कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि विश्व फुटबलका दुई शक्तिराष्ट्रहरू फ्रान्स र अर्जेन्टिनाको हेभिवेट भिडन्त हुने पक्का भएको छ । गत राति दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी टोली मोरक्कोलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएपछि फाइनल टाई तय भएको हो ।
त्यसअघि नै अर्जेन्टिना क्रोएसियामाथि ३–० को जित निकालेर फाइनल प्रवेश गरेको थियो । अब २२औं संस्करणको विश्वकपको उपाधिका लागि दक्षिण अमेरिकी च्याम्पियन राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।अर्जेन्टिना र फ्रान्स दुवै दुईपटकका पूर्वच्याम्पियन राष्ट्र हुन् ।
यी दुवै यसपटक तेस्रो उपाधिका लागि लड्नेवाला छन् । समान २–२ पटक विश्कवप जितेका टिम भएकाले तेस्रो उपाधि कसले पहिला जित्ने भन्ने प्रस्पिर्धा पनि यो फाइनलमा हुने पक्का छ । दुवै टिम एकअर्कालाई हराएर पहिलो तेस्रो उपाधि आफ्नो नाममा लेखाउने प्रयासमा हुनेछन् ।
अर्जेन्टिना लियोनल मेस्सी र फ्रान्स केलियन एमबाप्पेको टिम भएकाले पनि यो फाइनलमा हेभिवेट भिडन्त हुने पक्का छ । एमबाप्पे र मेस्सी क्लब पिएसजीमा सँगै खेल्ने सहकर्मी हुन् ।यो फाइनल हुँदा केही पक्ष रोचक हुनेछन् । क्लब फुटबलमा दुई खास साथी आपसमा भिड्नेछन् ।
साथै, दुवै टोली तेस्रोपटक विश्व च्याम्पियन बन्नका लागि लड्नेवाला छन् । त्यसैगरी, एमबाप्पे मात्रै २३ वर्षको उमेरमा दोस्रो विश्वकप जित्ने होडमा हुनेछन् भने मेस्सी ३५ वर्षको उमेरमा करियरको अन्तिम विश्वकप खेल्दै गर्दा पहिलो विश्वकप जित्ने दौडमा हुनेछन् ।
मेस्सीका लागि यो नै अन्तिम विश्वकप हो । र, उनी जसरी पनि यसपटक अर्जेन्टिनाका साथमा उपाधि जित्न चाहन्छन् । उता, एमबाप्पे मात्रै २३ वर्षमा दोस्रोपटक विश्वकप जित्ने अवसर छ । सन् २०१८ को रसिया विश्वकप एमबाप्पेले फ्रान्सका साथमा जितिसकेका छन् ।
यो विश्वकप हुँदा मेस्सी र एमबाप्पे बीचको यो सबैभन्दा ठूलो व्यक्तिगत प्रतिस्पर्धा र प्रतिष्ठाको लडाइँ हुनेछ । यो विश्वकप जित्नु मेस्सीका लागि जति महत्त्वपूर्ण छ, एमबाप्पेका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । यो विश्वकप जित्दा र हार्दा दुवै खेलाडीको करियरमा ठूलो अर्थ रहनेछ ।
फ्रान्स र अर्जेन्टिना फाइनल पुगेसँगै अब फाइनलमा दुईपटकका पूर्वच्याम्पियनको प्रतिस्पर्धा एक आकर्षण हुनेछ भने एमबाप्पे र मेस्सीको व्यक्तिगत प्रतिस्पर्धा पनि आकर्षणको केन्द्रमा हुने पक्का छ । यसकारण पनि यो विश्वकप विशेष र रोमाञ्चक हुनेछ ।अर्जेन्टिना पछिल्लोपटक सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।
त्यसपछि ऊ २०१८ को रसिया विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले हारेर आउट भएको थियो । यता, फ्रान्सले २०१८ को विश्वकपको फाइनलमा क्रोएसियालाई पराजित गरे उपाधि जितेको थियो । फ्रान्स ब्याक टु ब्याक विश्वकपको फाइनल प्रवेश गरेको हो ।
अब सले आइतबार लगातार दोस्रो संस्करणमा विश्वकपको उपाधि जित्नका लागि लड्नेछ । यो विश्वकप जित्नु फ्रान्सका लागि धेरै अर्थमा महत्त्वपूर्ण हुनेछ । मेस्सीको टिम अर्जेन्टिना भने लियोनल मेस्सीका साथमा पहिलोपटक विश्वकप जित्न चाहन्छ । र, मेस्सीको भव्य बिदाइ गर्न चाहन्छ ।
Leave A Comment