Latest
img

आज हुने कतार विश्वकपमा नोरा फतेहीले पनि प्रदर्शन गर्ने, साँझ ६:४५ शुरु हुने

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को क्लोजिङ सेरेमोनी फाइनल खेलभन्दा अगाडि शुभारम्भ हुनेछ ।क्लोजिङ सेरेमोनीमा चर्चित बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीले प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यससँगै विश्वकपमा डान्स प्रदर्शन गर्ने नोरा भारतकि पहिलो नायिका समेत बन्ने भएकी छिन् ।

क्लोजिङ सेरेमोनीको आयोजना अर्जेन्टिना र फ्रान्सबिच कतारको दोहास्थित लुसेल आइकोनिक स्टेडियममा आज (आईतबार) हुने फाइनल खेल अगाडि गरिनेछ । खेल नेपालीसमयानुसार राति ८:४५ बजेबाट शुरु हुनेछ ।क्लोजिङ सेरेमोनी भने नेपाली समय अनुसार साँझ ६:४५ शुरु हुनेछ ।

क्लोजिङ सेरेमोनी आधा घण्टासम्म चल्ने छ । क्लोजिङ सेरेमोनीमा भव्य आतिसवाजी गरिने भएको छ ।क्लोजिङ सेरेमोनी पश्चात २२ औं संस्करणको फिफा विश्वकप २०२२ को फाइनल खेलको सञ्चालन हुनेछ । फाइनल खेल दुई पटकका विश्वकप विजेता अर्जेन्टिना र फ्रान्सबिच हुनेछ।

यो पनि – कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनललाई सुपरस्टार लियोनल मेस्सी र कायलियन एमबाप्पेबीचको लडाईका रुपमा हेरिँदैछ । यसअघि समान दुई-दुई पटक विश्वकप जितेका अर्जेन्टिना र फ्रान्सको तेस्रो उपाधि भिडन्त चल्दा फुटबलका दुई महान खेलाडीबीचको लडाई रोचक हुने अपेक्षा छ ।

पेरिस जेन्ट जर्मेन (पीएसजी) का महँगा दुवै स्ट्राइकर उच्च लयमा छन् । मेस्सी करियरको अन्त्यतिर हुँदा एमबाप्पे भने राइजिङ स्टार हुँदै सुपरस्टार बनिसकेका छन् ।१९ वर्षकै उमेरमा फ्रान्सका लागि विश्वकप जितिसकेका एमबाप्पेसामु उपाधि रक्षा गर्ने मात्रै होइन, लगातार दुईपटक विश्वकप जितेर फुटबलका भगवान मानिने पेलेको कीर्तिमान बराबरी गर्ने अवसर पनि हुनेछ ।

विश्वकपमा पेलेको कीर्तिमान तोडेका एमबाप्पेको सहयोगमै रुसमा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले उचालेको थियो । फाइनलमा समेत गोल गरेका एमबाप्पेले पेलेका केही कीर्तिमान भंग गरिसकेका छन् ।त्यसमा कम उमेरमै विश्वकपको फाइनलमा गोल गर्ने कीर्तिमान ।

जुन एमबाप्पेले रुस विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध गोल गरेका थिए । ग्रिजमेनका लागि पेनाल्टी गोलसमेत सिर्जना गरेका एमबाप्पेले कतार विश्वकपमा ६४ वर्ष पुरानो पेलेको अर्को कीर्तिमान पनि भंग गरेका छन् ।विश्वकपमा पेलेले २४ वर्षमूनि ८ गोल गरेका थिए । तर एमबाप्पेले २३ वर्षकै उमेरमा ११ खेलबाट ९ गोल गरिसकेका छन् ।

कतार विश्वकपमा फाइनलसम्म पुगेका एमबाप्पे ५ गोलका साथ गोल्डेन बुटको दौडमा समेत छन् ।पेलेको कीर्तिमान भंग गरेका एमबाप्पेसामु यतिबेला सबैभन्दा ठूलो कीर्तिमान भंग गर्ने स्वर्णिम अवसर छ । त्यो भनेको लगातार विश्वकप जित्ने । पेले सन् १९५८ र १९६२ मा लगातार दुईपटक ब्राजिलका लागि विश्वकप जितेका थिए ।

पेलेले तेस्रो विश्वकप सन् १९७० मा जितेका हुन् । विश्वमा तीन वटा विश्वकप जित्ने पेले एक्ला खेलाडी हुन् । यसर्थ, यसपटक कतारमा लियोनल मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्सले विश्वकप जितेमा युवा उमेरमै लगातार दुईपटक विश्वकप ट्रफी उचालेर एमबाप्पेले पेलेको कीर्तिमान भंग गर्नेछन् ।

विश्वकपमा कम उमेरमै सर्वाधिक पेलेको गोल रेकर्ड तोडिसकेका एमबाप्पेले अरु यस्ता दर्जनौ रेडर्क तोड्ने अपेक्षा गरिएको छ । एमबाप्पेले अहिलेकै गति र गोललाई कायम राख्ने हो भने विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्ड पनि भंग गर्न सक्नेछन् ।कतार विश्वकपको फाइनलसम्म आइपुग्दा एमबाप्पेले ९ गोल गरिसकेका छन् ।

समूहचरणमा पोल्याण्डविरुद्ध दुई गोल गरेका एमबाप्पे यस्तै अविश्वसनीय प्रदर्शनका कारण विश्व फुटबलकै नयाँ सुपरस्टारका रुपमा उदाएका हुन् ।यसर्थ आइतबारको फाइनलमा अर्जेन्टिनाविरुद्ध गोल गर्न सकेमा एमबाप्पेले फ्रान्सका लागि लगातार विश्वकप जित्दै सर्वाधिक गोलको रेकर्डसमेत आफ्नो नाममा लेखाउन एक कदम अगाडि बढ्न सक्नेछन् ।

वर्तमान विश्व फुटबलको लडाई क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच हो । आधुनिक पुस्ताकै अब्बल र उत्कृष्ट यी दुई महान खेलाडीमध्ये को अझै उत्कृष्ट भन्ने बहस सकिएको छैन ।जुन यही विश्वकपले टुंग्याउँछ भन्ने विश्वास छ । किनकी रोनाल्डो कतार विश्वकपबाट बाहिरिसकेका छन् ।

विश्वकपमा रोनाल्डो सफल नहुँदा मेस्सी र एमबाप्पेबीचको तुलना मात्रै होइन, लडाई पनि रोचक छ । जुन कतार विश्वकप फुटबलको फाइनलमा आइतबार लुसेल रंगशालामा देखिनेछ ।त्यसअघि पहिलो पटक १९ वर्षकै उमेरमा एमबाप्पेलाई मेस्सीसँग तुलना गरिएको थियो । जुन सन् २०१८ को रसिया विश्वकपको खेल हो ।

अन्तिम १६ मा अर्जेन्टिना र फ्रान्स प्रतिष्पर्धा गर्ने खेलतालिका थियो । खेलअघिको पत्रकार सम्मेलनमा फ्रान्सका डिफेन्डर स्यामुएल एम्टिटीले पहिलोपटक मेस्सीसँग एमबाप्पेको तुलना गरेका थिए ।बार्सिलोनाकै डिफेन्डर भएका कारण मेस्सीलाई रोक्ने प्रमुख जिम्मेवारी उम्टिटीसामु थियो ।

किनकी मेस्सीको खेल शैली र कमजोरी उम्टिटीलाई राम्रोसँग थाहा थियो । तर मेस्सीलाई रोक्ने मात्रै नभई, मेस्सीले जसरी गोल गर्न सक्ने फ्रान्सको खेलाडी को हो ? भन्दा उम्टिटीले एमबाप्पेको नाम लिएका थिए ।जसलाई एमबाप्पेले मेस्सीविरुद्ध चमत्कारिक दुई गोल गर्दै उम्टिटीको भनाइलाई सत्य प्रमाणित गरिदिए ।

मेस्सीले गोल गर्न नसकेको त्यो खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्स ४–३ गोलले विजयी भएको थियो ।एमबाप्पेले चार मिनेटमा दुई गोल गर्दा फ्रान्सका लागि खेलको अवस्था र नतिजा उल्ट्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिदा दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

तर खेलको ६४ औँ र ६८ औँ मिनेटमा दुई गोल गरेपछि फ्रान्स ४–२ गोलले अगाडि रहन सफल भयो । खेलको इन्जुरी समयमा सर्जियो अग्वेरोले गोल गरे पनि अर्जेन्टिनालाई घर फर्किनबाट रोक्न सकेनन् ।रुसमा अर्जेन्टिनालाई घर फर्काउँदै उपाधि उचालेको फ्रान्स यसपटक पनि त्यही लयमा हुनेछ ।

किनकी फ्रान्सका लागि सबैभन्दा ठूला हतियार भनिएकै एमबाप्पे छन् । मेस्सी बराबर समान ५ गोल गरेका एमबाप्पेले यदि फाइनलमा गोल गर्दै फ्रान्सलाई जिताएको खण्डमा गोल्डेन बुट पनि हात पार्नेछन् ।त्यसैले कतार विश्वकपको फाइनल मेस्सीका लागि जति महत्वपूर्ण छ, एमबाप्पेका लागि त्यो भन्दा पनि बढी महत्वपूर्ण छ ।

एक महान खेलाडीको शानदार बिदाई जति धैर्यताका साथ फाइनल हेरिदैँ छ पेले बराबरका महान नयाँ खेलाडीको उदयलाई पनि भव्यताका साथ हेरिएको छ ।कतार विश्वकपको फाइनल खेल्न गइरहेका एमबाप्पेलाई फ्रान्सकै ठूलो र पेले बराबरकै महान खेलाडी बन्ने अवसर छ ।

फाइनलमा मेस्सी स्तब्ध भएको खण्डमा पेले, म्यारोडोनापछि एमबाप्पे विश्वकै तेस्रो महान खेलाडी बन्नेछन् । कम्तीमा विश्वकप फुटबलको इतिहास र उपाधिका हिसाबमा सर्वाधिक सफल खेलाडीमा एमबाप्पे पर्नेछन् ।पेलेले तीनपटक विश्वकप जित्दा अर्जेन्टिनाका लागि म्यारोडोनाले दुईपटक विश्वकप जितेका छन् ।

फ्रान्सका महान खेलाडीमा मिचेल प्लाटिनी र जिनेदिन जिदान मानिन्छन् ।प्लाटिनीले तीनपटक बालोन डी’ओर अवार्ड जितेका छन् भने जिदानले दुईपटक यो अवार्ड हात पारेका छन् । दुवै जनाले विश्वकप पनि जितेका छन् । त्यसबाहेक फ्रान्सका लागि हालै करिम बेन्जेमाले पनि बालोन डी’ओर अवार्ड जितेका छन् ।

बेन्जेमा क्लब फुटबलमा सफल देखिएपनि विश्वकपमा सफल छैनन् । प्रतिबन्धका कारण रुस विश्वकप खेल्न नपाएका उनले चोटका कारण कतार विश्वकप पनि गुमाए ।एमबाप्पेले यसपटक विश्वकप जितेमा पहिलोपटक बालोन डी’ओर अवार्ड जित्नेछन् । उनी यसका पहिलो हकदार पनि हुन् ।

मेस्सीसँग पीएसजीमा खेलेका कारण उनको खेल शैली र कमजोरी एमबाप्पेलाई धेरै राम्रोसँग थाहा छ ।त्यसमाथि पीएसजीमा हुँदा मेस्सीलाई समेत पछाडि पारेर एमबाप्पेले गोल गर्दै टिमलाई जिताएका छन् । अब त्यो खेल एमबाप्पेले कतार विश्वकपको फाइनलमा देखाउन अनिवार्य छ ।आफूलाई युवा उमेरमै महान खेलाडीसँग तुलना गरिनका लागि साथै आफूलाई प्रमाणित गर्न पनि फाइनलमा गोल गर्दै

फ्रान्सका लागि लगातार दोस्रो र समग्रमा तेस्रो उपाधि जिताउनुपर्ने दबाब एमबाप्पेसामु छ ।यद्यपी कतार विश्वकप अर्जेन्टिनाले जित्ने फिफाकै पूर्वानुमान र विश्व फुटबलका पारखीहरुको आशालाई कसैले भत्काएर आफ्नो नाम लेख्छ भने त्यो एमबाप्पे हुनेछन् । किनकी मेस्सी त महान छँदैछन् । उनले विश्वकप नजित्दा रोनाल्डो पनि खुशी हुनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment