काठमाडौं ।
एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आफूमाथि चरित्र हत्या भएको भन्दै कानुनी कारवाहीमा जाने चेतावनी दिएका छन् ।
मंगलबार माओवादी केन्द्र निकट युवा संगठनले भत्तपुरबाट महेश बस्नेत कुटिएको भन्दै राखिएको भिडियो सामाजिक
संजालमा भाइरल भएपछि वाइसिएल विरुद्ध कानुनी उपचार गर्ने चेतावनी दिएका हुन् ।
स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादी तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछिमनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान
मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग,
एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको उनले आरोप लगाएका छन् ।
‘नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएलका युवाहरुद्वारा भौतिक
आक्रमण गरेको भनि झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ । आम हाम्रो सुभचिन्तक तथा पार्टी
कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं’,
मंगलबार समाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु ।
सोमबार काठमाडौंका मेयर बालेन शाह, स्वतन्त्र राष्ट्रिय पार्टीका सभापति रवि लामिछाने,
सुशासन पार्टीका संयोजक रमेश खरेललगायतलाई विरुद्ध उभिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
बस्नेतको अभिव्यक्तिप्रति चौतर्फी आलोचना भइरहेको अवस्थामा वाइसिएलका कार्यकर्ताले भक्तपुरमा बस्नेत कुटीएको भनि भिडियो सामाजिक सञ्जालमा राखेका थिए । source: nepalwatch
Leave A Comment