Latest
img

Breaking: एम्बाप्ले फेरी गरे गोल

अर्जेन्टिना र फ्रान्सबिचको फाइनल खेलमा एम्बाप्ले लगातार ३ गोल गरेका छन् ।केलियन एमबाप्पेले १ सय १८ मिनेटमा विश्वकपकाे फाइनलमा ह्याट्रिक गाेल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन्। खेल अहिले ३ – ३ को बराबरी मा चलिरहेको छ । अर्जेन्टाइन निकोलस ओटामेन्डीले रान्डाल कोलो मुआनीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले पहिलो गोल फर्काएका थिए।

त्यसको एक मिनेट नबित्दै मार्कस थुरामको पासमा एम्बाप्पेले शानदार फिनिसिङ गर्दै खेल नाटकीय बराबरीमा ल्याएका हुन्। अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।८० अ‍ौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ‌। एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो ‌।एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे ।

उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन‌ सकेनन् ।लुसेल रंगशालामा रातको ८:४५ बजे फाइनल सुरु भएको हो ।फ्रान्स र अर्जेन्टिनाले यसअघि विश्वकपमा तीन पटक खेलिसकेका छन् । अर्जेन्टिनाले सन् १९३० र १९७८ मा दुवै समूहका खेल जितेको थियो

तर फ्रान्सले २०१८ मा अन्तिम १६ मा ४–३ ले जित्दै आफ्नो एकमात्र नकआउट भिडन्तमा विजयी भएको थियो ।अर्जेन्टिनाले आफ्नो छैटौं विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा हार बेहोरेको थियो ।

सन् २०१० मा स्पेनको शैलीमै अर्जेन्टिना उपाधि जित्ने अभियानामा छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जितेको थियो । अर्जेन्टिना पहिलो खेल हारेर उपाधि जित्ने दोस्रो टोली बन्ने संघारमा छ ।मेस्सी सन् १९३० मा गुइलेर्मो स्टेबिल र १९७८ मा मारियो केम्पेसपछि विश्वकपमा गोल्डेन बुट जित्ने तेस्रो अर्जेन्टिनी खेलाडी बन्न सक्छन् ।

यस्तै उनी गोल्डेन बल र गोल्डेन बुट जित्ने पहिलो विजयी कप्तान पनि बन्न सक्छन् ।फ्रान्स सन् १९९८ यता चौथो पटक विश्वकपको फाइनलमा पुगेको छ । यो संख्या यस अवधिमा अन्य राष्ट्रको तुलनामा दोब्बर हो । लगातार दुई संस्करणको फाइनलमा पुग्ने टोलीमा थपिएको फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर छ ।

यसअघि सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनैपनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । यसपल्ट फ्रान्सलाई त्यो अवसर छ ।सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

यसअघि सन् १९३४ र १९३८ मा इटाली, १९५८ र १९६२ मा ब्राजिल, १९७४ र १९७८ मा नेदरल्यान्ड्स, १९८६ र १९९० मा अर्जेन्टिनाले लगातार दुईपटक फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै १९८२, १९८६ र १९९० मा जर्मनीले तथा १९९४, १९९८ र २००२ मा ब्राजिलले लगातार तीनपटक फाइनल खेलेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment