Latest
img

एमालेमा भूकम्प: एमाले उपाध्यक्षसहित २०० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डको भब्य स्वागत (नामावली)

काठमाडौं

महानगरपालिका उपाध्यक्ष भरत खड्गीको नेतृत्वमा २०० जना युवाहरु र सयपत्री आमा समूहका महिलाहरु नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेकाहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भूमि व्यवस्था,

सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, केन्द्रिय सदस्य नारायण दाहाल र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वागत गरेका हुन् ।

एमालेलाई झड्का: भक्तपुरमा महेस बस्नेतका खास दर्जनाैं युवाहरु माओवादीमा प्रवेश

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला सदस्य अमृत सिलवाल माओवादी केन्द्र प्रवेश गरेका छन् ।

सिलवालको नेतृत्वमा भक्तपुर सूर्यबिनायक नगरपालिकामा एमालेको राजनीति गर्दै आएका ३० भन्दा बढी एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको वाईसिएल नेपाल भक्तपुरका जिल्ला संयोजक नरेश रञ्जीतले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं) का केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला ईन्चार्ज दिलीप कुमार प्रजापतिको प्रमुख आथित्यतामा आयोजित

एक कार्यक्रममा सिलवाललगायतका एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिपी ढकाल, पार्टी जिल्ला संयोजक सुनिल गोथे, जिल्ला सचिब दिलकृष्ण तज,

पार्टी बागमति प्रदेश सदस्य एवम् वाईसिएल नेपाल भक्तपुर जिल्ला ईन्चार्ज दिनेश थपलिया, बागमती प्रदेश सदस्य कल्पदिप राईलगायतको उपस्थिति रहेको थियो ।

बालकोट युवा क्लबका अध्यक्ष समेत रहेका सिलवालको नेतृत्वमा ३० जना भन्दा युवाहरुलाई माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज प्रजापतिले अविर तथा माला लगाएर स्वागत गरेका थिए ।

यो पनि हेर्नुहोस, कारबाही गर्नुपर्ने डा. गिरीलाई स्वास्थ्यमन्त्रीले सुम्पिए तालाचाबी –

रोचक त के छ भने प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध आन्दोलन गरेको घोपा बचाउ अभियानले उनकै नेतृत्वमा रहेको प्रतिष्ठानले महंगा र महत्वपूर्ण सामग्री खरिद गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा प्रतिष्ठानको संस्थागत सुधार र क्षमता विकासभन्दा पनि खरिद र स्वार्थ जोडिएका विषयहरु समावेश गरिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अनियमितता भएको भन्दै आन्दोलन गरेको घोपा बचाउ अभियानले आइतबार सबै कार्यक्रम स्थगित गर्‍यो ।

यससँगै अनियमिततामा मुछिएका र बर्खास्तको सिफारिसमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ठूलो राहत भयो ।

किनकी प्रतिष्ठानमा भएको बेथिति र अनियमितताविरुद्ध सुरु भएको आन्दोलन स्थगित गराउन भएको पाँचबुदे सम्झौतामा स्वास्थ्य

तथा जनसंख्यामन्त्री भवानी खापुङ र घोपा बचाउ अभियानका संयोजक सुधन गुरुङसँगै डा. गिरीले पनि हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा बिरामीको चाप हेरेर डिजिटिल एक्सरे मेसिन लगायतका उपकरण जडान गर्दै जाने, खरिद प्रक्रिया पारदर्शी बनाउने,

अनि सम्बन्धित निकायबाट अस्पतालको अनुगमन हुने लगायतका विषय छन् ।

साथै एमआरआई मेसिनको खरिद अनि प्रतिष्ठान सञ्चालनका लागि अपुग बजेट व्यवस्थापनको विषय पनि सम्झौतापत्रमा समेटिएको छ ।

अब स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आह्वान हुनेछ । सम्झौतापछि चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको दरबन्दी व्यवस्थापन र छनोट प्रक्रिया सुरू हुनेछ ।

‘उपकुलपति डा. ज्ञानेन्द्र गिरी सफा नियतका मानिस होइनन् । दुईवटा छानबिन समितिले नै प्रतिष्ठानमा अध्ययन गर्दा उनलाई दोषी ठहर गरेको छ,’

प्रतिष्ठानका एक उच्च अधिकारीले भने, ‘जो दोषी छन्, उनैका लागि अनुकूल बनाउने काममा स्वास्थ्यमन्त्री भवानी खापुङ प्रयोग हुनुभयो ।’

रोचक त के छ भने प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध आन्दोलन गरेको घोपा बचाउ अभियानले उनकै नेतृत्वमा रहेको प्रतिष्ठानले महंगा र महत्वपूर्ण सामग्री खरिद गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा प्रतिष्ठानको संस्थागत सुधार र क्षमता विकासभन्दा पनि खरिद र स्वार्थ जोडिएका विषयहरु समावेश गरिएका छन् ।

प्रतिष्ठानको सुधारको माग अघि सारेर आन्दोलन एमआरआई, डिजिटल एक्सरे लगायतका उपकरण खरिद अनि टेण्डरको सम्झौतामार्फत स्थगित भएको छन् ।

स्वास्थ्यमन्त्री खापुङ समेत खरिद प्रक्रियामा संलग्न हुन सहमत भएका छन् । जबकी विवादास्पद पृष्ठभूमिका डा. गिरीको ‘ट्रयाक रेकर्ड’ स्वास्थ्य मन्त्रालयमै उपलब्ध छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment