन्डर थियो हर्नान्डेजले उत्कृष्ट गोल गरेर अग्रता दिलाए ।फ्रान्सले ५ मिनेटमा दुई सट प्रहार गर्ने क्रममा पहिलो अन टार्गेट सटमै गोल निकाल्न गर्न सफल भयो । बक्सभित्रबाट केलियन एमबाप्पेको प्रहार

मोरक्कोका गोलकिपरले पन्च गरेर फालेको बलमा नजिकै रहेका हर्नान्डेजले आकर्षक सटमा शानदार गोल गरेर फ्रान्सलाई निकै चाँडो खेलमा अग्रता दिलाउन सफल भए । गोल खाएपछि मोरक्कोले खेलको १०औं मिनेटमा एक शक्तिशाली सट हानेको थियो ।

तर, फ्रेन्च गोलकिपर ह्युगो लोरिसले सो सटमा कठिन गरी बचाउ गरेपछि मोरक्को चाँडै खेल बराबरी गर्नबाट चुक्यो । त्यसपछि १७औं मिनेटमा पनि मोरक्कोले बनाएको एक अवसर खेर गएको थियो । खेलको ४३औं मिनेटमा मोरक्कोका खेलाडीको एक शानदार बाइसाइकल सट पोलमा लागेर

फर्किंदा फ्रान्स मुस्किलले गोल खानबाट बचेको थियो । पहिलो हाफमा फ्रान्सले निकै आक्रामक खेल देखायो उसले मोरक्कोको पोस्टमा ४५ मिनेटको खेलमा १० सट प्रहार गर्दा ३ सट अन टार्गेट रहेको थियो । पहिलो हाफमा मोरक्कोले ज्यादा बलमा पकड राखेको छ ।

७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् ।पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि शुरु भएको हो । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ । त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनेको इतिहास छ ।

यसअघिको तीन संस्करणको च्याम्पियन २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएको सन्दर्भमा आफ्नो टोली त्यसलाई पार गरेर सेमिफाइनलमा पुग्दा प्रशिक्षक डेसच्याम्प्स सन्तुष्ट छन् ।‘हामी सेमिफाइनलमा पुगेका छौं, फाइनलको नजिक छ,

र यो एक महत्वपूर्ण उपलब्धि थियो, त्यसैले हामी आफैंमा विश्वास गर्न सक्छौं, तर हामीसँग बुधबार ठूलो खेल छ ।’ प्रशिक्षक डेसच्याम्प्सले, ‘हामी अझै अगाडि बढ्न चाहन्छौं भने पनि हामीले अहिलेसम्म गरेका काममा सन्तुष्ट हुन सक्छौं । विगतमा, विश्व च्याम्पियनहरूले सधैं विश्वकपमा राम्रो प्रदर्शन गरेका छैनन् र हामीले त्यो चुनौतीलाई पार ग¥यौं,

तर बुधबार हामीसँग महत्वपूर्ण खेल छ ।’फ्रान्सको काँधमा ठूलो अपेक्षा छ । मोरक्कोले स्पेन र पोर्चुगललाई हराएर अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको मोरक्को त्यही सनसनी पूर्ण प्रदर्शन गर्दै विश्वकपको इतिहासमा पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

यही सनसनी मोरक्कोसँग प्रशिक्षक डेसच्याम्प्स सचेत छ ।‘यो शानदार छ, कोच वालिद रेग्रागुईले हासिल गरेको छ ।’ प्रशिक्षक डेसच्याम्प्सले थपे, ‘मोरक्कोले खेलेको छ र विश्वका केही उत्कृष्ट टोलीहरूलाई हराएको छ । यो ऐतिहासिक उपलब्धि हो ।’ फ्रान्सलाई प्रतिबन्ध र चोटले बिथोल्ने छैन ।

सबै खेलाडी पुर्ण रुपमा फिट रहेका छन् । फ्रान्सले समूह चरणमा अष्ट्रेलिया, डेनमार्कलाई पराजित गर्दा ट्युनिसियासँग हार बेहोरेपनि समूह विजेता बनेको थियो । प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई र क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

टोलीसँग स्टार फरवार्ड केलियन एमबाप्पेसँगै भेट्रान फरवार्ड ओलिभर जिरुडको साथ रहेको छ । यि दुईको यस विश्वकपमा गज्जवको समन्वय मिलेको छ । ओलिभर जिरुडले मोरक्कोविरुद्ध गोल गर्न सके उनी एकै विश्वकपमा पाँच गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बन्नेछन् ।

यता, मोरक्को विश्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै मोरक्कोको इतिहासमा पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । यस विश्वकपमा मोरक्कोले थुप्रै इतिहास बनाइसकेको छ । मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली हो ।

मोरक्को त्यही टोली हो, जसलाई यस विश्वकपमा कुनै पनि टोलीले गोल गर्न सकेको छैन । मोरक्कोले यस विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको छ । त्यो एक गोल पनि क्यानडासँग आत्मघाती गोल हो । तर, त्यही सनसनी मोरक्कोलाई चोट र प्रतिबन्धले पिरोल्न सक्नेछ ।

सेन्टर फरवार्ड वालिद चेडिरा प्रतिबन्धका कारण फ्रान्सविरुद्धको महत्वपूर्ण सेमिफाइनलमा उपलब्ध हुनेछैनन् । चोटका कारण डिफेन्डर नाएफ अगुएर्ड र रोमन सेइसले खेल्ने सम्भावना न्युन छ ।मोरक्को अपराजित रहँदै सेमिफाइनलमा पुग्न सफल टोली हो ।मोरक्कोले समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी, बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्यो ।

प्रि–क्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा तथा क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर मोरक्कोले अन्तिम चारको यात्रा तय गर्न सफल भएको टोली हो । मोरक्कोले आफ्नो विश्वकप अपराजित दौडलाई ६ खेलसम्म लम्ब्याएको छ, जुन अफ्रिकी राष्ट्रका लागि कीर्तिमान हो ।

पोर्चुगलविरुद्ध युसेफ एन नेसिरीको उत्कृष्ट हेडरले मोरक्कोलाई अन्तिम चारमा पु¥यायो । टोलीसँग हाकिम जिएच, अचरफ हाकिमी र सोफियान बौफल जस्ता स्टार खेलाडी छन् । विश्वकपमा मोरक्कोले ५ खेल खेल्दा चार क्लिनसिट राखेका छन् । क्यानडा विरुद्धको खेलमा पनि आत्मघाती गोल भएको थियो ।

यो तथ्यांकको आनन्द लिनुपर्दछ, किनकि यसअघि इटाली र स्पेनले एकै विश्वकपमा पाँच क्लिन सिट राख्दै उपाधि समेत जितेको थियो । इटालीले सन् २००६ मा तथा स्पेनले २०१० मा पाँच क्लिन सिट राख्दै च्याम्पियन बनेको थियो । फ्रान्सको सामना गर्नुअघि मोरक्कोले ५ खेलमा हार बेहोरेको छैन ।

यि दुई टोली हालसम्म ११ पटक भिडेका छन् । कुनै पनि ठुलो प्रतियोगितामो यि दुई टोलीको यो पहिलो भेट हुनेछ । ति ११ भेटमा दुई मैत्रीपूर्ण खेल रहँदा बाँकी ९ खेल विभिन्न प्रतियोगिता रहेको छ ।त्यसमा ७ खेल फ्रान्सले जितेको छ । एक खेल मोरक्कोले जित्दा तीन खेल बराबरीमा सकिएको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २००७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment