Latest
img

राष्ट्रपतिले बोलेको त्यहि एउटा कुरा पछि देउवा र गगनको बोली नै ब’न्द: जुरुक्क उठेर शितलनिवासबाट हिँडे

काठमाडौं:

पहिलो पटक प्रतिनिधीसभाले पारित गरेर पठाएको विद्ययेकलाई प्रमाणिकरण नगरी राष्ट्रपतीले फिर्ता पठाए लगत्तै सत्तारुढ गठबन्धनले

बहुमतको दम्भ देखाएर प्रतिनिधसभाबाट फेरी जस्ताको तस्तै पारित गरेका थिए तर राष्ट्रपतिको सक्रियता पछि गठबन्धन नमज्जासँग हच्किएको छ ।

प्रतिनिधीसभामा पाखुरी देखाएर पास गरे पनि राष्ट्रिय सभामा विद्ययेक पुग्दा गठबन्धन सरकार हच्चिएको छ र विद्यायन

समितिमा विद्येयक छलफलका लागी पठाउन सरकार तयार भएको छ ।

नागरिक स्तरबाट फेरी पनि विद्ययेक प्रमाणिकरण नगर्नका लागी राष्ट्रपतिलाई व्यापक अनुरोध भइरहेका बेला राष्ट्रपति विद्यादेवीले भण्डारीले अर्थपुर्ण स्टेप चालेकी छिन् ।

राष्ट्रपतिले बढि सक्रियता देखाएको भन्दै आलोचना गरिरहेका नेपाली काग्रेसका नेताहरु अन्तत शितल निवासमा हाजिर भएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विद्ययेकका बारेमा कुरा गर्न बोलाए पछि प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा सहितका नेताहरु शितलनिवास हाजिर भएका थिए ।

बहुमत देखाएर राष्ट्रपतिलाई अपमान गर्न समेत पछि नपरेका प्रधानमन्त्री देउवा आज भने निकै नरम भएर प्रस्तुत भएका थिए ।

राष्ट्रपतिले उठाएका कुरा जायज भएको भन्दै काग्रेसकै नेताहरुले स्विकार गरेका छन् ।

काग्रेस नेताहरुका कुरा सुने पछि राष्ट्रपतिले बोलेको एउटै कुराले भने देउवा सहितका नेताहरु नाजवाफ भएको बतान्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित कांग्रेसको नेतृत्वलाई आज आफ्नै निवासमा डाकेर नागरिकता समस्याबारे सघन संवाद गरिन् ।

नागरिकता विधेयकप्रतिकै असन्तुष्टिका कारण कठोर कदम चाल्नसक्ने भनेर भइरहेका अड्कलबाजीहरुबीच राष्ट्रपति र कांग्रेसबीच सौहार्दपूर्ण छलफल भएको थियो ।

शीतलनिवास स्रोतका अनुसार यो विधेयकले नागरिकता समस्याको स्थायी समाधान नहुनेमा कांग्रेस नेतृत्वसमेत सहमत देखियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीक समस्या समाधान हेतु यसअघिको सरकारले ल्याएको अध्यादेशमा नै टेकेर विधेयक ल्याइएको स्पष्ट पारेका थिए ।

साथै, राष्ट्रिय सभामा विधेयकमाथि सहमति खोज्ने प्रत्याभुति पनि दिलाए ।

सुरुमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्वन्धमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।

उनले ऐतिहासिक सन्दर्भहरुसमेत उल्लेख गर्दै नेपालमा नागरिकता समस्या समाधानका लागि विगतमा भएका प्रयासहरुको चर्चा पनि गरिन् ।

राष्ट्रपति भण्डारीलाई उद्वृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरु लामो समयदेखि कुनै न कुनै रुपले सरकारमा हुनुहुन्छ ।

धेरैपटक गृह मन्त्रालय पनि हाँक्नुभएको छ । यो बीचमा नागरिकता समस्या समाधानका लागि विभिन्न आयोगहरु बने ।

नागरिकतामा केकस्ता समस्या छन् भनेर अध्ययनहरु भएका छन् । आयोगहरुले बुझाएका प्रतिवेदनहरु अहिले पनि होलान् ।

ती सबैलाई सिंहावलोकन गर्दै नागरिकता समस्याको दिगो समाधान गर्ने अवसर अहिलेको सरकारलाई थियो । तर, हतारमा विधेयक ल्याएर त्यो अवसर कतै खेर फाल्न गइरहेका त छैनौं रु’

उनले ऐतिहासिक पृष्ठभूमि बोकेको सत्तारुढ दल भएको हिसाबले कांग्रेस बढी जिम्मेवार बन्नुपर्ने औंल्याएकी थिइन् ।

प्रधानमन्त्रीले अन्य दलहरुसँग पनि कुरा गरेर नागरिकताबारे सर्वमान्य नीति ल्याउनुपर्ने उनको धारणा थियो ।

प्रधानमन्त्री देउवाले हिजो केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा अदालतले त्यसलाई निस्क्रिय तुल्याएर संसदबाटै कानून बनाउन निर्देशन दिएको स्मरण गरे ।

सोही निस्क्रिय अध्यादेशमा रहेका दुईवटा व्यवस्थामा एनआरएनसम्वन्धी एउटा व्यवस्था थपेर विधेयक बनाइएको उनले उल्लेख गरे ।

यद्यपि, यो ऐनले सबै समस्या समाधान गर्न नसकने स्वीकारोक्ति उनको थियो ।

पछि अर्को ऐन आवश्यक पर्छ । अहिलेलाई यही विधेयक अगाडि बढाऔं । म राष्ट्रिय सभामा सहमति कायम गर्ने प्रयास गर्छु’ देउवाले भने ।

छलफलमा कांग्रेसका तर्फबाट सबैभन्दा बढी महामन्त्री गगन थापाले बोलेका थिए । उनले राष्ट्रपतिको सन्देशमा आएका कुराहरु अत्यन्त महत्वपूर्ण र गम्भीर रहेको बताए ।

उक्त सन्देशले नागरिकता सम्वन्धी बहसलाई स्पष्ट मार्गदर्शन गरेको उनको भनाइ थियो ।

महामन्त्री थापाले यो संसोधित ऐनले नागरिकताका सबै सवालहरुलाई सम्वोधन नगर्ने भएकाले भोलि नयाँ ऐन नै बनाउनुपर्नेमा जोड दिए ।

‘हिजोको सरकारले पनि नागरिकता ऐनमा ढिलाइ गर्यो, हामीले पनि ढिलाइ गर्यौं । तर, केही विषयहरुलाई तत्काल सम्वोधन गर्नैपर्ने भएकाले विधेयक ल्याउनुपरेको हो ।

यसलाई सकेसम्म सहमतिमा पास गरौं,’ उनले भने । source: otvnepal

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment