Latest
img

अभिनेत्री अनाया सोनीको मिर्गौला फेल

अस्वस्थताका कारण धेरै कामहरू उनको हातबाट फुत्किएका छन् । लगातारको डायलासिसको खर्च र कामको कठिनाइले उनलाई निकै समस्या परेको छ ।सोनीले आफूले काम गरिरहेको टिभी सिरियल ‘मेरे साईं’को सु’ टिङ स्थलबाट डायलासिसका लागि दुई दिनअघि मात्रै फर्किएको बताएकी छिन् ।

उनले डा’ यलासिसका कारण नियमित काम गर्न नसकेको र डा’ यलासिस हुने दिन सेटमा पुग्न मुस्किल रहेको बताएकी छिन् ।अभिनेत्री सोनीले हप्तामा तीन पटक डा’ यलासिस गर्नुपर्ने बताएकी छन् । उनी मिर्गौलाको खोजिमा छिन् ।प्र’ त्यारोपणका लागि मिर्गौला फेला नपर्दासम्म डा’ यलासिस जारी रहने उनको भनाइ छ ।

प्रत्येक डा’ यलासिसमा पन्ध्र सय भारतीय रुपियाँ शुल्क लाग्ने गर्छ । यसबाहेक औ’ षधिको मूल्य फरक रहेको उनले बताएकी छिन् ।‘यो मेरो उपचार खर्च मात्रै हो, घरभाडा लगायत अन्य धेरै खर्च भइरहेको छभने स्वास्थ्य अवस्थाका कारण आम्दानी पनि निकै घटेको छ’, उनले भनेकी छिन् ।

‘पहिले म मलाडमा बस्ने गर्थे । हाल अस्पताल आउँदा जाँदा लाग्ने खर्च जोगाउन मैले अस्पताल नजिक बस्ने गरेको छु’, सोनीले भनेकी छिन् ।सामाजिक सञ्जालमा आफ्नो मिगौला फेल भएको बताएर उनी उपचारको लागि कोष जम्मा गर्न चाहन्थिन् । तर, त्यो सबै उनका लागि समस्या बनिदियो ।

धेरैले उनको पोस्टको आलोचना गरेका छन् । थोरैले उनलाई सहयोग पनि गरेका छन् । अब उनी जहाँ अडिसनका लागि वा कामको लागि जाने गर्छिन् उनको स्वास्थ्य अवस्थाका कारण काम पाएकी छैनिन् ।सन् २०१५ मा उनको दुवै मिर्गौला फेल भएको थियो ।

त्यसपछि उनका बावुले एउटा मिगौला दिएका थिए । गत वर्ष त्यो मिगौला पनि को’ भिडका कारण फेल भएको उनी बताउँछिन् ।उनको आमालाई म’ धुमेह भएका कारण मिगौला दान गर्न असमर्थ रहेको बताएकी छिन् । उनी चाँडै निको भएर आफ्नो परिवारलाई मद्दत गर्न चाहन्छिन् ।

उनले मिर्गौलाका लागि निवेदन पनि दिएकी छन् ।अभिनेत्री सोनीले अकबर–बीरबल, मेरे साई, क्रा’ इम पेट्रोल जस्ता टिभी शोमा काम गरिसकेकी भारतीय टेलिभिजन अभिनेत्री हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment