अर्जेन्टिनाविरुद्ध आइतवार हुने फिफा विश्वकपको फाइनलअघि फ्रान्सका रफायल भरानसँगै इब्राहिमा कोनाटे बिरामी परेका छन् ।फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्प्सले अर्जेन्टिनासँगको फाइनल अघि भरान र कोनाटे बिरामी परेको पुष्टि गरेका हुन् ।
योसँगै फ्रान्सेली टोलिमा फाईनल अघि बिरामी पर्ने खेलाडीको संख्या पाँच पुगेको छ ।भरान र कोनाटेअघि फ्रान्सका विङ्गर किंग्सले कोमान, एड्रियन राबियोट र डेओट उपमेकानो भाइरसको संक्रमणका कारण बिरामी परेको डस्च्याम्प्सले नै जानकारी दिएका थिए । राबियोट र डेओट क्रोएशियाविरुद्धको सेमिफाईनल खेलमा पन उपलब्ध थिएनन् ।
कतारको स्टेडियममा जडित एयर कन्डिसनिङ्ग प्रणालीसँग अध्यस्त हुन नसकेको र त्यसबाट उत्पन्न भाईरसका कारण खेलाडीहरु बिरामी परिरहेको फ्रान्स ब्यवस्थापनले जनाएको छ ।डिफेन्डिङ्ग च्याम्पियन फ्रान्सले उपाधि रक्षाका लागि आईतबार अर्जेन्टिनासँग फाईनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
कतारको दोहामा रहेको लुसेल आइकोनिक स्टेडियममा हुने फाईनल खेल राति ८ः४५ बजेबाट शुरु हुनेछ ।कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ को उपाधिको लागि अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुने भएको छ। सेमिफाइनलमा अर्जेन्टिनाले क्राेसिया र फ्रान्सले माेरक्काेलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका छन्।
अब लुसेल रगंशालमा नेपाली समयअनुसार आइतबार राति ८:४५ बजे उपाधिको लागि यी दुई टिमले प्रतिस्पर्धा गर्ने छन्। अर्जेन्टिना र फ्रान्स दुबै देशले हालसम्म दुई–दुई पटक विश्वकप जितेको छन्। त्यसैले पनि यी दुई बलिया टिमबीच हुने फाइनल प्रतिस्पर्धा राेचक हुने अनुमान गरिएकाे छ।
अर्जेन्टिनाका कप्तान लियोनल मिस्सीले यो विश्वकप आफ्नो लागि अन्तिम भएको घोषणा गरिसकेको छन्। त्यसैले उनले विश्वकपबाट सुखद बिदाई हुन चाहन्छन्। भने, सानै उमेरमै विश्वकप फुटबलमा जादु गरेर सबैको मन जित्न सफल फ्रान्सका केलियन एम्बाप्पेले यो विश्वकपमा पनि जादु गरेर फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि जिताउन चाहन्छन्।
अर्जेन्टिनाले सन १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप जितेको छ। भने, फ्रान्सले पनि सन १९९८ र २०१८ मा गरी विश्वकप जितेको छ। त्यस्तै अर्जेन्टिना सन १९३०, १९९० र २०१४ को उपविजेता राष्ट्र हाे। आगामी आइतबार यी दुईमध्ये जुन देशले विश्वकप जिते पनि उक्त देश तेस्राे पटक विश्व च्याम्पियन भन्ने छ।
विश्वकप फुटबलमा अर्जेन्टिना र फ्रान्सबीच तीन पटक प्रतिस्पर्धा भएकाे छ। जसमध्ये अर्जेन्टिना २ र फ्रान्स १ पटक विजयी भएका छन्। सन १९३० मा पहिलाे पटक आयाेजित विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुबैले खेल्ने मौका पाएका थिए। सोही विश्वकप अन्तर्गत नकआउट चरणको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले हराएको थियो।
र, फ्रान्स विश्वकपको नकआउट चरणबाट बाहिरीएको थियो। त्यस्तै सन १९७८ मा पनि अर्जेन्टिनाले फ्रान्सलाई २-१ गाेल अन्तरले हराएर विजय भएको थियो। अर्जेन्टिना सोही वर्ष विश्वकपकाे उपविजेता बनेकाे थियाे। त्यसैगरी ४ वर्षअघि सन २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई नकआउट चरणमा ३-४ ले पराजित गरेको थियो।
फ्रान्स सन २०१८ को विश्वकप विजेत हो। अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ वटा पुरुष फुटबलमा मैन्त्रीपूर्ण प्रतिस्पर्धा भएकाे छन, जसमध्ये फ्रान्सले ३ र अर्जेन्टिनाले ६ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा राेकिएका छन्। सन १९७१ मा भएकाे अर्जेन्टिना र फ्रान्सबीच मैत्रीपूर्ण खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गाेल अन्तरले हराएको थियो।
त्यस्तै सन १९७२ मा ब्राजिल इन्डिफेन्डेन्ट कपमा दुई टोलीबीच भएको खेल गाेलरहित बराबरीमा राेकिएकाे थियाे। सन १९७४ मा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले पराजित गरेकाे थियाे। त्यस्तै सन १९७७ को मैत्रीपूर्ण खेलमा पनि यी दुई टोलीबीच खेल ०-० को बराबरीमा रोकिएको थियो। सन १९८६ मा फ्रान्सले अर्जेन्टिनालाई २-० ले हराएकाे थियाे।
त्यसपछि सन २००७ मा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो। सन २००९ मा भएको खेलमा पनि अर्जेन्टिनाले फ्रान्समाथि २-० गाेल अन्तरकाे जित निकालेकाे थियाे।आइतबार हुने खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका स्टार केलियन एम्बापेमाथि सबैको नजर छ। यी दुबैजना पिएसजी क्लबबाट खेल्दै आइरहेका छन।
Leave A Comment