Latest
img

Breaking: मेस्सिले गरे गोल

अर्जेन्टिना र फ्रान्सबिचको फाइनल खेलमा मेस्सिले गोल गरेका छन् । मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालार्य अग्रता दिलाएका हुन्। ओसुमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजको गल्तीमा अर्जेन्टिनाले १७औं मिनेटमा सुन्दर मौका पाएको थियो।

तर, एन्जल डी मारियाले गरेको प्रहार आकासिएको थियो।लुसेल रंगशालामा रातको ८:४५ बजे फाइनल सुरु भएको हो ।फ्रान्स र अर्जेन्टिनाले यसअघि विश्वकपमा तीन पटक खेलिसकेका छन् । अर्जेन्टिनाले सन् १९३० र १९७८ मा दुवै समूहका खेल जितेको थियो

तर फ्रान्सले २०१८ मा अन्तिम १६ मा ४–३ ले जित्दै आफ्नो एकमात्र नकआउट भिडन्तमा विजयी भएको थियो ।अर्जेन्टिनाले आफ्नो छैटौं विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा हार बेहोरेको थियो ।

सन् २०१० मा स्पेनको शैलीमै अर्जेन्टिना उपाधि जित्ने अभियानामा छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जितेको थियो । अर्जेन्टिना पहिलो खेल हारेर उपाधि जित्ने दोस्रो टोली बन्ने संघारमा छ ।मेस्सी सन् १९३० मा गुइलेर्मो स्टेबिल र १९७८ मा मारियो केम्पेसपछि विश्वकपमा गोल्डेन बुट जित्ने तेस्रो अर्जेन्टिनी खेलाडी बन्न सक्छन् ।

यस्तै उनी गोल्डेन बल र गोल्डेन बुट जित्ने पहिलो विजयी कप्तान पनि बन्न सक्छन् ।फ्रान्स सन् १९९८ यता चौथो पटक विश्वकपको फाइनलमा पुगेको छ । यो संख्या यस अवधिमा अन्य राष्ट्रको तुलनामा दोब्बर हो । लगातार दुई संस्करणको फाइनलमा पुग्ने टोलीमा थपिएको फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर छ ।

यसअघि सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनैपनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । यसपल्ट फ्रान्सलाई त्यो अवसर छ ।सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

यसअघि सन् १९३४ र १९३८ मा इटाली, १९५८ र १९६२ मा ब्राजिल, १९७४ र १९७८ मा नेदरल्यान्ड्स, १९८६ र १९९० मा अर्जेन्टिनाले लगातार दुईपटक फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै १९८२, १९८६ र १९९० मा जर्मनीले तथा १९९४, १९९८ र २००२ मा ब्राजिलले लगातार तीनपटक फाइनल खेलेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment