केही समय पहिले ७ वर्षको उमेरमा लोकदोहोरीका ठूला कलाकारहरुसँग दोहोरी गीत गाएर धेरै नाम कमाउन सफल बाल कलाकारका रुपमा चर्चा पाएकी कमला घिमिरे पुन चर्चाको विषय बनेकी छन् । यतिबेला भने उनी विवादमापनि परेकी छिन् ।
सानै उमेरमा लोकदोहोरी क्षेत्रमा चर्चा पाएकी बाल कलाकार कमलाले गत सोमबार दिएको प्रस्तुतिका कारण पुन चर्चाको विषय बनेकी हुन् ।छहारीले आयोजाना गरेको लाइभ दोहोरी कार्यक्रम्मा उनीसँगै दोहोरी कलाकार सुमन परिवार र थुप्रै कलाकारहरु उपस्थित रहेका थिए ।
उक्त कार्यक्रम्मा कमला र सुमनबिच दोहोरी चल्दै गर्दा ‘घुम्न जाउँ तल्तिर १० लाख लिएर’ बोलको दोहोरी गीतले उनी अहिले विवादमा परेकी छन् । करिब ३० मिनेटको लाइभ दोहोरी गीत छहारी युट्युव च्यानबाट प्रसारण पनि भएको छ ।उमेरले भर्खर १४, १५ वर्ष पुगेकी कमलासँग सुमनले व’ यश्क भावमा यो दोहोरी गाएका छन् ।
उक्त दोहोरीमा कसलाई निशाना बनाएको हो बुझन कठिन छैन । यस दोहोरी प्रसारण भएपछि एकाएक टिकटक देखी लिएर अन्य सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।यस दोहोरीलाई धेरैले वास्तविकताको रुपमा गीत गाएको भन्दै प्रशंसा गरेका छन् भने केहीले आलोचना पनि गर्दै आइरहेका छन् ।
यस दोहोरीलाई लिएर हालै सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा ‘नेकपा एकिकृत समाजवादी’ बाट समानुपातिक उमेदवार रहेकी कलाकार ‘जमुना सुमन’ले आफ्नै फेसबुकबाट कमलाको आलोचना गरेकी छन् ।उनले लेखकीछिन् : ‘कमला बैनी कति छिटो ठूली भइन, आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।
यसै बिच अर्का लोक कलाकार नकुल ढकाल लेख्छन् : प्रिय बहिनी कमला तिमीलाई समीक्षाले भोगेको पिडा भोग्न नपरोस्, समीक्षा गलत होलिन् तर उनी उमेरले सानै थिइन, पल शाह त्यति माथि पुगेको मानवले कानून नबुझनु पलको कमजोरी हो ।पल र सन्दिपलाई लोडन मिल्दैन कहाँ पल काका उमेरको कहाँ सन्दिप भर्खरको युवा ।
यस्तो कमेण्ट लेख्दै गर्दा उनीहरुले भने भुलेका छन् । कमला ना’ बालिग हुन् । उनी यस्ता सबै कुरा बुझ्दिनन् । तर बुझ्नेले यसरी गाउनु गलत हो ।यस दोहोरीका थुप्रै भिडियो टिकटमा प्रसारण भएका छन् । ती भिडियोहरुमा धेरैले कमलाको समर्थनमा टिप्पणी गरेका छन ।
उनले सत्य बोलेको भन्दै धेरैले धन्यवाद समेत दिएका छन् ।उक्त दोहोरी प्रसारण भएको २ दिन पछाडि गायिका समीक्षा अधिकारीले मध्य रातमा एक फेसबुक स्टाटस लेखेरकी थिइन तर त्यो स्टाटस उनले केही समयमै फेसबुकबाट हटाएकी थिइन ।स्रोतका अनुसार समीक्षाको मानसिक स्वास्थ्य राम्रो नरहेको बाइएको छ ।
उक्त गीत र यसमा आएका टिप्पणीहरुले उनको स्वास्थ्यमा असर गरेको उनी निकट स्रोतको भनाइ रहेको छ । गीत सुमन परिवारसँग ‘घुम्न जाउँ तल्तिर १० लाख लिएर’ भन्दै गर्दा चर्चा र विवादित बन्न पुगेको हो ।
Leave A Comment