Latest
img

के यो विश्वकप मेस्सीले जित्छन् ? यो विश्वकपमा बनेका २ गजबका संगोग

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा लियोनेल मेस्सीको जादू पूर्णरूपमा देखिएको छ । उनको कप्तानीमा उनले अर्जेन्टिनालाई फाइनलमा पुर्याएका छन् । अब मेस्सी च्याम्पियन बन्नबाट एक जित टाढा छन् । उनीहरूको अन्तिम खेल दोस्रो सेमिफाइनलको विजेता फ्रान्ससँग हुनेछ।

यो फाइनल खेल डिसेम्बर १८ मा नेपाली समय अनुसार बेलुकी ८.४५ बजे हुनेछ । तर त्यसअघि मेस्सीका फ्यानका लागि एउटा खुसीको खबर आएको छ । वास्तवमा अर्जेन्टिनालाई तेस्रो पटक च्याम्पियन बनाउने दाबी गर्ने मेस्सीसँग सम्बन्धित दुईवटा अनौठो संयोग बनिरहेको छ ।

यस विश्वकपमा समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हराएको थियो । यो तेस्रो खेलमा लियोनल मेस्सीले पेनाल्टीको अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । मेस्सी विश्वका स्टार खेलाडीमध्ये एक हुन् । साथै, उनी आफ्नो टोलीका सबैभन्दा अनुभवी र स्टार खेलाडी हुन्।

अर्जेन्टिनाको यात्रामा सन् १९७८ र १९८६ को विश्वकपमा पनि यस्तै भएको थियो ।त्यतिबेला पनि अर्जेन्टिनाले तेस्रो खेलमा पेनाल्टी पाएको थियो र दुई स्टार खेलाडी मारियो केम्पेस (१९७८) र डिएगो म्याराडोना (१९८६) ले पनि पेनाल्टी मिस गरेका थिए ।त्यसपछि यी दुवै संस्करणमा अर्जेन्टिनाले उपाधि जित्यो।

यसपटक पनि तेस्रो खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेका छन् । र्, यही कारण यो उपाधि अर्जेन्टिनाले जित्छ भन्ने फ्यानहरूबीच चर्चा छ ।अर्को संगोग फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लवसँग सम्बन्धित छ । सबैभन्दा पहिले, ब्राजिलका अनुभवी खेलाडी रोनाल्डिन्हो २००१ मा पीएसजी क्लबमा सामेल भए।

अर्को वर्ष अर्थात् २००२ मा उनले ब्राजिललाई विश्वकपको उपाधि दिलाए ।रोनाल्डिन्होपछि फ्रान्सका किलियन एम्बाप्पे सन् २०१७ मा पीएसजी गएका थिए । त्यसपछि अर्को वर्ष अर्थात् २०१८ मा उनले आफ्नो फ्रान्स टोलीलाई उपाधि दिलाए । यस्तै संयोग मेस्सीसँग पनि भइरहेको छ ।

मेस्सी पनि २०२१ मा पीएसजी क्लबमा आबद्ध भएका छन् र अब उनको टोली पनि फाइनलमा पुगेको छ । अर्थात् यो संयोगले पनि मेस्सीले उपाधि जित्न सक्छन् भन्ने पूर्ण सङ्केत दिइरहेको फ्यानहरूको दावी छ ।३५ वर्षीय मेस्सीको यो अन्तिम विश्वकप हुन सक्छ । यसबारे मेस्सीले पनि संकेत गरेका छन् ।

सेमिफाइनलमा क्रोएसियालाई हराएपछि मेस्सीले मिडियासँग भने, ‘म धेरै खुसी छु र फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकपको यात्रा पनि समाप्त गर्दैछु । अर्को विश्वकप हुन अझै धेरै समय बाँकी छ । मलाई लाग्दैन कि म त्यो खेल्न सक्षम हुनेछु। मलाई लाग्छ यो यहाँ समाप्त गर्नु राम्रो हुनेछ।’

मेस्सी विश्वकप इतिहासमा सबैभन्दा बढी ११ गोल ​​गर्ने पहिलो अर्जेन्टिनी खेलाडी पनि बनेका छन् । यसबारे मेस्सीले भने, ‘सबै राम्रो छ। तर सबैभन्दा महत्त्वपूर्ण भनेको टोलीको लक्ष्य हासिल गर्नु हो। यो हाम्रो लागि सबै भन्दा राम्रो र सुन्दर कुरा हो।कडा परिश्रम पछि हामी अब एक कदम मात्र टाढा छौं। अब हामी हाम्रो लक्ष्य प्राप्त गर्न आफ्नो सबै (सर्वश्रेष्ठ) दिन जाँदैछौं।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment