Latest
img

६ खेलमा मेस्सिका ५ गोल मध्ये ३ गोल पेनाल्टीमार्फत्, एमबाप्पेको ६ खेलबाट ५ गोल, एउटा पनि पेनाल्टी गोल छैन

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आइतबार फाइनलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि खेल्दैछन् । क्लब पिएसजीमा एकसाथ खेल्न लियोनल मेस्सी र केलियन एमबाप्पे विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना र फ्रान्स फाइनल पुग्दा मेस्सी र एमबाप्पे दुवै आ–आफ्नो टिमका लागि नायक बनेका छन् । हालसम्म मेस्सीले ६ खेलबाट ५ गोल र ३ गोलमा असिस्ट गर्दा ४ खेलमा म्यान अफ् द म्याच अवार्ड जितेका छन् । एमबाप्पेले ६ खेलबाट ५ गोल र २ गोलमा असिस्ट गर्दा ३ खेलमा म्यान अफ् द म्याच अवार्ड जितेका छन् ।

अर्जेन्टिनाले यो विश्वकपका ४ पटक पेनाल्टी पाउँदा मेस्सीले एक पेनाल्टी मिस गर्दै ३ पेनाल्टीमा गोल गरेका छन् । अर्थात्, मेस्सीका ५ गोल मध्ये ३ गोल पेनाल्टीमार्फत् भएका छन् ।यता, फ्रान्स ६ खेल खेल्दै फाइनल पुग्दा अहिलेसम्म एकपटक पनि पेनाल्टी पाएको छैन । यसको अर्थ एमबाप्पेले सबै गोल ओपन गोल गरेका छन् ।

मेस्सीले ५ मध्ये ३ गोल पेनाल्टीमार्फत् गर्दा एमबाप्पेको एउटा पनि गोल पेनाल्टी गोल छैन । त्यसैगरी, मेस्सीको भन्दा एमबाप्पेका गोल धेरै निर्णायक गोल छन् । अब अर्जेन्टिना र फ्रान्स फाइनलमा भिड्दा उपाधि कसले जित्ने भन्ने प्रतिस्पर्धा मात्रै छैन, विश्वकपको गोल्डेन बल र गोल्डेन बुट कसले जित्ला भन्नेमा पनि चासो छ ।

एमबाप्पे र मेस्सी मध्ये फाइनलमा जसले गोल हान्यो, उसैले गोल्डेन बुट जित्नेछ । तर, सर्वोत्कृष्ट खेलाडीले पाउने अवार्ड चाहिँ जसले उपाधि जित्यो, उसैले पाउने पक्का छ ।यस्तो स्थिति रहेकोमा खासमा विश्वकपको गोल्डेन बुट र गोल्डेन बलको असली हकदार को होला ? यस विषयमा फ्रान्सका खेलाडी एमबाप्पेले आफैंले मुख खोलेका छन् ।

टिम विश्वकपको फाइनलमा पुगेपछि फ्रेन्च पत्रिका ‘फ्रान्स म्यागजिन’सँगको अन्तर्वार्तामा एमबाप्पेले विश्वकपको उपाधि, गोल्डेन बुट र गोल्डेन बल बारे आफ्नो धारणा राखेका छन् । सो क्रममा उनले आफ्नो ध्यान केवल विश्वकपको उपाधिमा रहेको भन्दै गोल्डेन बुट र गोल्डेन बल जसले जिते पनि आफूलाई चासो नरहेको बताएका छन् ।

आफ्नो ध्यानमा केवल विश्वकपको दोस्रो उपाधि रहेकोमा एमबाप्पेले जोड दिएका छन् ।हँस्यौली गर्दै एमबाप्पेले गोल्डेन बल र गोल्डेन बुट अर्जेन्टिनाका मेस्सीले जित्दा आफू खुसी हुने तर विश्वकप आफूले जित्नका लागि लड्ने बताएका छन् । ‘गोल्डेन बुट र गोल्डेन बल ? साँच्चै भन्दा यसमा मेरो ध्यान छैन ।

मेरो ध्यान र लक्ष्य केवल विश्वकपको दोस्रो उपाधि हो । म जुनसुकै मूल्यमा यहीपटक दोस्रो विश्वकप जित्न चाहन्छु,’ ठट्टा गर्दौ एमबाप्पेले भने, ‘यदि लियोले गोल्डेन बुट र गोल्डेन बल जिते भने म खुसी हुनेछ । अथवा, जसले जिते पनि मलाई फरक पर्दैन ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment