काठमाडौं । नेपाली समयअुनसार आज राति ८:४५ बजे विश्वकप उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच खेल हुँदैछ । तीन पटक विश्वकप उपाधि विजेता बनिसकको अर्जेन्टिनासँग फ्रान्सले जित हासिल गर्न आफैंमा चुनौती छ ।
यदि हुँदा हुँदै पनि फ्रान्स उपाधि दोहो¥याउन चाहन्छ । तर, यसैबेला फ्रान्सलाई अर्को चुनौती थपिएको छ । साविक विजेता रहेका फ्रान्सका टोलीका केही खेलाडी अस्वस्थ भएको अवस्था छ । सेमिफाइनल सकिएसँगै फ्रान्सका केही खेलाडीलाई ‘भाइरल फ्लु’ देखिएको छ ।
भने केही खेलाडी घाइते हुँदा फ्रान्सेली टोलीमा तनाव सिर्जना भएको हो ।अर्जेन्टिनाजस्ता बलियो फुटवल टोलीको सामना गर्नु पर्ने अवस्थामा टिमका केही सदस्य विमारी भएपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले विश्वकपको फाइनलमा सहभागिताका लागि चर्चित स्ट्राइकर करिम बेन्जेमालाई फ्रान्स जान गरेको आग्रहलाई अस्वीकार छन् ।
बेन्जिमा विश्वकप खेल्ने फ्रान्सको टोलीमा दर्ता छन् । तर, विश्वकपको पूर्वसन्ध्यामा चोट बोक्दै उनी कतारबाट स्पेन फर्किएका थिए ।फ्रान्सको स्थानीय मिडिया ईएसपीएनले उल्लेख गरेअनुसार टोलीमा फ्लु र चोटका कारण समस्या भएपछि राष्ट्रपति म्याक्रोनले बेन्जिमालाई फाइनल खेलका लागि कतार जान आग्रह गरेका थिए ।
आफूलाई कतारबाट फिर्ता गर्ने प्रशिक्षक डिडियर डेसच्याम्पसको निर्णयप्रति बेन्जिमा असन्तुष्ट छन् । जसका कारण अहिले फाइनल खेल्नका लागि उनले कतार आउन गरेको आग्रह बेन्जिमाले अस्वीकार गरेको अनुमान गरिएको छ ।राष्ट्रपति म्यानुयलले भने विश्वकपको
फाइनलमा घाइते खेलाडीलाई पनि उपस्थित गराउने बताएका थिए । यसअघि विश्वकप जित्दाका प्रमुख खेलाडी पोग्बा र कान्टेसतिह आधादर्जन खेलाडी अहिले टिम बाहिर छन् । करिब ५ खेलाडीले विश्वकपको फाइनल गुमाउने निश्चित भएको छ ।
Leave A Comment