Latest
img

एमालेको नाम मुखबाट खस्न नपाउदै एकीकृत समाजवादीका यी केन्द्रीय नेताको पद चैट

काठमाडौँ –

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङले एमालेमा फर्किने कुरा गरेपछि

केन्द्रीय सदस्यको पद चैट भएको छ । उनले सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा

एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेपछि एकीकृत समाजवादीले उनलाई साधारण सदस्य समेत नरहने गरि जिम्बेवारिबाट  हटाउने निर्णय गरेपछि पद चैट भएको हो ।

उनलाई पार्टी विधान अनुसार सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताएका छन् ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको अध्यक्ष सिंहले बताए ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment