Latest
img

मेस्सीले आइतबार जीवनको सबैभन्दा उत्कृष्ट रातमा उत्सव मनाउने पाउनेछैनन्: जिरउड

कतारमा जारी फिफा विश्वकप फुटबलमा आइतबार हेभिवेट फाइनल खेल हुँदैछ, उपाधिका लागि साबिक विजेता फ्रान्स र अर्जेन्टिनाको खेल हुँदैछ । हालसम्म दुई–दुईपटक उपाधि जितेका यी दुई राष्ट्र यसपटक तेस्रो उपाधि जितेर जर्सीमा ‘तेस्रो तारा’ थप गर्ने दौडमा छन् ।

लियोनल मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध विश्वकपको फाइनल खेल्दा फ्रान्सलाई यदि कुनै खेलाडीको सबैभन्दा ठूलो तनाव हुनेछ भने ती मेस्सी नै हुन् । फ्रान्सको मन–मुटुमा सबैभन्दा धेरै डर र त्रास मेस्सीकै हुनेछ । मेस्सी यस विश्वकपमा उत्कृष्ट लयमा पनि छन् । उनले ६ खेलबाट ५ गोल र ३ गोलमा असिस्ट गरिसकेका छन् ।

अर्जेन्टिनासँगको फाइनल खेलअघि फ्रान्सका खेलाडी र प्रशिक्षकले लगातार खेलबारे धारणा राखिरहेका छन् । मोरक्कोलाई सेमिफाइनलमा २–० ले हराएर फाइनल पुगेपछि फ्रान्सका खेलाडी ओलिभर जिरउड र थियो हर्नान्डेजले मेस्सी र अर्जेन्टिनालाई चे’ तावनीमूलक सन्देश दिएका छन् ।

विश्वकपमा ४ गोल गरेर गोल्डेन बुटको दौडमा रहेका जिरउडले मेस्सी असाधारण खेलाडी भए पनि उनलाई आफूहरूले आइतबार राति जीवनको सबैभन्दा उत्कृष्ट रातको खुसी मनाउन नदिने भन्दै हराएरै छाड्ने चे’ तावनी दिएका छन् । मेस्सीको तारिफ गर्दै जिरउडले भनेका छन्–

‘मेस्सी एक असाधारण खेलाडी हुन् । उत्कृष्ट मध्ये एक । तर, हामी आइतबार मेस्सीलाई उनको जीवनको सबैभन्दा उत्कृष्ट रातमा बाँच्न दिन गइरहेका छैनौं । उनले आइतबारको रातमा उत्सव मनाउने पाउनेछैनन् । किनभने, हामी दोस्रोपटक विश्वच्याम्पियन बन्न फाइनलमा सबथोक दिन गइरहेका छौं ।’

त्यसैगरी, टोलीका प्रमुख युवा डिफेन्डर थियो हर्नान्डेजले फाइनल खेल हुँदा अर्जेन्टिनाका मेस्सीले आफूहरूलाई नडराउने बताएका छन् । उनले अर्जेन्टिना राम्रो टोली भएकाले जित्नका लागि राम्रो मेहनत गर्नुपर्ने बताएका छन् । ‘मेस्सीले हामीलाई डराउँदैनन् ।

हामीलाई थाहा छ– अर्जेन्टिनासँग अविश्वसनीय टोली छ । आइतबार आफ्नो उत्कृष्ट प्रदर्शन गर्न हामीले राम्रोसँग रिकभर गर्न आवश्यक छ,’ हर्नान्डेजले भने, ‘यदि हामी च्याम्पियन बन्न चाहन्छौं भने उनीहरूको भन्दा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment