Latest
img

‘मिस क्रोएसियन’ इभानालाई कतारी खेलाडीले नै गरे बिहेको प्रस्ताव

काठमाडौँ – कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलका क्रममा मिस क्रोएसिया इभाना केनोल चर्चामा छिन् । ‘से’ क्सी फ्यान’को उपमा पाएकी उनी विभिन्न पहिरनका कारण चर्चामा रहेकी हुन् ।

यसैबीच इभानालाई कतार फुटबल टिमका खेलाडीले विवाहको प्रस्ताव गरेका छन् । डेली मेलका अनुसार आयोजक कतारका एक खेलाडीले २६ वर्षीया मोडल इभानालाई विवाह प्रस्ताव राखेका हुन् । ‘उनीहरूले मलाई जहाँ पनि भेट्दा माया गर्छन् । तर, म खेलमा गइरहेकी छु  ।

उनीहरू मसँग सिटमा सँगै बस्न रुचाउँदैनन् ।क्यामेराका कारण उनीहरू अर्काे सिटमा गएर बस्छन्,’ इभानाले कतारका खेलाडीबारे भनेकी छन् ।सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनिरहेकी इभानालाई दैनिक २ लाखले फलो गर्दै आएका छन् । अहिले इभानालाई २.६ मिलियनले फलो गरेका छन् ।

यो पनि – विश्वकपको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भिडन्त पक्का गर्‍यो । सेमिफाइनल भिडन्तमा आमनेसामने भएका दुई टिमका सुपरस्टार खेलाडीहरू किलियन एम्बाप्पे र अश्रफ हाकिमीको ‘ब्रोमान्स’ अहिले सामाजिक सञ्जालमा चर्चाका विषय बनिरहेको छ ।

एम्बाप्पे र हाकिमी क्लब फुटबलमा एउटै टिमबाट खेल्ने गर्छन् । उनीहरू दुवै पेरिस सेन्ट जर्मेन (पीएसजी) मा लियोनज मेस्सीका सहयोगी खेलाडीहरू हुन् । यस विश्वकपमा यी तीनै सुपरस्टारहरूले अत्यधिक हाइलाइट बटुलिरहेका छन् । मेस्सीको चर्चा स्वाभाविक नै भयो, एम्बाप्पले पनि फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

त्योभन्दा बढी हाकिमीले पहिलोपटक आफ्नो देशलाई सेमिफाइनलमा पुर्‍याउन सफल भए ।सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले इतिहास रचेको छ र त्यसको सबैभन्दा ठूलो श्रेय हाकिमीले पाएका छन् । हिजोको म्याचपछि एम्बाप्पे र हाकिमीबीचको सौहार्दता मैदानमा छचल्किएको थियो ।

खेल सकिएपछि सेलिब्रेसनमा जानुअघि एम्बाप्पले हाकिमीलाई भेटे । उनीहरू दुवैले एक-अर्काको जर्सी साटासाट गरे । हाकिमीको जर्सी एम्बाप्पले र एम्बाप्पेको जर्सी हाकिमीले लगाएका थिए । यो दृष्यले विश्वभरका फुटबल फ्यानहरुलाई द्रविभूत बनाएको छ ।

एम्बाप्पले सामाजिक सञ्जालमार्फत पनि हाकिमीप्रति सहानुभूति प्रकट गरेका छन् । उनले एकअर्कालाई अंगालेको तस्वीर पोस्ट गर्दै ट्वीटरमा लेखेका छन्, ‘दुखी नबन ब्रो । तिमीले जे गर्‍यो, त्यसका लागि सबै गौरवान्वित छन् । तिमीले इतिहास रच्यो ।’एम्बापेको यो सहृदयतापूर्ण ट्वीटलाई पनि धेरैले सराहना गरेका छन् ।

यद्यपि, उनले पोस्ट गरेको तस्वीरलाई लिएर कतिपयले ट्रोल पनि गरेका छन् ।एम्बाप्पे र हाकिमी सेमिफाइनलमा भिड्नु आफैंमा रोचक संयोग थियो । गत जनवरीमा पीएसजीले कतारको भ्रमण गरेको थियो । त्यहाँ खेलाडीहरुलाई केही रंगशालामा लगियो ।एजुकेसन सीटीमा भ्रमणपश्चात एम्बाप्पेले यही ठाउँमा प्रतियोगिताका

दौरान फ्रान्स र मोरक्कोको भेट हुने ठठ्यौलो भविष्यवाणी गरेका थिए, जुन तत्कालीन समयमा असम्भव प्रतित हुन्थ्यो ।‘मेरो साथी, मैले तिमीलाई ध्वंस पार्नुपर्ने हुन्छ,’ एम्बाप्पेले हाकिमीलाई लक्ष्यित गर्दै जोक गरेका थिए, ‘त्यसले अलिकति मेरो मुटु दुख्नेछ, तर यो फुटबल हो । यो यस्तै हुन्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment