Latest
img

आज राति अर्जेन्टिना वा फ्रान्सले पाउनेछ ५ अर्ब बढी पुरस्कार

विश्वकप फुटबलको २२औं आइतबारबाट सकिँदै छ । आइतबार राति हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनलसँगै विश्वकपको नयाँ विश्वविजेताको टुंगो लाग्ने छ, र विश्वकपको २२औं संस्करण सकिने छ। एक महिनासम्म चलेको प्रतियोगितामा आफूलाई उत्कृष्ट सावित गर्दैै अर्जेन्टिना र फ्रान्स फाइनलमा पुगेका हुन्।

यी दुई मध्ये को विजेता बन्ला ? त्यो भन्न त्यति सहज छैन, किनभने विश्वका उत्कृष्ट टिमहरुलाई हराउँदै उनीहरु यहाँ आइपुगेका हुन्। विजेता टिमले करोडौं रुपैयाँ पुरस्कार वापत पाउने छ । विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् ।

विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन्।

विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ । र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ। कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन्। नेपालीमा हिसाब गर्दा यो रकम करिब ५ अर्ब ४४ करोड हुन आउँछ ।

जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो। यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछ भने तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार पाउने छ।

चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछ। यस्तै, क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउँदा अन्तिम १६ मा पुग्ने टिमले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् ।

विश्वकपमा छनोट भएका ३२ टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्। कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment