Latest
img

विश्वकपको फाइनलअघि मेस्सी प्रशिक्षणमा अनुपस्थित, चोटका कारण मेस्सीले प्रशिक्षण गुमाएको रिपोर्ट

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आइतबार राति साबिक च्याम्पियन फ्रान्स र अर्जेन्टिना बीच हुँदैछ । सो खेलअघि अर्जेन्टिनाका प्रमुख खेलाडीलाई चोटले सताउने देखिएको छ । टोलीका कप्तान लियोनल मेस्सी फाइनल खेलका लागि तयारी प्रशिक्षणको

पहिलो दिन प्रशिक्षणमा अनुपस्थित भएका छन् । दुई दिनपछि हुने फाइनलमा मेस्सी आज प्रशिक्षणमा अनुपस्थित हुँदा उनले १०० प्रतिशत फिट रहेर फाइनल खेल्नेमा शंका बढेको छ ।सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० ले हराएर फाइनल प्रवेश गरेको अर्जेन्टिनालाई उपाधि दाबेदार मानिएको छ ।

तर, सोही खेल दौरान पहिलो हाफमा ट्याकलमा परेका मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि तिघ्राको पछाडिको मांशपेसी छाम्दै खुट्टा खोच्याएको खेल दौरान नै देखिएको थियो । अहिले अन्तर्राष्ट्रिय मिडियाले सोही चोटका कारण मेस्सीले प्रशिक्षण गुमाएको रिपोर्ट छापेका छन् ।

अर्जेन्टिनालाई फाइनलसम्म लैजान मेस्सीले नायकको भूमिका खेलेका छन् । उनले ६ खेलबाट ५ गोल र ३ गोलमा असिस्ट गरेका छन् भने ४ पटक म्यान अफ् द मयाच अवार्ड पनि जितेका छन् । तर, फाइनल खेलका लागि सुरु भएको तयारी प्रशिक्षणको पहिलो दिन मेस्सी सामूहिक प्रशिक्षणमा सहभागी भएनन् ।

अर्जेन्टिनी फुटबल संघले आजको प्रशिक्षणका तस्बिर सार्वजनिक गरेको छ, जसमा मेस्सी सहितका केही खेलाडी देखिएका छैनन् । पहिलो दिनको प्रशिक्षणमा अनुपस्थित भएपछि मेस्सी फाइनल खेलमा १०० प्रतिशत फिट हुनेमा शंका देखिएको छ क्रोएसिया सँगको खेलपछि फाइनलअघि ३ दिन खाली रहेकोमा प्रशिक्षकले खेलाडीलाई एक दिनको बिदा दिएका थिए ।

बिदाको दिन सबै खेलाडीले आफ्नो परिवारसँग भेटघाट गरेका थिए भने खानपान गरेका थिए । एक दिनको बिदापछि खेलाडी सबै प्रशिक्षण क्याम्पमा फर्किनुपर्ने थियो । मेस्सीले पनि कतारमै रहेका आफ्नो परिवार, श्रीमती र छोराछोरीका साथ एक दिनको समय बताएका थिए ।

उनले परिवारसँगको तस्बिर पनि सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका थिए । तर, एक दिनको बिदा मनाएर उनी पहिलो दिन प्रशिक्षणमा उपस्थित हुन सकेनन् ।तर, अर्जेन्टिनी समाचार एजेन्सी ‘क्लारिन’ले भने मेस्सी चोटिल अवस्थामा नरहेको र फाइनल खेल्न तयार रहेको जनाएको छ ।

सो एजेन्सीको रिपोर्ट अनुसार क्रोएसियाको खेल दौरान मेस्सीलाई सामान्य ‘हार्मस्ट्रिङ इन्जुरी’को पीडा रहे पनि त्यो गम्भीर नरहेको र उनले त्यसका कारण फाइनल खेल नगुमाउने जनाएको छ । फाइनल खेलअघि पहिलो दिनेको प्रशिक्षणमा मेस्सी सामेल नभए पनि जिमखानामा उनले अभ्यास गरेको बताइइएको छ ।

मेस्सी मात्रै हैन, सामूहिक प्रशिक्षण छाडेर जिमखानामा एक्लाएक्लै अभ्यास गर्नेमा अरू पनि खेलाडी छन् ।जसमा कप्तान मेस्सीका साथमा लौटारो मार्टिनेज, पापु गोमेज सहितका खेलाडीलेपहिलो दिनको प्रशिक्षण छाडेर जिमखानामा अभ्यास गरेको समाचार एजेन्सी ‘क्लारिन’ले जनाएको छ ।

हालसम्म मेस्सीको फिटनेस अवस्थाबारे फुटबल संघ र प्रशिक्षक लियोनल स्कालोनीले औपचारिक रूपमा केही जानकारी दिएका छैनन् । खेलअघि भोलि हुने प्रि–म्याच कन्फ्रेन्समा यसको जानकारी आउनेछ । फाइनल खेल्नका लागि मेस्सी कम्तीमा खेलको एक दिनअघि प्रशिक्षणमा फर्किनुपर्ने छ । मेस्सी भोलि समूहमा सामेल हुने दाबी रिपोर्टमा उल्लेख छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment