Latest
img

उपाधि भिडन्तको मुखमा फ्रान्सका प्रशिक्षकले मेस्सी बारे यसो भने !

२२औँ संस्करणको फिफा विश्वकप फुटबलको फाइलन खेल आइतबार बेलुका हुँदैछ । उपाधि भिडन्तका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । खेल नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु हुनेछ ।यी दुवै टिमले २/२ पटक विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

आज हुने फाइनल खेलमा दुवै राष्ट्र एक अर्कालाई हराएर तेस्रोपटक विश्वक च्याम्पियन बन्ने होडमा छन् ।सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाउन सफल भए ।उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने दाउमा छन् ।

प्रशिक्षक डेस्च्याम्प्सले फाइनलअघि धेरैको चाहना अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले विश्वकप जितोस् भन्ने चाहने धेरै रहेको पनि बुझेका छन् ।उनले भने, ‘मलाई थाहा छ अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छ । हुनसक्छ यसमा फ्रान्सकै केही पनि छन् ।

तर हामी आफ्नो लक्ष्य पूरा गर्न आएका हौं र त्यसमा ध्यान दिइरहेका छौं ।’उनले अगाडी भने, ‘म आफू एक्लो महसुस पनि गरिरहेको छु । तर त्यसले केहि फरक पर्दैन । मलाई खेलबारे कुनै चिन्ता छैन । महत्त्वपूर्ण खेलको तयारी गर्दा ध्यान केन्द्रित गर्न जरुरि छ । म त्यसमा ध्यान दिइरहेको छु ।’

फ्रान्समा केहि खेलाडी बिरामी परेपछि टोली समस्यामा थियो । सेमिफाइनलमा दुई खेलाडी गुमाएको फ्रान्सका लागि त्यसयता ५ खेलाडीले प्रशिक्षण गुमाएका थिए । तर शनिबार सबै प्रशिक्षणमा सहभागी भएको डेस्च्याम्प्सले जनाए ।फाइनलअघि फ्रान्सका फरवार्ड करीम बेन्जेमा टोलीमा फर्कने चर्चा चलेको थियो ।

टोली कतार आएपछि चोट बोकेर फर्केका उनको नाम भने अझैपनि टोलीमा छ । तर प्रशिक्षक डेस्च्याम्प्सले उनी फर्कने कुनै सम्भावना नरहेको बताए ।डेस्च्याम्प्सले भने, ‘मलाई यस्तो कुरा मन पर्दैन । पहिलो खेलमा लुकास घाइते भएपछि नै मैले टोलीमा २४ खेलाडी छन् भनेर बुझेको छु ।

घाइते खेलाडीबारे बारम्बार कुरा गर्नु राम्रो होइन । अब खेल हेर्न को आउँछ भन्ने मेरो नियन्त्रणमा रहेन । मेरो लागि फाइनल खेल्न २४ खेलाडी उपलब्ध छन् भन्नेमा प्रष्ट छु ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment