Latest
img

Breaking: मोरक्कोलाई स्तब्ध पार्दै फ्रान्स फाइनलमा

फिफा विश्वकप कतार २०२२२ अन्तर्गत दोस्रो फ्रान्स र मोरक्कोबिचको सेमिफाइनलमा फ्रान्सले २ – ० ले हराउदै फाइनल मा पुगेको छ ।फ्रान्सको लागी थिओ हर्नान्डेजले पहिलो गोल गरेर अग्रता दिलाएका थिए भने मैदान प्रवेश गरेको एक मिनेटमै रान्डल कोलो मुआनीले गोल गरेपछि फ्रान्सले मोरक्कोमाथि २-० को अग्रता बनाएका थिए ।

खेल सरु भएको ५ मिनेटमै फ्रान्सले खेलमा लिड बनाउन सफल भएको थियो । फाइनलमा अर्जेन्टिनासँग भेट पक्का गर्न जितका साथ उत्रेको फ्रान्सका लागि डिफेन्डर थियो हर्नान्डेजले उत्कृष्ट गोल गरेर अग्रता दिलाए ।फ्रान्सले ५ मिनेटमा दुई सट प्रहार गर्ने क्रममा पहिलो अन टार्गेट सटमै गोल निकाल्न गर्न सफल भयो । बक्सभित्रबाट केलियन एमबाप्पेको प्रहार

मोरक्कोका गोलकिपरले पन्च गरेर फालेको बलमा नजिकै रहेका हर्नान्डेजले आकर्षक सटमा शानदार गोल गरेर फ्रान्सलाई निकै चाँडो खेलमा अग्रता दिलाउन सफल भए । गोल खाएपछि मोरक्कोले खेलको १०औं मिनेटमा एक शक्तिशाली सट हानेको थियो ।

तर, फ्रेन्च गोलकिपर ह्युगो लोरिसले सो सटमा कठिन गरी बचाउ गरेपछि मोरक्को चाँडै खेल बराबरी गर्नबाट चुक्यो । त्यसपछि १७औं मिनेटमा पनि मोरक्कोले बनाएको एक अवसर खेर गएको थियो । खेलको ४३औं मिनेटमा मोरक्कोका खेलाडीको एक शानदार बाइसाइकल सट पोलमा लागेर

फर्किंदा फ्रान्स मुस्किलले गोल खानबाट बचेको थियो । पहिलो हाफमा फ्रान्सले निकै आक्रामक खेल देखायो उसले मोरक्कोको पोस्टमा ४५ मिनेटको खेलमा १० सट प्रहार गर्दा ३ सट अन टार्गेट रहेको थियो । पहिलो हाफमा मोरक्कोले ज्यादा बलमा पकड राखेको छ ।

७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् ।पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment