विश्वकप फुटबलको फाइनलमा अबको केहीबेरमा फ्रान्स र अर्जेन्टिना उपाधि भिडन्त गर्दैछन् । फाइनल खेल नेपाली समय अनुसार ठीक ८ः४५ बजेबाट लुजाइल रंगशालामा सरु हुनेछ । सो खेलका लागि फ्रान्स र अर्जेन्टिना दुवैले आ–आफ्नो प्लेइङ ११ सार्वजनिक गरेका छन् ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले एन्डल डि मारिया र लियोनल मेस्सीसहितको प्लेइङ ११ उतारेका छन् ।अर्जेन्टिनाको गोल पोस्टमा इमि मार्टिनेज हुनेछन् भने रक्षापंक्तिमा मोलिना, रोमेरो, ओटामेन्डी, अकुना हुनेछन् । मिडफिल्ड तथा विङमा डि मारिया, डे पाउल, इन्जो फर्नान्डेज र म्याकअलिस्टर हुनेछन् ।
फ्रन्ट लाइनको जिम्मेवारी कप्तान मेस्सी र युवा खेलाडी अल्भारेजले पाएका छन् । डि मारिया प्लेइङ सेटमा पर्नु अर्जेन्टिनाका लागि राम्रो र फ्रानसका लागि नराम्रो खबर हो । लौटारो मार्टिनेज, लिसान्द्रो मार्टिनेजलाई आज पनि बेन्चमै राखिएको छ ।यता, फ्रान्सको गोल पोस्टमा कप्तान ह्युगो लोरिस हुँदा रक्षापंक्तिमा कुन्डे, भाराने, युपामेसानो र थियो हर्नान्डेज हुनेछन् ।
मिडफिल्डमा चुवामेनी र राबिओटका साथमा ग्रीजम्यान हुनेछन् । फरवार्ड ग्रीजम्यानलाई आज मिडफिल्डरमा राखिएको छ । त्यसैगरी, फ्रन्ट लाइनमा सामान डेम्बेले, जिरउड र एमबाप्पेले एकसाथ सुरुआत गर्ने भएका छन् । अर्जेन्टिनामा लागि यो धारिलो फ्रन्ट लाइन चुनौती बन्न सक्छ ।
अर्जेन्टिनाको सुरुवाती ११ मा एमिलियानो मार्टिनेज नाहेल मोलिना – क्रिस्टियन रोमेरो – निकोलस ओटामेन्डी – निकोलस टाग्लीयाफिको एन्जल डी मारिया – रोड्रीगो डे पल – एन्जो फर्नान्डेज – एलेक्सिस म्याक एलिस्टर लिओनेल मेस्सी – जुलियन अल्भारेज रहेका छन् ।
फ्रान्स सुरुवातीको ११ मा ह्युगो लोरिस जुल्स कुन्डे – राफाएल भारान – डायोट उपामेकानो – थिओ हर्नान्डेज औरेलिएन चुआमेनी एड्रिएन राबीओट – एन्टोइन ग्रिजमन ओस्मान डेम्बेले – ओलिभिएर जिरुड – किलीयन एमबाप्पे रहेका छन् ।
Leave A Comment