Latest
img

ओलि-देउवाको गोप्य सहमती बाहिरियो: प्रचण्ड-माधवलाई हिस्स बनाउन यस्तो सम्म गर्दै ओली-देउवा

काठमाडौं:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड राजनितिलाई सम्भावनाको खेल भन्ने गर्दछन् ।

सम्भावनाको खेल भनेरनै उनले संविधान जारी भए यता नेकपा माओवादी केन्द्रलाई सँधै सत्तामा राखि राख्न सफल भएका छन् ।

संविधान जारी भए पछि काग्रेस , एमाले पटक पटक कहिले सत्ता मा त कहिले प्रतिपक्षमा भइरहेका छन्

तर कहिले एमाले त कहिले काग्रेस सँग मिलेर नेकपा माओवादी केन्द्र भने सदैव सत्ताको हालीमुहालीमा लिप्त छ ।

अहिले शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाएको अपार खुशियालीमा रमाइरहेका प्रचण्ड फेरी पनि

काग्रेस सँगै गठबन्धन गरेर आगामी पाँच बर्ष सत्ताको चाबी आफ्नो हातमा राख्ने दाउमा रहेका छन् । केहि समय अघि सम्म गठबन्धनको विकल्प छैन ,

एमालेलाई देखाइदिनका लागी पनि काग्रेससँगै गठबन्धन गर्ने हा,े शेरबहादुर देउवा बढो व्यवहार कुुशल नेता हो भन्ने गरेका प्रचण्ड विस्तारै परिवर्तन हुँदै गएका छन् ।

उनी अहिले फेरी आन्दोलनको भाषा बोल्न थालेका छन् भने काग्रेसले परिस्थितिलाई बुझ्न नसके एमाले बाहेकको गठबन्धन गरेर जाने पनि बताउन थालेका छन् ।

रोचक संयोग त कस्तो छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका

अध्यक्ष माधव कुमार नेपालको बोली एकै पटक फेरीएको छ । उनीहरुले दुवैलै काग्रेससले धेरै घमण्ड गरे देखाइदिने चेतावनी दिन थालेका छन् ।

प्रचण्डले एक स्टेप अघि बढेर माओवादीलाई सिध्याउने खेल चलिरहेको समेत भनेका छन् ।

माओवादी आन्दोलनलाईनै अपमानित गर्ने र सिध्याउने खेल चलिरहेको र चुनावको बेलामा यो खेल झनै चर्को हुन सक्ने भन्दै फेरी एक पटक भिड्नु पर्ने

अवस्था आउन सक्ने सम्म पनि बताएका छन् । प्रचण्डले पछिल्ला केहि दिन यता अर्थपुर्ण अभिव्यक्ति दिइरहेका छन् ।

काग्रेसले परिस्थिति नुबुझे एमाले बाहेकको छुट्टै बाम गठबन्धन गर्ने प्रचण्डको घोषणा ,

एक्लै चुनाव जितेर देखाउन काग्रेसलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले दिएको चेतावनी ,

सय सिट नदिए गठबन्धन गर्न नसकिने काग्रेसका शेखर कोइराला पक्षका नेताहरुको अडान यी सबै चिजले भित्र भित्रै केहि नयाँ खेल चलिरहको स्पष्ट चित्र देखिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment