अर्को संस्करणको फिफा क्लब विश्वकप अबको ३ वर्षमा हुने भएको छ। यस अघिका हरेक संस्करण हरेक वर्ष प्रत्यक महाद्वीपका च्याम्पियन्सको बीचमा हुँदै आएको थियो भने अर्को विश्वकप भने सन् २०२५ मा हुने फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले घोषणा गरेका हुन्।
यसबारे प्रसिद्ध खेल पत्रकार फाब्रिजियो रोमानोले समेत पुष्टि गरिसकेका छन्। आउने विश्वकपमा ३२ टोलीले सहभागिता जनाउने भएका छन्। फिफाले घोषणा गरे अनुसार क्लब विश्वकपमा पनि फिफा विश्वकप जस्तै मज्जा दिनका लागि ३२ टोली रहने बताइएको छ।
फिफाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फिफा अध्यक्ष इन्फान्टिनोले भने, “नयाँ पुरुष क्लब विश्वकप २०२५ मा हुनेछ र यसमा ३२ टोली सहभागी हुनेछन्।” “३२ टोलीको प्रतियोगिता नै अगाडि बढ्नेछ, यसलाई विश्वकप जस्तै बनाइनेछ”, इन्फान्टिनोले थपे।
यससँगै हालको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडको पुन: विश्व च्याम्पियन हुने सपना चकनाचुर हुने देखिएको छ। हाल साबिक विश्व विजेता क्लब चेल्सी फुटबल क्लब रहेको छ। आउँदो विश्वकपका लागि सहभागिता जनाउँने क्लबले प्रतियोगितामा छनोट हुन के गर्नु पर्ने भनेर मापदण्ड भने स्पष्ट पारिएको छैन।
यो पनि – फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डिडिएर डेशँले विश्वकप फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा लियोनल मेसीलाई रोक्ने योजना बनाएको बताएका छन् । टीएफ१ सँग कुरा गर्दै डेशँले बताए, ‘हामीले उनलाई पहिले पनि भेटिसकेका छौं, सम्झिनुहुन्छ नि ? हामी यसबारेमा सोच्छौं ।
उनको प्रभाव कम गर्नका लागि सतर्कता अपनाउनुपर्ने हुन्छ । चार वर्षअघि उनी मैदानको दायाँतर्फ रहने अपेक्षा हामीले गरेका थियौं र उनी सेन्टर फर्वार्डको भूमिकामा थिए । अहिले उनी प्लेमेकर हुन् । उनीसँग बढी स्वतन्त्रता छ । त्यसैले उनलाई मार्क गर्न बढी गाह्रो छ ।’
धेरै कम विपक्षी खेलाडीहरूले मात्र सातपटकका बालोन डीओर विजेता मेसीलाई रोक्न सकेका छन् । यस विश्वकपमा पनि मेसीले पाँच गोल गरिसकेका छन् । आइतवार लुसेल स्टेडियममा हुने फाइनलमा मेसीलाई शान्त राख्नका लागि आफूहरूले सबै किसिमका सतर्कता अपनाउने भनी डिशँले अर्जेन्टिनामाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।
यो पनि – विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सले खेल्ने सही अनुमान लगाएर ‘लिभिङ नोस्ट्राड्यामस’ को उपनाम पाएका अथोस सालेम फाइनल खेलको विजेता को बन्छ भन्ने पनि अनुमान खेलाएका छन् । नोस्ट्राड्याम १६औं सताब्दीका फ्रान्सका चर्चित भविष्यबेत्ता हुन् ।
भविष्य बताउने ब्राजिलका सालेमले यसअघि बेलायती महारानीको नि” धन हुने र को” भिडको महामारी फैलिनेबारे पनि पहिले नै बताएका थिए । उनले कतारमा विश्वकप सुरु हुनु पहिले पनि यी दुई देश उपाधिका लागि भिड्ने भविष्यवाणी गरेका थिए । र, अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई र फ्रान्सले मोरक्कोलाई हराएर फाइनलमा स्थान बनाएसँगै उनको यो भविष्यवाणी सही सावित भएको थियो ।
अहिले उनले आइतबार हुने फाइनल कुन टिमले जित्छ भन्ने पनि बताएका छन् । सालेमले आइतबार हुने फाइनलमा फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जित्ने भविष्यवाणी गरेका छन् । उनले आफ्नो अनुमान एक पद्दतिमा आधारित रहेको बताएका छन् । उनले आफ्नो अनुमान ‘कब्बालाह’ पद्दतिमा रहेको बताएका छन् । जसले गणितीय रुपमा सम्भावनाबारे विश्लेषण गर्छ ।
Leave A Comment