Latest
img

मेसीको अर्जेन्टिनालाई किलियन एमबाप्पेको फ्रान्सले हराओस्: ब्राजिलियन गोलकिपर

लिजेण्डरी ब्राजिलियन गोलकिपर जुलियो सेजरले सन् २०२२ फिफा विश्वकप फाइनलमा लियोनेल मेसीको अर्जेन्टिनालाई किलियन एमबाप्पेको फ्रान्सले हराओस् भन्ने चाहना व्यक्त गरेका छन्। पूर्व इन्टर मिलान गोलकिपरले दावी गरे कि आफ्नो देशको कट्टर प्रतिद्वन्द्वीहरूलाई समर्थन गर्नु उनको लागि कपटपूर्ण हुनेछ।

उनका अनुसार ब्राजिलियन भएको आधारमा उनी अर्जेन्टिना भन्दा पनि फ्रान्सको समर्थनमा हुनेछन्। ब्राजिल र अर्जेन्टिना लामो समय देखि फुटबलको मामलामा एक-अर्कालाई टक्कर दिंदै आएका छन्। विश्वकपमा मात्र नभई यी दुई बीच कोपा अमेरिका सहितका प्रतियोगिताहरुमा पनि प्रतिष्पर्धा हुने गर्छ।

पछिल्लो कोपा अमेरिकाको संकरणको फाइनलमा ब्राजिल र अर्जेन्टिना बीच भेट भएको थियो। सो खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका उपाधि जितेको थियो। त्यस्तै यस विश्वकपमा ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुन पुगेको थियो।

क्रोएसिया विरुद्धको खेलमा अजित निकाल्न सकेको भए ब्राजिलको भेट सेमिफाइनलमा अर्जेन्टिनासँग हुने थियो। ब्राजिलियनको रुपमा आफू फ्रान्सको समर्थनमा हुने सेजरको भनाई छ। यदि विश्वकपको फाइनलमा फ्रान्स र ब्राजिल भएको भएपनि अर्जेन्टिनीहरु फ्रान्सको समर्थनमा हुने सेजरले दावी गरे।

“ब्राजिलियनको रूपमा, मैले फ्रान्सलाई समर्थन गर्नुपर्छ। म मेस्सीलाई माया गर्छु, मेरो लागि उनी अविश्वसनीय छन्। तर यदि ब्राजिल फाइनलमा पुगेको भए अर्जेन्टिनीहरुले पनि फ्रान्सलाई समर्थन गर्थे। यस क्षणमा कपटी नबनौं। म पनि फ्रान्सलाई नै समर्थन गर्छु।”,उनले भने।

सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर लियोनेल मेस्सीको अर्जेन्टिना १३ डिसेम्बरमा हुने २०२२ फिफा विश्वकपको फाइनलमा पुग्यो। त्यसको एक दिन पछि, डिफेन्डिङ च्याम्पियन फ्रान्सले सेमिफाइनलमा पुगेको मोरक्कोलाई २-० ले हराएर ब्राजिल २००२ पछि लगातार विश्वकपको फाइनलमा पुग्ने पहिलो टोली बन्यो।

धेरै प्रतिक्षित फाइनलमा फ्रान्स र अर्जेन्टिना आइतबार डिसेम्बर १८ मा लुसेल आइकोनिक स्टेडियममा भिड्नेछन् । यति बेला फुटबलका ठूला-ठूला हस्तीहरु दुई मध्ये एक टोलीलाई समर्थन गरिरहेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment