Latest
img

यी सुन्दरीले अष्ट्रेलियाबाट फुटबल र क्रिकेट दुवैको विश्वकप खेलेकी छिन्

कुनैपनि खेलकुदको लागि विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता हो । विश्वकप खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । तर कमै खेलाडीको मात्रै यो सपना पूरा हुन्छ । खेलाडीमा अद्भुत क्षमता हुन्छ । विश्व खेलकुदमा एकभन्दा धेरै खेलहरु आफ्नो देशबाट खेल्ने थुप्रै खेलाडी छन् ।

विश्व खेलकुदमा सबैभन्दा चर्चित दुई खेल फुटबल र क्रिकेट दुवैको विश्वकप खेल्ने एकमात्र खेलाडी छिन् । ती हुन् अष्ट्रेलिया अलराउन्डर एलिस पेरी । महिला क्रिकेट टोलीकी एक उत्कृष्ट अलराउन्डर पेरी प्रदर्शनसँगै उनको सुन्दरताको कारण विश्व क्रिकेटमा चर्चित छिन् ।

पेरीले अष्ट्रेलियाबाट फुटबल र क्रिकेट दुवैको विश्वकप खेलेकी छिन् । सन् १९९० नोभेम्बर ३ मा पेरी अष्ट्रेलियाको सिड्नीमा जन्मिएकी हुन् ।१६ वर्षको उमेरमा उनले अष्ट्रेलिया फुटबल टोलीबाट हङकङविरुद्ध २००७ अगष्ट ४ मा डेब्यू गरेकी थिइन् । क्रिकेट टोलीमा डेब्यू गरेको दुई हप्तापछि उनले फुटबलमा डेब्यू गरिन् ।

त्यसअघि पेरीले जुलाई २२ मा न्युजिल्यान्डविरुद्ध महिला ओडिआईमा डेब्यू गरिसकेकी थिइन् ।सानैदेखि उनी फुटबल र क्रिकेट दुवै खेल्ने गर्थिन् । डेब्यू म्याचको उनले हङकङविरुद्ध दुई मिनेटमै गोल समेत गरेकी थिइन् । २००८ मा पेरीले एएफसी वुमन्स एसिया कपमा दक्षिण कोरियाविरुद्ध ३० औं मिनेटमा गोल गरेकी थिइन् ।

२०११ मा जमर्नीमा भएको फिफा महिला विश्वकपमा पेरी टोलीमा थिइन् । नर्वेविरुद्ध उनी बेन्चमा थिइन् ।स्वीडेनविरुद्ध क्वाटरफाइनलमा टोलीको सुरुवाती-११ मा भएपनि अष्ट्रेलिया ३–१ गोल अन्तरले पराजित हुँदै बाहिरिएको थियो । त्यसअघि पेरीले क्रिकेटमा २००९ र २०१० मा महिला टि२० विश्वकप खेलेकी थिइन् ।

२०१० मा अष्ट्रेलियाले उपाधि नै जितेको थियो । पेरीले २०१५ डिसेम्बरमा अन्तिम फुटबल खेल खेलेकी थिइन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा तीन गोल गरेकी छिन् ।अष्ट्रेलियाले २०१०, २०१२, २०१४, २०१८ र २०२० मा टि२० विश्वकप जित्दा पेरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी थिइन् । २०१६ मा भने अष्ट्रेलिया उपविजेता बनेको थियो ।

२००९ देखि २०२२ सम्म लगातार महिला एकदिवसीय विश्वकप खेल्दै आएकी छिन् । अष्ट्रेलिया २०२२ र २०१३ को च्याम्पियन टोली समेत हो ।पेरीले हालसम्म अष्ट्रेलियाबाट १० महिला टेस्ट, १ सय २८ महिला ओडिआई र १ सय २९ महिला टि२० आई खेल खेलेकी छिन् । टेस्टमा २ सय १३ रन उनको उत्कृष्ट प्रदर्शन हो ।

ओडिआईमा २ शतक र २९ अर्धशतकसहित ३ हजार ३ सय ६९ रन बनाउनुको साथै १ सय ६१ विकेट लिएकी छिन् । टि२० आईमा १३ सय २८ रन बनाउनुको साथै १ सय १७ विकेट लिएकी छिन् ।पुरुषतर्फ भने वेस्टइन्डिजका पूर्व अलराउन्डर सर भिभियन रिचर्ड्सले क्रिकेट विश्वकप र फुटबलको विश्वकप छनोट खेलेका छन् ।

रिचर्ड्स विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । उनले वेस्टइन्डिजबाट सन् १९७४ देखि १९९१ सम्म क्रिकेट खेल्दै विश्व क्रिकेटमा सानदार प्रदर्शन गरेका थिए । उनी त्यो समय विष्फोटक ब्याटिङ गर्ने विरलै ब्याटर मध्यका एक थिए ।वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्वकप उपाधि जित्दा रिचर्ड्सको प्रदर्शन सानदार थियो ।

रिचर्डसले १९७४ मा एन्टिगुवा र बर्बुडाबाट फुटबल विश्वकपको छनोट खेल खेलेका थिए ।रिचर्ड्सले वेस्टइन्डिजबाट १ सय २१ टेस्ट खेलमा २५ शतक र ४५ अर्धशतकसहित ८ हजार ५ सय ४० रन बनाएका छन् । १ सय ८७ ओडिआई खेलमा ११ शतक र ४५ अर्धशतकसहित ६ हजार ७ सय २१ रन बनाएका छन् । टेस्टमा ३२ र १ सय १८ विकेट लिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment